"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 113 interwiki links, now provided by Wikidata on d:q1353 (translate me)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १६४:
दिल्लीको संस्कृति यहाँको लामो इतिहास र भारतको राजधानीको रूपमा ऐतिहासिक स्थितिले पूर्ण प्रभावित रहेको छ, यो शहरमा बनेको धेरै महत्त्वपूर्ण ऐतिहासिक स्मारकहरूले विदित छ। [[भारतीय पुरातात्विक सर्वेक्षण]] विभागले दिल्ली शहरमा लगभग १२०० धरोहर स्थल घोषित गरेको छ, जुन कि विश्वमा कुनै पनि शहरभन्दा धेरै अधिक छ। र यिनीहरू मध्ये १७५ स्थल राष्ट्रिय धरोहर स्थल घोषित गरिएकोछ। पुरानो शहर त्यो स्थान हो, जहाँ मुगलहरू र तुर्क शासकहरूले स्थापत्यको धेरै नमूनाहरू खडा गरेका छन, जस्तै [[जामा मस्जिद, दिल्ली|जामा मस्जिद]] (भारतको सबै भन्दा ठूलो मस्जिद) र [[लाल किल्ला, दिल्ली|लाल किल्ला]]। दिल्लीमा अहिले तीन [[विश्व धरोहर स्थल]] छन् – [[लाल किला, दिल्ली|लाल किला]], [[कुतुब मीनार]] र [[हुमायुंको मकबरा]]। अन्य स्मारकहरूमा [[इण्डिया गेट]], [[जन्तर मन्तर, दिल्ली|जन्तर मन्तर]] (१८औं शताब्दीको खगोलशास्त्रीय वेधशाला), [[पुराना किला]] (१६औं शताब्दीको किल्ला). [[लक्ष्मीनारायण मन्दिर, दिल्ली|बिरला मन्दिर]], [[अक्षरधाम मन्दिर, दिल्ली|अक्षरधाम मन्दिर]] र [[कमल मन्दिर]] आधुनिक स्थापत्यकलाको उत्कृष्ट उदाहरण हुन। [[राज घाट]]मा राष्ट्रपिता [[महात्मा गान्धी|महात्मा गाँधी]] तथा नजीकै अन्य ठूला व्यक्तिहरूको समाधि छन्। [[नयाँ दिल्ली]]मा धेरै जसो सरकारी कार्यालय, सरकारी आवास, तथा ब्रिटिश कालको अवशेष र भवनहरू छन्। केही अत्यन्त महत्त्वपूर्ण भवनहरूमा [[राष्ट्रपति भवन]], [[केन्द्रीय सचिवालय]], [[राजपथ]], [[संसद भवन]] र [[विजय चौक]] आउछन्। [[सफदरजंगको मकबरा]] र [[हुमायुंको मकबरा]] मुगल बागहरूको चार बाग शैलीको उत्कृष्ट उदाहरण छ।
 
दिल्लीको राजधानी [[नयाँ दिल्ली]] सँग जुडाव र भूगोलीय निकटताले यहाँको राष्ट्रिय घटनाहरू र अवसरको महत्त्वको धेरै गुणा बढाईदिएको छ। यहाँ धेरै राष्ट्रिय चाड जस्तै [[गणतन्त्र दिवस (नेपाल)|गणतन्त्र दिवस]], [[स्वतन्त्रता दिवस]] र [[गाँधी जयन्ती]] खूब हर्षोल्लाससँग मनाईन्छ। भारतको स्वतन्त्रता दिवसमा यहाँको प्रधान मन्त्री लाल किल्लाबाट यहाँको जनतालाई सम्बोधित गर्छन। धेरै जसो दिल्लीवासी यस दिनलाई चङ्गा उडाएर मनाउदछन। यस दिन चङ्गाहरूलाई स्वतन्त्रताको प्रतीक मानिन्छ। गणतन्त्र दिवसको परेडका साथै वृहत जुलूस हुन्छ, जसमा भारतको सैन्य शक्ति र सांस्कृतिक झांकीको प्रदर्शन हुन्छ।
 
यहाँको धार्मिक चाडहरूमा [[दीपावली]], [[होली]], [[दशैं|दशहरा]], [[दुर्गा पूजा]], [[महावीर जयन्ती]], [[गुरू पर्ब]], [[क्रिसमस]], [[महाशिवरात्री|महाशिवरात्रि]], [[ईद उल फितर]], [[बुद्ध जयन्ती]] [[लोहडी]] [[पोंगल]] र [[ओडम]] जस्तै पर्व छन्। कुतुब फेस्टिवलमा संगीतकार र नर्तकहरूको अखिल भारतीय संगम हुन्छ, जुन केही रातहरूलाई जगमगाई दिन्छ। यो [[कुतुब मीनार]]को पार्श्वमा आयोजित हुन्छ। अन्य धेरै पर्व पनि यहाँ हुन्छन्: जस्तै [[आम महोत्सव]], पतंगबाजी महोत्सव, [[वसन्त पञ्चमी]] जुन वार्षिक हुन्छन्। [[एशिया]]को सबै भन्दा ठूलो सबारी प्रदर्शनी: [[औटो एक्स्पो]] दिल्लीमा द्विवार्षिक आयोजित हुन्छ। [[प्रगति मैदान]]मा वार्षिक [[पुस्तक मेला]] आयोजित हुन्छ। यो विश्वको दोस्रो सबैभन्दा ठूलो पुस्तक मेला हो, जसमा विश्वको २३ राष्ट्रहरूले भाग लिन्छन्। दिल्लीलाई उसको उच्च पढाकू क्षमताको कारण कहिले काँही विश्वको पुस्तक राजधानी पनि भनिन्छ।
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित