"तारादेवी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q422799 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''तारादेवी''' (1945वि.सं. २००२- 23वि.सं. January 2006२०६२) प्रसिद्ध नेपाली गायिका हुन्। यिनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन्।
{{Orphan|date=डिसेम्बर २०१२}}
 
==जीवनी==
'''तारादेवी''' (1945 - 23 January 2006) प्रसिद्ध नेपाली गायिका हुन्। यिनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन्।
तारादेवी श्रेष्ठको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रका रूपमा इन्द्रचोक, काठमाडौंमा भएको थियो। वि.सं. २०६२ सालमा वहाँको निधन भयो।
 
तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो । उनका पति हवाइचालक थिए । यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षघि जागिर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन् । त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो । उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन् ।
== References ==
 
{{reflist}}
==पुरस्कार==
चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालको [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरियो ।
उनले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन् । त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् ।
 
==बाहिरी लिङ्कहरू==
* [http://www.madanpuraskar.org/guthi/taradevi.php मदन पुरस्कार गुठी]
* [http://jpana.wordpress.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A5%80/%E0%A4%97%E0%A4%AF%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A5%80/ गायिका तारादेवीको जीवनी]
 
[[श्रेणी:जीवनी]]
Line १० ⟶ १८:
[[श्रेणी:गीत संगीत]]
[[श्रेणी:नेपाली गायकहरू]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/तारादेवी" बाट अनुप्रेषित