"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q2239575 (translate me)
पङ्क्ति ६६:
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरूङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ। गुरूङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन।
===भेषभूषा एंव भाषा===
स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेष भूषा र पहिरन यहाको परम्परा, मौसम तथा हवापानी अनुरूप रहेको पाईन्छ। उत्तरी भेगका पुरुषहरूको पहिरनमा खाम्से, साम्सेर, ढोचा, उनी टोपी प्रमुख रहेका छन, भने स्त्रीहरूको पहिरनमा [[बख्खु|बक्खु]], होङजु, [[पाङदेन]], किटी लगाउने गर्दछन। तल्लो भेगका थकालीहरूमा पुरुषहरूले दौरा, सूरुवाल, कोट लगाउने गर्दछन भने महिलाहरूले गुन्यू, न्होकन, टेकी, फिकी, पटुका, चोलो मुख्य पहिरन हुन। पारम्परिक गहनामा मुगाको माला, सुनको विविध गहनाहरू लगाउने गर्दछन।
उत्तरी सिमा क्षेत्र तर्फतिब्बती भाषासँग मिल्दो गुरूङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोल्ने गरिन्छ। तल्लो मुस्ताङ्ग क्षेत्रका १० गा. वि. स. हरूमा नेपाली भाषाकै प्रयोग वढी हुने गर्दछ।
 
===रीतिरिवाज===
जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक रहेको छ। उत्तरी भेग, तिबतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ। बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजा आजा गर्ने लामा,झुमा बस्ने परम्परा रहेको छ। छोर्तेन,म्हाने निर्माण गर्ने चलन छ। घरको र गाउको रक्षार्थ मुल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने,परम्परागत म्हाने निर्माण गर्ने र हिडदाखेरी म्हानेलाई दाहिने पारेर हिडने चलन छ।