"आगन्तुक च‍रा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
नेपालमा[[नेपाल]]मा बर्सेनी प्रायः एक [[सय]] ५० प्रजातिका [[पर्यटक]] चराको[[चरा]]को [[आगमन]] हुन्छ। बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका[[हाँस]]का ३४ प्रजातिमध्ये[[प्रजाति]]मध्ये ३० प्रजाति उत्तरी एसियाको[[एसिया]]को साइबेरियालगायतका[[साइबेरिया]]लगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन्। उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आफ्नो भ्रमणको गन्तव्य बनाउँदै आएका छन्। 'रूख सुडसुडिया' र 'टिमटिमा' नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन्। पर्यटक चराका करिब ५० प्रजाति त 'बाई पास' नेपाल हुँदै भारत, पाकिस्तान, श्रीलङ्कातिर जाने गर्छन्। बार हेडेड गुजर -(खोया हाँस) नामक चराले त सर्वोच्च शिखर सगरमाथादेखि[[सगरमाथा]]देखि माथितिर हुँदै घुमफिर गर्छ।
 
तराईका समथर जमीनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन्। यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः पाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आफ्नो हिउँदे बास बिसाउँछन्। साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने [[कोसी]], [[नारायणी]]कणरालीका [[कर्णाली]] का सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन्। साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन्।
 
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको थियो। असोजको पहिलो सातामा जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ|mयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चरा तराईका सीमसार क्षेत्रमा पुगिसकेका थिए भने असोजको देास्रो सातादेखि बाज र चील जस्ता मांसाहारी प्रजाति चीन, कोरिया, रूस र साइबेरियाबाट भित्रिएका छन्। सोही बखत विश्वमै शरीरको तुलनामा सबैभन्दा लामो खुट्टा भएको घुमन्ते चरा प्रवालवाद पनि भित्रिएको थियो। चराका सबैभन्दा धेरै प्रजाति कात्तिकमा भित्रिने गरेका छन्। नेपाल आएका पर्यटक चरामध्ये हाँस, चाँचर, साना फिस्टा, अर्जुनक प्रजातिको सङ्ख्या अत्यधिक छ भने धिप्सी, मांसाहारी चरा तथा जलरङ्कको सङ्ख्या पनि प्रशस्त छ।
पङ्क्ति १७:
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक हुन्छ। पर्यटकीय क्षेत्र कास्कीको सिक्लेसबाट प्रारम्भ गरिएको देशव्यापी 'चरालाई चार' अभियान अन्तर्गत चराबारे जनचेतना, अभिलेखीकरण, प्रजनन केन्द्र स्थापना, आहारा र बासस्थानको खोजी कार्य प्रारम्भलाई चरापे्रमीहरूले पछिल्लो नमुनाका रूपमा लिएका छन्। साथै, चरा अवलोकनका क्रियाकलापलाई वृद्धि गरेर, देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट चलाएर तथा चरा प्रजनन केन्द्र खोलेर, अनि बेलाबखतमा गुलेली जफत अभियान चलाएर पनि चरा बचाउका प्रयासहरू हुँदै आएका छन्। यसा प्रकारका कार्यक्रमको विकास हुने र तिनले निरन्तरता पाइरहने हो भने चरा अवलोकनका लागि नेपाललाई उत्कृष्ट आकर्षक गन्तव्यको नयाँ पहिचान बनाउन समय धेरै लाग्दैन पनि।
 
पर्या-प्रणाली -(इको-सिस्टम)को अभिन्न अङ्ग मानिन्ोमानिने चरा कहाँ, कस्तो प्रजातिको छ ? तिनको चरन र बासस्थान कस्तो छ ? तथा तिनको आनिबानीलगायतका दैनिकी बुझ्न चरा अवलोकन गरिन्छ। नेपालमा चरा हेर्नकै लागि भनेर पनि बाहृय 'बर्ड वाचर' पर्यटक आउने गर्छन्। आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूची प्रतिदिन बढ्दो छ। सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाहृय तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन्। चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश-विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकन पर्यटनको प्रवर्द्धन भइरहेको छ।<ref>पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल गोरखापत्र दैनिक</ref>
*[[खरमयुर]]
 
==सन्दर्भ सामग्री==
<references/>
पङ्क्ति २५:
[[श्रेणी:चरा]]
[[श्रेणी:नेपाली चरा]]
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/आगन्तुक_च‍रा" बाट अनुप्रेषित