"केमद्रुम योग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
यस योगमा उत्पन्न भएको व्यक्तिले जीवनमा कुनै न कुनै अवस्थामा दरिद्रताको स्थितिमा गुज्रनु पर्छ र जीवनसङ्घर्षमा होमिनिपर्छ। उसले दैनिकी चलाउन पनि नसक्ने अवस्था आउँछ। ऊ अशिक्षित वा अल्पशिक्षित, निर्धन र मूर्ख पनि हुनसक्छ। उसले वैवाहिक जीवन र सन्तति पक्षको समुचित सुख पनि प्राप्त गर्न सक्दैन। उसको जीवनको अधिकांश समय घरभन्दा बाहिर र टाढा व्यतीत हुन्छ। उसले आफुले सुख् उपभोग गर्न त पाउंदैन नै साथै परिवारका सदस्यहरूले पनि उसबाट सन्तुष्टि पाउन सक्दैनन्। ऊ निरर्थक र व्यर्थ सम्भाषणमा समय यापन गर्दछ। यदाकदा उसको स्वभावमा नीचताका प्रवृत्ति र भाव पनि देखा पर्दछ। केमद्रुम योगमा जन्‍म हुने व्‍यक्तिले निर्धनता र दुःख भोग्नुपर्छ। आर्थिक दृष्टिले ऊ कमजोर हुन्छ। आजिविका चलाउँदा चलाउँदै उसको जीवन बित्छ। मानसिक रूपमा पनि ऊ असन्तुष्ट हुन्छ र सँधैसँधै भौताँरिइ रहनु पर्ने स्थिति हुन्छ। उसले अर्काको भर परेर जीवन धान्नु पर्ने हुन्छ। पारिवारिक सुखमा कमी हुनुका साथै सन्तति पक्षबाट पनि उसले बाधा ब्यहोर्नु पर्ने हुन्छ। तर यस्ता जातकको आयु भने लामो हुन्छ।
 
सामान्यतया 'केमद्रुम योग' हुने मानिसले सङ्घर्ष र अभावग्रस्त जीवन बाँच्नु पर्ने हुन्छ। त्यसिले ज्योतिषीहरू यस्तो अवस्थालाई दुर्भाग्यसूचक मान्दछन्। तर यस अवधारणामा पूर्ण सत्यता छैन। 'केमद्रुम योग' कुण्डलीमा हुँदाहुँदै पनि व्यक्तिले आफ्नो कार्यक्षेत्रमा पूर्ण सफलता प्राप्त गर्नुका साथै सामाजिक यश र प्रतिष्ठा पनि प्राप्त गर्दछन्। अधिकांश विद्वानहरू यस योगको नकारात्मक पक्षको चर्चा गर्दछन्, तर ज्योतिषमा त्यस्ता विशेष योग पनि हुन्छन्, जसले यस योगको खराब पक्षलाई परिवर्तित गरेर राजयोगसरह योगको सिर्जना गर्नसक्छन्। त्यसैले कुनै पनि व्यक्तिको कुण्डलीलाई अध्ययन गर्दा केमद्रुम योगको सम्भावना देखिएमा यस योगलाई भङ्ग गर्ने अवस्था छ छैन विचार गरेर मात्र फलादेश गर्नु राम्रो हुन्छ।<ref>http://nepaljyotish.blogspot.com/2012/12/blog-post_9006.html</ref>
 
==केमद्रुम योग भङ्ग हुने अवस्था (How is Kemadruma yoga cancelled?)==
"https://ne.wikipedia.org/wiki/केमद्रुम_योग" बाट अनुप्रेषित