"रस (काव्य शास्त्र)" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
<ref>प्रस्तुत लेख पिण्डेश्वर विद्यापीठको वार्षिक मुखपत्र 'प्रभा' को २०६८, चैत्र अङ्कमा प्रकाशित उप-प्राध्यापक कृष्णप्रसाद कोइरालाद्वारा लिखित रचनाको अंश हो।</ref> एउटा प्रसिद्ध वैदिक सूक्ति छ - रसौ वै स:। अर्थात् ती परमात्मा नै रसरूपी आनन्द हुन्। '''रस''' संस्कृत भाषाको 'रस्' धातुमा 'अ'प्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर मिल्ने पदार्थ तत्त्व हो। रसक प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा विभिन्न किसिमले रस प्रयुक्त हुन्छ, त्यहाँ यसलाई पदार्थको गुणका रूपमा प्रयोग गरिएको पाइन्छ, आयुर्वेदमा रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ, व्यावहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ। यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको प्रयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ।<ref>यो लेख साहित्य र समालोचना ब्लगबाट साभार गरिएको हो - http://sahityaghar.blogspot.com/2012/05/blog-post.html</ref>
 
रस, छन्द, अलङ्कार, ध्वनि अदि पूर्वीय काव्यशास्त्रका अनिवार्य र निर्विकल्प अवयव हुन् । काव्य चिन्तनको पूर्वीय परम्परामा रस सिद्धान्त सर्वाधिक चर्चित र पुरानो सिद्धान्त मानिन्छ। वेदमा ब्रह्मको चर्चाका क्रममा रस सब्दको उल्लेख गरिए तापनि, राजशेखर, कृतिधर आदि केही आचार्यले नन्दीकेशरबाट रसको आविश्कार भएको भने तापनि रसका आधिकारिक र प्रामाणिक अधिष्ठाता भरतमुनि हुन्। उनले नाट्यशास्त्रको विवेचनाका क्रममा व्यक्त गरेको रससूत्र नै रस सिद्धान्तको आधारतत्त्व हो। श्रव्यकाव्य पढ्दा वा सुन्दा एवं दृश्यकाव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, त्यसैलाई काव्यमा रस भन्ने गरिन्छ। रसद्वारा जुन भावको अनुभूति हुनपुग्छ त्यसलाई रसको स्थायीभाव भन्ने गरिन्छ। रसको अर्थ हो - निचोड, सारतत्त्व वा मुख्यभाव। काव्यमा जुन आनन्द प्राप्ति हुन्छ, बास्तवमा त्यही नै काव्यको रस हो। काव्य रसास्वादनबाट प्राप्त आनन्द अर्थात् रस लौकिक नभएर अलौकिक वा आत्मिक हुन्छ। रस पूर्वानुभूति होइन, यो त तात्कालिक अनुभव हो। यद्यपि काव्य, नाटक वा सिनेमामा प्रस्तुत हुने विषयवस्तुको जानकारी पहिले नै हुनसक्छ, ज्ञात वा देखेसुनेको हुनसक्छ, तैपनि काव्य, नाटक वा सिनेमा हेर्दा केही नौलोपनको आभास र अनुभूति हुन्छ, नयाँ आस्वादनले पुराना अनुभूति हराउँदै जान्छ, तात्कालिक अनुभूतिमात्र चरममा पुगे झैं लाग्दछ। रसको यही अपूर्व रूप अप्रमेय र अनिर्वचनीय मानिन्छ। रस काव्यको आत्मा हो र रसिलो वाक्य नै काव्य हो <ref>(वाक्यं रसात्मकं काव्यम् : विश्वनाथ)</ref>। रमणीय र आलङ्कारिक कव्यत्वको अनुभूति जसले मानव हृदयमा कुनै न कुनै भावलाई वा संवेदनालाई जागृत गराउन सक्छ त्यो नै रस हो। अथवा, भनौं साहित्यबाट प्राप्त हुने मानसिक सन्तुष्टिको नाम नै रस हो। रस अन्त:करणको त्यो शक्ति हो, जसका बलले इन्द्रियहरू क्रियाशील हुन्छन्, मनले कल्पना गर्दछ, स्वप्नका अनुभूति स्मृतिका रूपमा जीवन्त रहन्छन्। रस आनन्दको प्रतीक हो र यही आनन्द नै विशालताको र विराटपनको अनुभव पनि हो। यो आनन्द नै अन्य समस्त अनुभवको अतिक्रमण पनि हो। व्यक्तिविशेष इन्द्रिय-संयम हुनसक्छ र ऊ विषयविमुख पनि बन्न सक्छ, तर उसले ती विषयप्रतिका भाव पन्साउन सक्दैन। रसका रूपमा जुन वस्तुको निष्पत्ति हुन्छ, त्यही बास्तवमा भाव हो। रसानुभूति भएपछि भाव रहंदैन, केवल रसमात्र शेष रहन्छ, भावना रूपान्तरित हुन्छ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
साहित्यमा शास्त्रीय रूपमा रसको विवेचना गर्ने प्रथम आचार्य भरतमुनि(ईशाको दोस्रो शताब्दी )लाई मानिन्छ। उनले काव्यको आवश्यक तत्वक रूपमा रसको प्रतिष्ठा गर्दै श्रृङ्गार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, बीभत्स र भयानक आदि आठवटा भेदलाई स्पष्टतः उल्लेख गरेका छन् तथा विद्वानहरू उनैले शान्त नामक नवौं रसलाई पनि स्वीकृति दिएको बताउँदछन्। यिनै हुन्- नवरस। उनले आफ्नो नाट्यशास्त्रमा रसोत्पत्ति विषयको चर्चालाई यसरी सूत्रबद्ध गरेको पाइन्छ-विभाव, अनुभाव र सञ्चारीभावको संयोगले यी विभिन्न रसको निष्पत्ति हुन्छ। हृदयको स्थायीभावले विभाव, अनुभाव र सञ्चारीभावको संयोग प्राप्त गर्दा रस रूप निष्पन्न हुन्छ। <ref>(विभावानुभावव्यभिचारिसंयोगाद्ररस निष्पत्ति: - भरतमुनि)</ref>। त्यसैले रसका चारवटा अङ्ग मानिन्छन्- स्थायीभाव, विभाव, अनुभाव र सञ्चारीभाव। प्रत्येक रसको स्थायी भाव बेग्लाबेग्लै छ। त्यसैको विभावादि संयोगले परिपूर्ण हुने निर्विघ्न-प्रतीति-ग्राह्य अवस्थालाई नै रस भनिन्छ। श्रृङ्गारको स्थायीभाव रति, हास्यको स्थायीभाव हास, रौद्रको स्थायीभाव क्रोध, करुणको स्थायीभाव शोक, वीरको स्थायीभाव उत्साह, अद्भुतको स्थायीभाव विस्मय, बीभत्सको स्थायीभाव जुगुप्सा, भयानकको स्थायीभाव भय तथा शान्तको स्थायीभाव शम वा निर्वेद मानिन्छ। भरतले आठवटा रसका देवता क्रमश: विष्णु, प्रमथ, रुद्र, यमराज, इन्द्र, ब्रह्मा, महाकाल तथा कालदेवलाई मानेका छन् र शान्त रसका देवता नारायण बताइन्छ। यस सूत्रको व्याख्या बुझ्न स्थायीभाव, विभाव, अनुभाव र व्यभिच्री भावको जानकारी हुनु आवश्यक छ।