"उपन्यासकार ध्रुवचन्द्र गौतम" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
डा. ध्रुवचन्द्र गौतमका उत्तरवर्ती उपन्यासमा लेखक, पात्र र पाठकबीचका खेलहरू प्रस्तुत गरिएका र उत्तरआधुनिक सिद्धान्तले ल्याएका नया नया शैलीको प्रयोग गरिएको पाइन्छ । उनको एउटा तरिका किंवदन्तीको प्रयोग गर्दै मिथकीय स्वैरकल्पनाको प्रयोग गर्नु हो । उनका उपन्यासमा विभिन्न प्रसङ्गमा मिथकको प्रयोग गरिएको पाइन्छ तर त्यो पुराणको जस्तो नभई स्वैरकाल्पनिक प्रकारको पाइन्छ ।<ref>कृष्णप्रसादकोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल, फोन +९७७ ९८०४३६३५३८</ref>
 
डा. ध्रुवचन्द्र गौतमको उपन्यासको भाषा समसामयिक खालको हुने हुनाले रोचक त हुन्छ नै फेरि कतैकतै सूक्तिमय अभिव्यक्ति पाइनाले झन् रोचक हुन्छ । उनको अर्को शैली हो-श्यामव्यङ्ग्य । श्यामव्यङ्ग्यको प्रयोग उनको औपन्यासिक विशेषता नै हो ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला
 
http://www.facebook.com/Jyotisasathi</ref>
 
सहरीया परिवेशको कष्टकर जीवनको प्रस्तुति र त्यसले ल्याएको मृत्यु चिन्तनलाई प्रस्तुत गरेर मृत्यु चिन्तनको बीचमा रहेर पनि जीजिविषाको प्रस्तुति गरिएको छ । अस्तित्ववादी दर्शनको प्रस्तुति उनको निजी विशिष्टता पनि हो । विपना र सपनाबीचको भ्रान्ति उत्पन्न गरिएको छ । यसका लागि अतियथार्थको पनि प्रस्तुति दिइएको छ । सन् १९८० पछि विश्व लेखनमा आएको यो शैलीगत प्रयोग उत्तरआधुनिकताको उपजमानिन्छ । <ref>नेपाल प्रजातान्त्रिक प्राध्यापक सङ्घ, पिण्डेश्वर क्याम्पस धरानको वार्षिक मुखपत्र '''गवेषणा'''(अङ्क २ : २ वैशाख २०६९)मा प्रकाशित रचना</ref><ref>http://sahityaghar.blogspot.com/2012/04/dr-dhruva-chandra-gautam.htmlबाट साभार</ref>