"होली" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: or:ଦୋଳ की जगह or:ହୋଲି जोड़ रहा है
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९९:
विशेष गरी युवतीहरू यसबाट नराम्रोसँग प्रभावित छन्। यस मामिलामा कतिपय पुरुष निकै अभद्र व्यवहार प्रदर्शन गर्नसम्म चुक्दैनन्। कयौं टोल र सडकमा त कलेजबाट फर्किएका युवतीहरू समेत हातमा लोला लिएर हिँडेका भेटिन्छन् जसले प्रतिकारको संकेत गर्छ। खुसी र हर्षको नाममा खेलिने होली आज कुरूपतामा परिणत भएको छ। हरेक गल्ली-गल्ली र सडकपेटीहरूमा होलीको दृश्य नमिठो मानेर भए पनि सहनु र देख्नु परेको छ। त्यसबाहेक विद्यालय, क्याम्पस, विश्वविद्यालय आदि क्षेत्रमा पनि होलीलाई रिस पोख्ने र मिता हेर्ने मौकाका रूपमा अङ्गाल्ने गरेको पाइन्छ। समारोह र अस्पताल जान हिँडेका युवतीहरूसमेत होलीको लोलाले नराम्रोसँग प्रभावित भैरहेका छन्।
 
यसका विरुद्ध कैयौं आवाज उठे पनि होली पर्वको अन्त्य संगै ति आवाजहरू पनि बन्द हुन्छन्। यति मात्र होइन, होली खेल्ने क्रममा संवेदनशील अंगमा चोट पुर्याउने तथा लोला हान्ने क्रममा घरको छटबाट खसेर दुर्घटनासमेत हुने गरेको छ तर पनि यसतर्फ अभिभावकहरूले ध्यान पुर्याएको देखिँदैन। कुनै कामविशेषले बाहिर निस्किएको मान्छेलाई फोहोर पानी छ्याप्दा उसमा पर्ने मानसिक तथा शारीरिक पीडा कस्तो होला सहजै बुझ्न सकिन्छ। स्वीकृतिमा खेल्दा मात्र होली हर्षोल्लास र उमंगको पर्व बन्न सक्छ। परम्परालाई जोगाउने निहुंमा यस्ता कलंक दिनानुदिन बढ्दै गैरहेका छन्। यसरी ठूला मान्छेले गरेको नक्कल स्वरूप कलिला भाइबहिनीहरूको हातमा समेत लोला देखिन थालेको छ।<ref>ज्योतिषसाथी कृष्णप्रसाद कोइराला, ज्योतिष तथा वास्तुविद्, लोटस ज्योतिष तथा वास्तु परामर्ष केन्द्र, इटहरी-१, सुनसरी, एवं उपप्राध्यापक, पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी, नेपाल ]</ref>
 
http://www.facebook.com/Jyotisasathi</ref>
== सन्दर्भस्रोत ==
==स्रोत==
<references></references>
 
[[श्रेणी:चाडपर्व]]
"https://ne.wikipedia.org/wiki/होली" बाट अनुप्रेषित