"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

केहि मात्रामा विकिकरण गरियो
कुनै सम्पादन सारांश छैन
(केहि मात्रामा विकिकरण गरियो)
{{DistrictsOfNepal}}
 
'''रामेछाप सम्भावनाहरुकाबीच उपेक्षाको शिकार'''
 
 
'''दिनेश बस्नेत'''''Italic text''
राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले यस क्षेत्रको कणर्ाली हो । राजधानी छोएको काभ्रेपलाञ्चोक, चीनसँग सीमा जोडिएको दोलखा र ओखलढुंगा र तराई छोएको सिन्धुलीको बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला सबै चिज भएर पनि उपेक्षित अवस्थामै छ।
हामीले रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गर्दर्छौ ।गरिन्छ। नेपाली साहित्यका प्रथम सहित सुब्बा कृष्णलाल अधिकारी, सहिद गगालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, संचारकर्मी सबै प्रतिभा जन्माएको छ। रामेछापमा जन्मेका प्रतिभाहरुले देशविदेशमा ख्याति कमाएका छन् तर रामेछापले भने उनीहरुबाट के प्राप्त गर्‍यो ? सोच्नै पर्छ ।
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो । यसलाई राजनीतिक खिचातानीका क्रममा कहिले सुगम भनियो र कहिले दुर्गम । विक्रम सम्बत २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७०२८ डिग्री उत्तरी आक्षांशदेखि २७०५० उत्तरसम्म र ८५० ५० पूर्वी देशान्तरदेखि ८६०३५ पूर्वसम्म छ । मध्य महाभारतीय पहाडी श्रृङ्खलादेखि महाभारत हुँदै उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।
==भूबनोट==
भौगोलिक रुपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको देखिन्छ । रामेछापको सबैभन्दा कम उचाई भएको स्थान लिखु र सुनकोसीको संगम कोलोन्जोरघाट -४२६ मिटर) हो भने सबैभन्दा उच्च भाग ६९५८ मिटरको नुम्बुर हिमचुली हो । रामेछाप पहाडी जिल्ला भए पनि तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीजस्ता खोला र नदीले बनाएका स-साना उर्वरा फाँटहरु पनि प्रशस्तै छन् । रजमनटार, मुँगीटार, द्यौरालीटार, जखनीटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी, विर्ताटार आदि स्थान उत्पादन र बसाईका लागि उत्तम मानिएको छ।
रामेछापमा ३१४८ मिटर अग्लो गिद्धे डाँडा, २२९५ मिटर अग्लो अग्लेश्वरडाँडा, २४२० मिटरको दमकोटीडाँडा,, ३१४८ मिटर अग्लो सैलुङ्गेडाँडा, ३१०६ मिटर अग्लो तामेडाँडाजस्ता हिमाली तथा पहाडी डाँडाकाँडा रहेका छन् । यो जिल्ला रामादिङचुली ६२५८ मिटर, ५५०२ मिटर अग्लो गोकुलचुली, ६७५७ मिटर अग्लो लिखुचुली, ६६७८ मिटर अग्लो गाकोशिरजस्ता हिमालय श्रृङ्खलाहरुले सजिएको छ। यहाँ ८ सय मिटर उचाईमा रहेको मन्थलीबजार, १३७८ मिटर उचाईको रामेछाप बजार, ४९५ मिटरमा रहेको आकाशे, ८ सय मिटरकै उचाईमा अवस्थित साँघुटार, १७ मिटर उचाईमा रहेको ठोसेबजार, १८ मिटर उचाईको गाल्वाभञ्ज्याङ्ग र १८ सय मिटरकै उचाईमा रहेको धोवीबजार यहाँका मुख्य बजार क्षेत्र हुन् । यद्यपि हाल आएर शिवालय, बेताली, बाम्तीभण्डार आदि स्थान पनि बजार बनिसकेको छ। रामेछापका उल्लेखित क्षेत्रमा फलाम, तामा, स्लेट आदि खानीको भण्डार रहेको छ।
==हावापानी र भू-उपयोग==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ । ४२६ को कोलोन्जोरबाट सुरु भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ । रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ । यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० से र वषर्ा २०५५ मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध । यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो । बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो । रामेछापमा खेतीका रुपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ । फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ । रामेछापमा कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
==नदीनालाहरु==
रामेछाप जिल्ला दुवैतिर ठुला नदीले घेरिएको जिल्ला हो । रामेछापको ओखलढुंगा र सोलुखुम्बूसँगको सीमा लिखु खोलाले छुट्टाएको छ भने दोलखा, सिन्धुली र काभ्रेसँगको सीमा क्षेत्रमा खिम्ती, तामाकोसी, सुनसकोसी, चौरीजस्ता खोलाले सीमाको काम गरेका छन् ।
रामेछापमा तामाकोसी, सुनकोसी, लिखु, खिम्तीजस्ता ठुला नदी पर्दछन् भने चौरी, मिल्ती, भटौली, बाफर, चुलुपे, खानीखोला, दोर्जे खोला, सोत्रे खोला, चौलाखोलाजस्ता मध्यम नदीहरु पनि पर्दछन् । पानीको हिसाव गर्दा रामेछापमा विद्यूत उत्पादनको बलियो सम्भावना रहेको छ। हाल ६० मेगावाटको खिम्ती-१ निर्माण भइसकेको छ। रामेछापमा रहेका नदी तथा खेलाहरुमा विद्युत गृह निर्माणका लागि दर्जन बढी परियोजना प्रस्तावित अवस्थामा रहेका छन् । यस जिल्लामा साना तथा ठुला विद्युत परियोजना संचालन गर्न सकिने प्रचुर सम्भावनाहरु रहेका छन् । लिखु १, २, ३ र ४ जस्ता परियोजनाहरुको काम धमाधम भइरहेको छ। २०५८ को तथ्याङ्क हेर्ने हो भने रामेछापका ७ प्रतिशत जनताले मात्र विद्युत प्रयोग गरेको पाइन्छ । यद्यपि अहिले यसमा केही परिवर्तन आइसकेको छ।
==खनिज पदार्थहरु==
रामेछापमा रहेको अथाह खनिज पदार्ज उपयोग हुन नसक्नु नै रामेछापको दुर्भाग्य बनेको छ। रामेछाप खनिज पदार्थको भण्डार हो तर उपयोग हुन नसक्दा रामेछापबासी गरिबीमा पिल्सनु परेको छ। ठोसे, चुचुरे, रस्नालु, बेताली, गुप्तेश्वर, पि्रति र कुभुकाँस्थली गाविसका अधिकांश स्थानमा फलामखानी रहेका छन् । ठोसेमा १९२१ देखि फलाखानी संचालनसमेत भएको थियो । तर, उन्नत प्रविधि र लगानी अभावमा अहिले त्यो बन्द छ । यो नेपालकै दोस्रो ठुलो फलाम खानी हो । यहाँबाट उत्पादन गरिएका फलामबाट बनेका विभिन्न स्थानमा झोलुङ्गे पल र अन्य संरचना भने अझै जिवितै छन् । विगतमा स्वाभिमानी पुर्खाहरुले संचालन गरेका खानीहरुले अहिले खानीविनाका खानीगाउँहरु बनिर आम नेपालीलाई धिक्कारी रहेको छ।
विगतमा खानी संचालन हुँदा प्रयोग भएका औजारहरुले अहिले पनि नयाँ प्रविधि र लगानीको माग गरिरहेको छ । तर सम्बद्ध पक्षले ध्यान दिन सकेको छैन । बरु कमिसनको खेलमा विदेशबाट आयात गरिएको फलामे फालीले ठोसेबासी आफ्नो बारी जोत्न बाध्य छन् । अझ तामालाई ईश्वरको प्रतिक धातु मानेर खुट्टाले छोएमा पनि विष्णु १ विष्णु ११ भन्ने संस्कारमै रहेका रामेछापबासी तामाखानीमाथि घर बनाएर विदेशी तामाको पाताबाट निर्मित ताम्रापत्रमा छोरीको विवाहमा गोडा धुन बाध्य छन् ।
रामेछापमा भदौरेमा तामाखानी, भूजी तथा दूरागाउँमा मार्वल र म्याग्नेसाइट खानीयुक्त मानिन्छ । खाँडादेवी, गुप्तेश्वर, तथा भूजीमा उच्च कोटीका स्लेट खानी छ। तर, मात्र छैन, उपयुक्त नीति, प्रविधि, सीप र इच्छाशक्ति । यहाँका खानी र पानी उपयोग गर्ने हो भने रामेछापकौ कायाँपलट मात्र होइन देशकै मुहार फेर्न सकिने अवस्था छ ।
==जनसंख्या, जातजाति, भाषाभाषी र धर्म==
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको छ। जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ बर्षमुनीको जनसंख्या २६,४०९ भने ७५ बर्ष र सो भन्दा माथिको जनसंख्या ४,०३६ रहेको छ। यस जिल्लामा घरपरिवार संख्या ४०,३८६, औसत परिवार सदस्य संख्या ः ५.२६ , जनघनत्व -प्रति वर्ग कि.मि.) १३७ जना, बाषिर्क जनसंख्या बृद्धिदर १.२२ प्रतिशत, शहरी जनसंख्या -प्रतिशत), पुरुष म्ाहिला अनुपात ९०.४१ छ ।
नेपालको जनसंख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ बर्ष) ः ८५.१६ र बृद्धबृद्धा -उमेर ६० बर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्या क्षेत्री २६.४४, त्ाामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब््रााम्हण ५.६३ रहेका छन् । यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले सुनुवार भाषा बोल्ने गर्दछन् । यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दू धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले किराँत, ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन् ।
 
==सामाजिक र आर्थिक अवस्था==
रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रुपमा उच्च वर्गमा पर्ने समूह रहेको छ । यो समूह रामेछाप स्थायी निवासी भए पनि अहिले राजधानीमा बसोबास गर्ने समूह हो । जिल्लाको अधिकांश जमिनको हिस्सा ओगट्ने यो वर्गले जिल्लाको राजनीति तथा अन्य क्रियाकलापमा समेत प्रभाव पार्ने गरेको देखिन्छ । तर, यो वर्गले जिल्लाको विकासमा भने खासै चासो राखेको पाइँदैन ।
त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग । रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ । जिल्लाभित्र र मधेशमा समेत जग्गाजमित जोडिसकेको यो समूह स्थायी रुपमा राजधानीमा बसोबास गर्दछन् । जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ । जिल्लाको विकासमा यो वर्गले खासै महत्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ ।
सरकारको २०५८ को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन् । जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो । यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन् । यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ । तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन । यो पनि गरिबीको कारण हो भन्न सकिन्छ । रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन ।
==सूचना प्रविधि र संचार माध्यम==
सूचना प्रविधिको विकासमा पनि रामेछाप निकै पछाडि परेको जिल्ला हो । रामेछापमा राजधानीबाट प्रकाशन र प्रसारण हुने टेलिभिजन तथा रेडियोहरु सहज रुपमा सुन्न सकिए पनि आफ्नै पहलमा कुनै गतिविधि भएको पाइँदैन । नजिकैको सोलुखुम्बू र दोलखाले एफएम रेडियो नै भएपनि संचालनमा ल्याएका छन् । केबल टेलिभिजनको सुविधान उपल्वध गराएका छन् तर रामेछापमा त्यो सुविधा अझै प्राप्त भइसकेको छैन ।
रामेछापमा २०५६ साल पुसमा चुनबहादुर गुरुङ, यज्ञ ढकाल र दिनेश बस्नेतले सुरु गरेको रामेछाप मासिक नै रामेछाप जिलला प्रशासन कार्यालयमा दर्ता भएको पहिलो पत्रिका हो । यहाँका राजनीतिक दलहरुले मुखपत्रका रुपमा विविध खाले प्रकाशन गरेपनि औपचारिक रुपमा दर्ता भएर सुरु गरिएको यो नै पहिलो पत्रिका मानिएको छ। यसलगत्तै रामेछापमा पूर्वेली आवाजलगायतका साप्ताहिक पत्रिका दर्ता भएका थिए । अहिले भने जनपुष्प, रामेछाप सन्देशलगायत आधा दर्जन पत्रिका रामेछापबाट प्रकाशन भइरहेका छन् । तर, रामेछापबाट राजधानीबाट प्रकाशन तथा प्रसारण हुने दैनिक, साप्ताहिकका साथै रेडियो र टेलिभिजनका लागि भने रामेछापमा प्रतिनिधि रहेका छन् ।
रामेछापमा हरेक गाविसमा हुलाक रहेका छन् । जसको संख्या ५५ रहेको छ। तर, पछिल्लो समयमा आएको प्रविधिको विकासले हुलाक सेवा प्रभावहीन भइसकेको छ। अब यि हुलाकहरुलाई गाविसस्तरमै सूचना प्रविधि केन्द्रको रुपमा विकास गर्न नसक्ने हो भने हुलाक केहीलाई जागिर खुवाउने थलोका रुपमा मात्र रहने देखिन्छ ।
विश्वमा सूचना प्रविधिको विकासले ठुलो फड्को मारिसक्दा पनि रामेछाप सदरमुकामबाहेकका स्थानमा इमल, इन्टरननेट अझै दुर्लभ छ । यद्यपि पछिल्लो समयमा मोबाइलमार्फतसमेत इन्टरनेट सुविधा प्राप्त भएकाले महंगो महशुल तिरेर भए पनि इमेल इन्टरनेटको प्रयोग बढ्दो छ। विगतका गरिएको अनुचित भौगोलिक विभाजनका कारण रामेछाप हुनुपर्ने दोलखा र दोलखा हुनुपर्ने भूभाग रामेछापमा परेकाले पनि सुविधा उपभोगमा जनता मर्कामा परेका छन् । त्यसले राज्य पुनःसंचरनामा सुविधा र सेवा उपलव्धतामा विषमता रहेको छ।
==सडक र उपयोग==
रामेछाप जिल्लाका प्रायः सबैजसो प्रमुख बजारमा कच्ची सडक पुगेको छ। रामेछापमा हालसम्म ३४ किलोमिटर सडक बनेको तथ्याङक छ । रामेछापको सदरमुकाम मन्थली, रामेछाप डाँडा, साँघुटार, ठोसे, बाम्ती, बेताली, तिल्पुङ, सालु, र कोसी वारिका पनि सबैजसो भाग फुलासी, डडुवा, दोरम्बा, चौरी, गाल्बामा कच्ची नै सही सडक पुगेको छ । तर, यि सडकहरु तराईको चामल बेसाउने बाटोका रुपमा मात्र प्रयोग भइरहेका छन् । सडकलाई सही तरिकाले प्रयोग गर्दा रामेछापले आम्दानीका स्रोतहरु पनि पहिल्याउनुपर्ने हो तर राजधानीबाट सामान ओसार्ने तर राजधानीतिर केही नपठाउदा गाउँको अवस्था कष्टकर नै छ ।
==पर्यटन==
पर्यटन रामेछापका लागि राम्रो अवसर हो । तर, साधन र स्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । नाम्चे, लुक्ला जाने पर्यटकहरुको एक रातको बसाई रामेछापकै शिवालय हो ।
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरुमा र्‍याफि्टङ्ग संचालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का छन् ।
अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसेजस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन सक्दछ । रामेछापमा प्राकृतिक, जल, हिमाली र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धेरै काम गर्न सकिने अवस्था विद्यमान छ। यसका लागि रामेछापका केही युवाको पहलमा ठोसे-पाँचपोखरी पर्यटन विकास समिति गठन गरी केही प्रचारात्मक क्रियाकलापको सुरुवात भने भएको छ। यसमा सम्बद्ध निकायले उचित ध्यान पुर्‍याउने हो भने रामेछापको आर्थिक विकासमा महत्वपूर्ण सावित हुने पक्का छ ।
==शिक्षा र स्वास्थ्य==
तथ्याङ्कहरुलाई हेर्ने हो भने रामेछापमा ३९.४ प्रतिशत जनता साक्षर छन् । यसमा ६ वर्ष मुनिका बालबालिका समेटिएको छैन । यसमा २६.६ प्रतिशत महिला र ५३.८ प्रतिशत पुरुष साक्षर रहेको तथ्याङक छ । चार वर्षअघि अर्थात २०६० सालमा रामेछापमा विद्यालय संख्या ४०८ थियो भने विद्यार्थी संख्या ५८,४४० र शिक्षक संख्या १,१८५ जना रहेको छ। यसमा अहिले खासै परिवर्तन आइसकेको छैन । त्यसो त पछिल्लो समयमा उच्च मावि र क्याम्पसहरु खुल्ने क्रम तीब्र छ । त्यसैले शैक्षिक रुपमा रामेछापमा राम्रै विकास भएको मान्न सकिन्छ ।
स्वास्थ्य क्षेत्रमा रामेछापमा स्वास्थ्य संस्थाहरुको संख्या ५५ वटा रहेको छ । अर्थात एक गाविस एक स्वास्थ्य केन्द्र रहेको देखिन्छ । यस हिसावमा ३,८६२ जना बराबर एउटा स्वास्थ्य संस्था रामेछापेली जनताले पाएका छन् । रामेछापमा परिवार नियोजनको साथ प्रयोग गर्नेको संख्या २२.४५ प्रतिशत रहेको छ । रामेछापमा पहिलो विवाह गर्दाको औषत उमेर महिलाको १९.७५ र पुरुषको २२.०९ वर्ष रहेको पाइन्छ । बालबिवाह रामेछापमा अझै ०.९२ प्रतिशत रहेको देखिन्छ । यसमा १० देखि १४ वर्षका बालकालिका रहेका छन् । रामेछाप मध्यमाञ्चलकै सबभन्दा कम वाषिर्क जनसंख्या वृद्धिदर भएको जिल्ला पनि हो । यहाँ जनसंख्या वृद्धिदर १.२२ मात्र रहेको छ। रामेछापका ३४.९ प्रतिशतले शौचालय प्रयो गर्ने गरेको पुरानो तथ्याङ्क छ । यो प्रतिशत अहिले झण्डै ६५ माथि पुगेको अनुमान गरिएको छ।
दर्जनौ नदीनाला छन् । विद्युत हामीले केन्द्रीय प्रसारण लाइनबाट बालिरहेका र्छौ । यसका लागि स्थानीय नदी र खोला प्रयोग गर्ने हो भने हामी विद्युत बेच्न सक्छौ हामीलाई केन्द्रीय प्रसारणबाट विद्युत लिनुपर्ने आवश्यकता रहन्न । नदीहरु वा नदी किनारमा माछा पालेरै भए पनि आर्थिक उपार्जन गर्न सक्छौ ।
महत्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजंगलमा खेर गइरहेका छन् । यहाँसम्मकी पाँचपोखरी क्षेत्रमा यार्सागुम्बासमेत पाइने गरेको छ । यसलाई हामीले उपयोग गर्न सकिने प्रवल सम्भावनाहरु छन् । सूचना प्रविधिको प्रयोग गरेर हामीले हाम्रा उत्पादनहरुको बजार खोज्न सक्ने सम्भावना विकास भइसकेको अवस्थामा अब सधैं परनिर्भर भएर बस्नु हुन्न ।
आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै लिनेछ । त्यसैले सिर्जनशील भएर आफ्नै माटोमा पसिना बगाउन सकिने वातावरणतिर हामी जहाँ जुन अवस्थामा रहेपनि आजैबाट सोच्नु जरुरी भइसकेको छ।
'''बस्नेत रामेछापको ठोसे गाविस निवासी पत्रकार हुन् ।'''
 
विस्तृत जानकारीका www.dineshbasnet.com.np लागि हेर्नुहोला
५२७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/31431" बाट अनुप्रेषित