"रणदल पाँडे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रणदल पाँडे''' [[भिमसेन थापा]]को पतन पछि मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न सफल [[रणजंग पाँडे]]का दाजु थिए । विसं १८९४ साउनमा थापालार्इ पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा बलियो पकड भएपछि दाजु रणदल पाँडेलार्इ [[पाल्पा]]को प्रशासक नियुक्त गरेका थिए । केन्द्रीय राजनीतिमा भाइको हालिमुहाली रहेकै कारण यिनलार्इ पाल्पाका अन्य प्रशासकभन्दा बढी अधिकार दिइएको थियो । यिनलार्इ केन्द्रसँग समन्वय नगरी सिधै अंग्रेजहरूसँग सम्पर्क गर्ने छुट दिइएको थियो भने पाल्पामा सैनिक भर्ना गर्ने अधिकार समेत प्रदान गरिएको थियो । तत्कालीन [[राजेन्द्रविक्रम शाह‎|राजा राजेन्द्र]]को निर्देशन अनुसार [[बुटवल]], स्युराज, खजहनी, माझखण्ड लगायतका दक्षिणी [[तरार्इ]]का जिल्लाहरूको सुरक्षा व्यवस्थाको जिम्मासमेत रणदल पाँडेले पाएका थिए ।<ref name="AN">प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग</ref>
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रणदल_पाँडे" बाट अनुप्रेषित