"समाचार" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:आम सञ्चार जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
'''समाचार''' भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रशारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रशारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलार्इ निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलार्इ समाचारका महत्वपूर्ण अंग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलार्इ पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।
 
==इतिहास==
सत्रौं सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो । वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन [[मिश्र]]का शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे । त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलार्इ नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा [[जुलियस सिजर]]ले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलार्इ एक्टा डाइअर्ना (Acta Diurna) भनिन्थ्यो । [[चीन]]मा दोस्रो र तेस्रो सताब्दीमा [[हान वंश]]को अन्तिम समयमा सरकारले तयार गर्ने तिपाओ (Tipao) भनिने समाचारपत्रहरू अदालतका कर्मचारीहरूलार्इ बाँडिन्थ्यो ।
 
 
==समाचारका परिभाषाहरू==
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित