"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:

'''समाचार''' भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रशारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रशारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलार्इ निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलार्इ समाचारका महत्वपूर्ण अंग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलार्इ पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।

==समाचारका परिभाषाहरू==
* भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश -[[]]

* समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ ।

* हिजोसम्म नजानेको कुरा नै समाचार हो ।

* समाचार त्यही हो जुन घटित हुन्छ, जुन मान्छेले सोच्छ र गर्छ । -जेम्स विगिन्स

* जनता नै समाचार हुन् । -ह्यारोल्ड इभान्स

* समाचार त्यो हो जुन नयाँ हुन्छ । - एम. भी. कामथ

* आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रशारण हुने सार्वजनिक महत्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलार्इ समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । -म्याथ्यु अर्नोल्ड

* समाचारलार्इ भोलिको इतिहासको टिपोट भनिन्छ ।

==समाचारका प्रकारहरू==
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित