"समाचार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:

==समाचारका प्रकारहरू==
समाचारलाई विषय, स्थान आदिको आधारमा वर्गीकरण गरिएको हुन्छ । स्थानको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार; त्यस्तै केन्द्र तथा जिल्ला समाचारमा वर्गीकरण गरिएको पाइन्छ । समाचार सामाग्रीका विषयका आधारमा पनि समाचारलाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ । जो यसप्रकार छन:

'''आर्थिक समाचार'''

व्यापार शेयर बजार, बजेट, पेशा, व्यावसाय लगायतका आर्थिक गतिविधिहरूलार्इ समावेस गरिन्छ । बजारमा ल्याइएका नयाँ सामाग्रीहरू, व्यापारिक योजना तथा जानकारीहरू पनि आर्थिक समाचारमा प्रकाशन तथा प्रशारण गरिन्छ ।

'''खेलकुद समाचार'''

खेल जगतका ताजा जानकारीहरू, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिको विचार तथा क्रियाकलाप, खेलकुद महोत्सव, प्रतियोगिताहरूको ताजा जानकारीहरु समाबेस गरेर खेलकुद समाचारहरू तयार पारिन्छ ।

'''मौसम समाचार'''

महत्वपूर्ण सहरका सूर्योदय तथा सूर्यास्तको समय, अधिकतम तथा न्युनतम तापक्रम तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान समेटेर तयार पारिन्छ ।

'''स्वास्थ्य समाचार'''

स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधी, रोग तथा उपचारको बारेमा जानकारी, स्वास्थ्यकर्मी तथा विषेशज्ञको सल्लाह आदी समेटेर स्वास्थ्य समाचार तयार गरिन्छ ।

{{stub}}
"https://ne.wikipedia.org/wiki/समाचार" बाट अनुप्रेषित