"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए<ref name=ausnepal> </ref>।
 
==जीवनी==
२००३ साल फाल्गुण ३ गते संखुवासभा जिल्लाको तत्कालीन जिल्ला सदरमुकाम चैनपुर निवासी स्व. गंगाबहादुर श्रेष्ठ तथा स्व. प्रेमकुमारी श्रेष्ठका साहिला छोराको रुपमा जन्मेका थिए <ref name=hamrosankhuwasabha> http://nepaloutdoors.com/hamrosankhuwasava/view.php?cat=kurakani&id=107</ref>।
दुई दाजुहरु महनमोहन र मानमोहन तथा भई जेसमोहन र पाँच जना दिदीबहिनीहरुका माईती स्वर्गीय कृष्णमोहनको शुभविवाह काठमाण्डौं लाजिम्पाट निवासी [[तेजमान शाक्य]]की छोरी नुडुपसंग भएको थियो । सामाजिक तथा शिक्षा क्षेत्रमा सकि्रय नुढुप सशस्त्र प्रहरी बल परिवार महिला संघका अध्यक्षका साथै [[लिङ्कन स्कुल]] काठमाण्डौंमा शिक्षिका थिइन् । उनीहरुका तीन छोरीहरु नमिता, कृपा र किर्ती श्रेष्ठ छन् ।
 
==शिक्षा==
 
चैनपुरस्थित स्थानीय श्री सरस्वती माध्यमिक विद्यालयबाट पूरा गर्दै धरानस्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अंग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।
 
स्नातक गरेको लगत्तै चैनपुरमा आफैले अध्ययन गरेको स्कुल [[श्री सरस्वती मा.वि. चैनपुर]]मा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रुपमा सेवा गरेका श्रेष्ठ । २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए । त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा शाही नेपाली सेनाबाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्यो। यसरी गठन गरिएको [[सशस्त्र प्रहरी बल]]को पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए<ref name=hamrosankhuwasabha> </ref> ।
 
==रुचि==
 
कृष्णमोहन श्रेष्ठको व्याडमिण्टन, भलिबल र फूटबल जस्ता खेलहरुमा निकै गहिरो रूचि थियो। उनी साहित्य तथा संगीतको क्षेत्रमा समेत रुचि राख्थे भने समाज सेवामा समेत उनी कृयाशील थिए।
 
==पुरस्कार तथा पद्वी==
 
श्रेष्ठले [[शुभराज्यभिषेक पदक]], [[गद्धी आरोहण रजत महोत्सव पदक]], [[परदेश सेवा पदक]], [[सार्क स्मृती पदक]], [[दुर्गम सेवा पदक]], [[यू.एन. पदक]], [[गोरखा दक्षिणबाहु दोस्रो]], [[त्रिशक्ति पट्ट]] तेस्रो र चौंथो लगायतका पुरस्कार र पदक पाएका थिए। तत्कालीन [[राजा ज्ञानेन्द्र]] बाट २०६० जेष्ठ ३० गते मरणोपरान्त सुप्रसिद्ध [[प्रबल गोरखा दक्षिणबाहु पहिलो]] प्रदान गरिएको थियो । त्यस्तै गरी [[श्रीमती नुडुप श्रेष्ठ]] लाई मरणोपरान्त [[सुप्रबल गोरखा दक्षिणबाहु]] दोस्रो प्रदान गरिएको थियो<ref name=hamrosankhuwasabha> </ref>।
==सन्दर्भ==