"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''जलवायु परिवर्तन''' [[पृथ्वी]]को प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। [[पृथ्वी]]मा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण [[पृथ्वी]]को वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। [[पृथ्वी]]ले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ।आउँछ ।
 
पछिल्लो २०० वर्ष म मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले [[पृथ्वी]]को तापक्रम बृद्धि हुँदै छ। हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।
 
जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो। <ref>{{cite web |title=Glossary – Climate Change |work=Education Center – Arctic Climatology and Meteorology |publisher=NSIDC National Snow and Ice Data Center |url=http://nsidc.org/arcticmet/glossary/climate_change.html}}; [http://www.ipcc.ch/ipccreports/tar/wg1/518.htm Glossary], in {{Harvnb|IPCC TAR WG1|2001}}.</ref> जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।
 
[[File:Mauna Loa Carbon Dioxide-en.svg|thumb|कार्वन डाई अक्साईडको बृद्धि]]