"युद्धप्रसाद मिश्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''युद्धप्रसाद मिश्र''' विसं १९६४ पौष शुक्ल अष्टमीका दिन [[भक्तपुर]]को सोमलिङटारमा जन्मिएका थिए । उनको मृत्यु विसं २०४७ फागुन ६ गते [[काठमाडौं]]मा भएको थियो । मिश्र नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी–प्रगतिवादी धाराका कवि थिए । कुमारी चोक, राणा दरवार तथा वनजाँच अड्डामा जागिरे जिवन बिताएका उनी सुरुमा कांग्रेस र पछि कम्युनिष्ट राजनीतिमा संलग्न भएका थिए । चरा (१९९४), मुक्ति रामायण अरण्यकाण्ड (२०२७), मुक्त सुदामा (२०२९), बाढी (२०४०), युद्धप्रसाद मिश्रका कविताहरु (२०४८), बेनबध आदि मिश्रका प्रकाशित कृतिहरू हुन । सुरुवातमा भावुकता, रहस्य, प्रकृति तथा मानवीय संवेदनाको सुक्ष्म अभिव्यक्तिकासाथ कविता लेख्ने उनी विसं १९९७ को सहिद काण्ड पछि जागिर छोडेर कांग्रेस पार्टीमा सकृय भएर लागेपछि विद्रोहका कविता लेख्न थालेका थिए । विसं २००४ देखि २००६ सम्म कारावासमा परेपछि मिश्रको चेतनाले क्रान्तिकारी रूप लिन पुगेको थियो । विसं २००७ सालमा जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र विसं २०१७ सालमा राजा महेन्द्रबाट खोसिएपछि मिश्र बनारस लागेका थिए । बनारसमा उनलाई माक्र्सवादी राजनीतिले आकर्षित गरेपछि उनका कवितामा प्रगतिवादी चिन्तन देखा परेको पाइन्छ । त्यसपछिका उनका कृतिहरूमा निमुखा वर्गप्रति गरिएका शोषण र उत्पीडनले प्राथमिता पाएका छन । मिश्रले विसं २०४५को ‘स्रष्टा पुरस्कार’, विसं २०४६ को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए । प्रगतिशील लेखक संघबाट विसं २०४१ मा अभिनन्दित भएका मिश्रको नाममा हाल ‘कवि युद्धप्रसाद मिश्र पुरस्कार’को स्थापना गरिएको छ ।<ref name=""> आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>
 
==सन्दर्भ सामाग्रीहरू==