"प्रकाशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४:
 
काठमाडौं क्षेत्र नं. १बाट संविधानसभामा निर्वाचित प्रकाशमान सिंह नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ। नेपाली कांग्रेसका वरिष्ठतम नेतामध्ये एक स्व. गणेशमान सिंहका छोरा प्रकाशमान सिंह आफ्नो घरमै राजनैतिक वातावरण भएकाले सानैदेखि राजनीतिसँग परिचित हुनुभयो र विद्यार्थी अवस्थामै राजनैतिक यात्रा शुरु गर्नुभयो। यस क्रममा उहाँ थुप्रै पटक पक्राउ परी जेल पर्नुभएको छ। उहाँ काठमाडौं जिल्ला नेपाली कांग्रेसको सभापति र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को उपसभापति रहिसक्नुभएको छ। सिंहले जनसंख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ। पार्टी संगठनमा कुशल मानिनुहुने सिंहको रुचि समाजसेवामा पनि छ।
वाणिज्यशास्त्रमा स्नातकोत्तर प्रकाशमान सिंह दुई छोराका पिता हुनुहुन्छ। उहाँले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा भाग लिनुभएको थियो। सिंह यस अघिको व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका खेलेका सिंह त्यो भूमिका, प्रजातन्त्रप्रतिको आफ्नो लगाव र परिवार नै राजनीतिमा होमिएका कारण जनताले आफूलाई संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, मानव अधिकार र प्रेस स्वतन्त्रताको मुद्दा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ।
 
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>