"टौदह" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added orphan, wikify tags
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Orphan|date=अगस्त २०१२}}
 
नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको '''टौदह''' र धापाखेलको नागदह हुन्। काठमाडौँको रत्नपार्कबाट जम्मा ११ किलोमिटर पश्चिममा र धापाखेल ललितपुरको गोदावरी मार्गमा पर्दछ भने टौदह काठमाठौंबाट ७ कि.मि.को दूरी दक्षिणकाली जाने बाटोमा पर्दछ।
 
टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो। उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह। ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ। सुख्खायाममा ६ मिटर गहिराइ रहेको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ।राख्दछ।कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।
 
आख्यानअनुसार माजुश्रीले उपत्यकाको पानी ह्रासिकाप चोभार छेदन गरी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना गरिदिएछन्। तर बोधिसत्व माजुश्रीले आह्वान गरी कर्कोटक नागराजलाई टौदहमा विराजमान गराई शान्ति कायम गराएको विश्वास गरिन्छ। उनै नागराजकी रानी आँखा दुख्ने रोगबाट ग्रस्त हुँदा ललितपुर निवासी एक ज्यापूले यस दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको बताइन्छ। त्यस घटनाबाट खुसी भएका नागराजले उपहारस्वरूप नवरत्न जडित भोटो ज्यापू जातिको भित्री पोशाक उपहार पठाइदिएछन्।
"https://ne.wikipedia.org/wiki/टौदह" बाट अनुप्रेषित