"गणेशमान सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
}}
 
'''गणेशमान सिंह'''(वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको [[जनआन्दोलन]]का सर्वोच्च कमान्डर थिए। गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो।
काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी [[प्रजा परिषद्]]को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । [[भद्रगोल जेल]] फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता [[बीपी कोइराला]]सूग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझा�जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका �पमारूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संर्घष्ासंघर्ष गरेका थिए । संर्घष्ाका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पर्ुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका �पमारूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसूगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बि��बिरूद्ध सक्रिय रहे ।
 
तत्कालीन पञ्चह�बाट बीपीसूगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका �पमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझा� व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपर्ूण्ा योगदान २०४६ सालमा रहेको थियो । राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टह�सूग मिलेर पञ्चायत बि�� आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।
पङ्क्ति ३५:
 
==बाल्यकाल र शिक्षा==
गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो।
गणेशमान, सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए। गणेशमान सिंह नाम राखिएको भए पनि परिवारले पुलपुल्याएर उनलाई 'हीराकाजी' भन्ने गर्थ्यो। टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए। आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन-पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो। सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए। रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो। <ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1">वीर गणेशमान सिंह स्मारिका, Page 1</ref>दरबार हाइस्कूलमा कक्षा ६मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरे। राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नुपर्‍यो। उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी उनी [[कोलकाता]] गए र सन् १९३९मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे। त्यसपछि [[कोलकाता]] कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन सु्रु<ref name="वीर गणेशमान सिंह स्मारिका, Page 1"/> गरेका सिंह राजनीतिमा प्रवेश गरे।
 
"https://ne.wikipedia.org/wiki/गणेशमान_सिंह" बाट अनुप्रेषित