"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे मिलाउँदै |
सा spelling check, replaced: फ़ → फ |
||
पङ्क्ति १८:
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ। यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ। तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरू पर्दछन्। मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो। तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन। यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन्। उनीहरूले हजार प्रयत्न गरे तर सबै खेर गयो। अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो | मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्यो। सबैतिर हल्लीखल्ली मच्चियो। र, सुरक्षाकर्मीहरूले आदेशअनुसार बाकस फोरे। त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो। तर, कसैले पनि त्यो मूर्ति यहीको हो भनेर चिन्न सकेनन्। र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो। यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको थियो। यसअघि नै मैतिदेवीका गुठियारहरूले मालिगाउँस्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मूर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए। त्यसैले सबैको आंशका त्यतै मोडियो। र, मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मूर्ति मैतिदेवीकै ठहरियो। त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मूर्ति खटमा राखेर तिनै शहर डुलाइयो। र, क्षमा पूजासहित पुनः द्यःछेमै राखियो। यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन राष्ट्राध्यक्षले महाअष्टमीमा
वंशावली का अनुसार कलिगत संवत् ३८२५मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
|