"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: hi:पैत्तव
सा r2.7.3) (रोबोट ले थप्दै: ky:Холестерин; अंगराग परिवर्तन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
== परिचय ==
'''कोलेस्टेरोल''' शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।
 
पङ्क्ति ११:
एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुर्‍याउँछ। यसले रक्तनलीमा जमेको कोलेस्टेरोललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ। यस कारण एचडीएलले बोकेको कोलेस्टेरोललाई असल कोलेस्टेरोल भनिएको हो। एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ। यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ।
 
== प्रभाव र हृदयघातको खतरा ==
यो शरीरका लागि अत्यावश्यक हुन्छ। तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुन सक्छ।रगतमा धेरै मात्रामा कोलेस्टेरोल भएमा हृदयघात हुने सम्भावना बढ्छ। रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयघात हुने सम्भावनालाई कम गर्न सकिन्छ। विभिन्न अध्ययन-अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयघातको खतरा घट्ने प्रमाणित भैसकेको छ। रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँगुरिएको रक्तनली फेरि खुल्न सक्छ।साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयघातको खतरा दुई प्रतिशतले घट्छ। रक्त कोलेस्टेरोल २५० मिल्रि्रामबाट २०० मिल्रि्राममा घटाउँदा हृदयघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ।
 
पङ्क्ति २०:
कोलेस्टेरोल घटाउन आहारामा परिवर्तन गर्नु महत्त्वपूर्ण् कदम हो। कम कोलेस्टेरोलयुक्त खाद्यपदार्थको प्रयोग र चिल्लो पदार्थमध्ये अनस्याचुरेटेड फ्याट्स (Unsaturated Fats)को प्रयोग गर्नु आहार परिवर्तनको विशेषता हो। यससम्बन्धमा अमेरिकन हार्ट एसोसिएसनले दैनिक आहारमा उपयोग हुने क्यालोरीको ३० प्रतिशतसम्म मात्र चिल्लो पदार्थ (fat)को प्रयोग गर्ने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतभन्दा कम मात्र स्याचुरेटेड फ्याटबाट लिने, सम्पूर्ण क्यालोरीको १० प्रतिशतसम्म मात्र पोलिस्याचुरेटेड फ्याटबाट लिने र दैनिक ३०० मि.ग्रा. भन्दा कम कोलेस्टेरोलयुक्त आहार लिने सिफारिस गरेको छ।
 
== कोलेस्टेरोल र खाना ==
 
स्याचुरेटेड फ्याट कोठाको तापक्रममा कडा हुन्छ र यो मासु, बटर, मख्खन, नरिवल, पाम तेलमा अत्यधिक पाइन्छ। यसको प्रयोगले रक्त कोलेस्टेरोल बढ्छ।पोली स्याचुरेटेड फ्याट कोठाको तापक्रममा तरल नै रहन्छ। यो र्सर्ूयमुखी, मकै, भटमास, तोरी आदिको तेलमा अत्यधिक पाइन्छ। यसको प्रयोगले रक्त कोलेस्टेरोल त्यति धेरै मात्रामा बढ्दैन।
पङ्क्ति ३०:
खाना पकाउँदा तेल कम राख्नर्ुपर्छ। मासु पकाउँदा छाला र बोसो सबै काटेर फालेपछि मात्र पकाउनर्ुपर्छ। साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्नर्ुपर्छ। दैनिक दुई पेगभन्दा बढी रक्सी पिउनुहुँदैन। मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिनर्ुपर्छ। सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल, दाल अत्यन्त फाइदाजनक छन्। यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्नुपर्छ। धूमपान गर्नुहुँदैन। ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ -माछाको तेल, सिमी, बोडी, भटमास आदिबाट तयार पारिएका खाद्यपदार्थ) हरू आहारमा प्रयोग गर्नुपर्छ।
 
== ट्राइग्लाइसेराइडले पनि हृदयघात हुन सक्छ ==
 
प्रकृतिमा धेरैजसो चिल्लो पदार्थहरू ट्राइग्लाइसेराइडको रूपमा रहेका छन्। ट्राइग्लाइसेराइड खाद्यपदार्थहरूबाट र शरीरभित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरूको रगतमा कोलेस्टेरोलका साथमा ट्राइग्लाइसेराइडको पनि वृद्धि भएमा हृदयघातको सम्भावना बढ्छ। बढेको ट्राइग्लाइसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।यस अवस्थामा कम चिल्लो, कम प्रशोधित कार्बोहाइड्रेट तथा कम चिनी तर बढी फाइबरयुक्त आहार लिनर्ुपर्छ। पकाउने तेल दैनिक ५-१० ग्राम मात्र प्रयोग गर्नुपर्छ। तेलमा र्सर्ूयमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ। चिल्लोमा तारेका खाना जस्तै- परौठा, समोसा, पुरी, दालमोठ आदि खानु हुँदैन। यस्तै प्रशोधित कार्बोहाइड्रेट जस्तै- चिनी, गुड, जाम, मह, जुस, चकलेट, मैदाको रोटी, सुजी, सेतो पाउरोटी, बिस्कुट, चाउचाउ, माकारोनी आदि खानुहुँदैन।
पङ्क्ति ३८:
खानामा फाइबरको प्रमुख स्रोत गहुँ ओट, गेडागुडी, हरियो सागपात, तरकारी तथा फलफूलहरू हुन्। पालिस गरिएको चामलमा फाइबर हुँदैन। त्यस कारण चामल प्रयोग गर्दा खस्रो र बाहिरी पातलो बोक्रा नफालिएको प्रयोगमा ल्याउनर्ुपर्छ।
 
== '''कोलेस्टेरोल परीक्षण रिपोर्ट''' ==
=== टोटल कोलेस्टेरोल ===
 
200 mg./dl भन्दा कम - सन्तोषजनक
पङ्क्ति ४७:
240 mg./dL mन।रमी वा बढी - खतरनाक
 
=== एलडीएल कोलेस्टेरोल ===
 
एलडीएलको मात्राले हृदयघातको खतरालाई टोटल कोलेस्टेरोल (Total Cholesterol) भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ।
पङ्क्ति ५७:
130 mg/.dl वा बढी - खतरनाक
 
=== एचडीएल कोलेस्टेरोल ===
 
सामान्यतया महिलामा 50–60 mg/dl र पुरुषमा 40–50 mg/dl हुनुपर्ने मान्यता छ। एचडीएल कम भएमा हृदयघातको खतरा बढ्छ।
पङ्क्ति ६५:
40 mg/dl नरमी भन्दा कम - खतरनाक
 
=== एचडीएलको मात्रा कसरि घट्छ ? ===
 
धूमपान गरेमा।
पङ्क्ति ७३:
शरीरिक रूपले अल्छी भएमा -व्यायामको कमी)।
 
=== एचडीएलको मात्रा कसरी बढाउने ? ===
 
धूमपान रोक्ने।
पङ्क्ति ८१:
शारीरिक रूपले सक्रिय रहने -व्यायाम, योगासन आदि गर्ने)।
 
* [[हृदयघात]]
* [[रक्तचाप]]
* [[हृदय रोग]]
* [[मधुमेह]]
 
साभारः डा. प्रकाशराज रेग्मी
पङ्क्ति १२०:
[[kn:ಕೊಲೆಸ್ಟರಾಲ್‌]]
[[ko:콜레스테롤]]
[[ky:Холестерин]]
[[la:Cholesterolum]]
[[lt:Cholesterolis]]
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित