"रक्षा मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''रक्षा मन्त्रालय''' [[नेपाल]]को सम्पूर्ण बाहृय तथा आन्तरिक [[सुरक्षा]] व्यवस्था गर्नु रक्षा मन्त्रालयको जिम्मेवारी हो। यो उद्देश्य हासिल गर्न [[नेपाली सेना]]को व्यवस्था, परिचालन तथा सरकारका अन्यमन्त्रालय तथा निकायहरूसँग आवश्यक समन्वय गर्ने कार्य यस मन्त्रालयले गर्दछ।
 
नेपालको रक्षा मामिला सञ्चालन एवं व्यवस्थित गर्ने र मलुकको [[सार्वभौम सत्ता]] र भौगोलिक अखण्डताको सुरक्षा गर्न बाह्य तथा आन्तरिक सुरक्षा व्यवस्था बनाई राख्नु यस मन्त्रालयको प्रमुख उद्देश्य हो। मुलुकको बाह्य सुरक्षा व्यवस्था गर्नु यस मन्त्रालयको प्राथमिक जिम्मेवारी भए तापनि जनताको जिउधनको सुरक्षा गरी आन्तरिक सुरक्षा र व्यवस्था कायम गर्राई राख्नु पनि यस मन्त्रालयको जिम्मेवारी भित्र पर्न आउँछ। यस सर्न्दर्भमा रक्षा मन्त्रालयको प्रमुख कार्य भनेको मुलुकको सुरक्षा एवम् प्रतिरक्षाको सम्बन्धमा सरकारबाट नीतिगत निर्देशन प्राप्त गर्नु र सोको कार्यान्वयनकोलागि शाही नेपाली सेना र मातहतका विभागहरूमा ती नीति निर्देशनहरू सञ्चार गर्नु नै हो। यसको अलावा आफ्नो लक्ष्य हासिल गर्ने क्रममा मुलुकको रक्षाको प्रमुख जिम्मेवारी लिएकोनेपाली सेना र नेपाल सरकारका अन्य मन्त्रालय तथा निकायहरूबीच सर्म्पर्क बिन्दुको रूपमा समेत रक्षा मन्त्रालयले काम गर्दछ।
पङ्क्ति ९:
 
===उद्देश्य===
नेपालको र्सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय स्वाभिमान एवम् आन्तरिक तथाबाह्य सुरक्षामा कुनै किसिमको आँच आउन नदिई नेपाली जनताको जीउधनको सुरक्षा प्रदान गर्दै समाजमा शान्ति, सुरक्षा, व्यवस्था र अमन चयन कायम गरी नेपाली जनतालाई सुरक्षाको प्रत्याभूमि दिँदै राष्ट्रिय कार्यमा जागरुक बनाई राष्ट्रिय स्वाभिमानको विकास गराउनु यस मन्त्रालयको उद्देश्य रहेको छ।
 
===कार्यक्षेत्र र जिम्मेवारी===