"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: mn:Дели, new:दिल्ली हटाउँदै: hif:New Delhi
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox Indian Jurisdictions
|type = महानगर
|type_2 = राजधानी
|native_name = दिल्ली
|latd = 28.61
|longd = 77.23
|skyline = Delhi Montage.jpg
|skyline_caption = माथि [[बहाई मन्दिर]], देब्रेपटि [[इण्डिया गेट]], दाहिने [[हुमायुंको मकबरा]] र बीचमा [[राष्ट्रपति भवन]]
|locator_position = right
|state_name = दिल्ली
|leader_title = [[दिल्लीको मुख्य मन्त्री|मुख्यमन्त्री]]
|leader_name = [[शीला दीक्षित]]
|leader_title_2 = [[उप राज्यपाल]]
|leader_name_2 = [[तेजेंदर खन्ना]]
|leader_title_3 = [[मेयर]]
|leader_name_3 = [[आरती मेहरा]]
|official_languages = [[हिन्दी]], [[पंजाबी भाषा|पंजाबी]], [[उर्दू]], [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]
|legislature_type =
|legislature_strength = ७०
|established_date =
|area_total = 1484
|area_rank = दोस्रो
|area_magnitude = 9
|altitude = 239
|altitude_cite = <ref name="altitude"><!--
-->{{cite web
|url = http://isc2001.nic.in/delhi.htm
|title = General info on Delhi
|publisher = Government of India
|accessdate=2006-05-03
}}</ref>
|population_total = ११,९५४,२१७ (२००७ अनु.)
|population_as_of =
|population_metro = १ करोड़ ५९ लाख
|population_metro_cite = <ref name="un">{{cite web|url=http://esa.un.org/unup/p2k0data.asp|title=World Urbanization Prospects: The 2007 Revision Population Database|accessdate=2000-03-13|publisher=UN}}</ref>
|population_metro_as_of =
|population_rank = दोस्रो
|population_density = 11463
<!--| districts = 9-->
|districts = {{collapsible list
|title=[[दिल्लीको जिल्ला]]
|1 = [[नयाँ दिल्ली जिल्ला|नयाँ दिल्ली]]
|2 = [[मध्य दिल्ली जिल्ला|मध्य दिल्ली]]
|3 = [[उत्तर दिल्ली जिल्ला|उत्तर दिल्ली]]
|4 = [[उत्तर पूर्वी दिल्ली जिल्ला|उत्तर पूर्वी दिल्ली]]
|5 = [[पूर्वी दिल्ली जिल्ला|पूर्वी दिल्ली]]
|6 = [[दक्षिणी दिल्ली जिल्ला|दक्षिणी दिल्ली]]
|7 = [[दक्षिण पश्चिमी दिल्ली जिल्ला|दक्षिण पश्चिमी दिल्ली]]
|8 = [[पश्चिमी दिल्ली जिल्ला|पश्चिमी दिल्ली]]
|9 = [[उत्तर पश्चिमी दिल्ली जिल्ला|उत्तर पश्चिमी दिल्ली]]
}}
|area_telephone = ०११
|postal_code = ११० xxx
|vehicle_code_range = डी एल -xx
|unlocode = INDEL
|website = delhigovt.nic.in
|seal = Emblem of India.svg
|footnotes =
}}
 
'''दिल्ली''' ([[पंजाबी भाषा|पंजाबी]]: ਦਿੱਲੀ, [[उर्दू]]: دلی), छेउछाउका केही जिल्ला सहित [[भारत]]को राजधानी क्षेत्र हो। यसमा ''[[:hi:नयाँ दिल्ली (प्रशासनिक राजधानी क्षेत्र)|नयाँ दिल्ली]]'' पनि सम्मिलित छ, जुन ऐतिहासिक पुरानो दिल्ली पछि बनेको थियो। यहाँ केन्द्र सरकारको धेरै प्रशासन संस्थाहरू छन्। औपचारिक रूपले नयाँ दिल्ली भारतको राजधानी सहर हो। १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबै भन्दा ठूलो महानगर हो। यहाँको जनसंख्या लगभग १ करोड ७० लाख छ। यहाँ बोलीने मुख्य भाषाहरू : [[हिन्दी]], [[पंजाबी]], [[उर्दू]], र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] हुन। दिल्लीको ऐतिहासिक महत्त्व उत्तर भारतमा यसको स्थानमा छ। यसको दक्षिण पश्चिममा [[अरावली]] पर्वत श्रृखला र पूर्वमा [[यमुना नदी|यमुना]] नदी रहेको छ, जसको किनारा यो सहर अवस्थित छ। यो प्राचीन समयमा [[गंगा नदी|गंगा]] नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य पडाव थियो।
 
[[यमुना नदी]]को किनारा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ। यो भारतको अतिप्राचीन नगर हो। यसको इतिहासको प्रारम्भ् [[सिन्धु घाटी सभ्यता]]सँग जोडिएको छ। [[हरियाणा]]को आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण मिलेका छन्। [[महाभारत]] कालमा यस शहरको नाम [[इन्द्रप्रस्थ]] थियो। [[दिल्ली सल्तनत]]को उत्थानसँग नै दिल्ली एक प्रमुख राजनैतिक, सास्कृतिक एवं वाणिज्यिक शहरको रूपमा देखापर्‍यो। यहाँ धेरै प्राचीन एवं मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ। सन [[सन् १६३९|१६३९]]मा मुगल बादशाह [[शाहजहाँ]]ले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन [[१६७९]] देखि [[१८५७]] सम्म [[मुगल साम्राज्य]]को राजधानी रह्यो।
 
१८औं एवं १९औं शताब्दीमा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]]ले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो। त्यसपछि उनीहरूले [[कोलकाता]]लाई आफ्नो राजधानी बनाए। सन [[१९११]]मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो। यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो। अंग्रेजबाट सन [[१९४७]]मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्लीको भारतको राजधानी घोषित गरियो।
पङ्क्ति ७२:
== इतिहास ==
[[चित्र:RedFort.jpg|thumb|right|लाल किला]]
दिल्लीको प्राचीनतम उल्लेख [[महाभारत]]मा भेटिन्छ जहाँ यसको उल्लेख प्राचीन [[इन्द्रप्रस्थ]]को रूपमा गरिएछ। इन्द्रप्रस्थ पाण्डवहरूको राजधानी थियो। पुरातात्विक रूपले जुन पहिले प्रमाण पाईएको छ त्यसबाट थाहा हुन्छ कि ईसा पूर्व दुई हजार वर्ष पहिले पनि दिल्ली तथा यसको आस-पास क्षेत्रमा मानव बसोबास गर्ने गर्थे। [[मौर्य काल]] (ईसा पूर्व ३००)देखि यहाँ एउटा नगरको विकास शुरु भयो। [[चंदरबरदाई]]को रचना [[पृथ्वीराज रासो]]मा [[:hi:तोमर वंश|तोमर]] राजा [[अनंगपाल]]लाई दिल्लीको संस्थापक बताईएको छ। यस्तो मानिन्छ कि उनले नै 'लाल-कोट'को निर्माण गराएका थिए र लौह-स्तंभको दिल्ली लेराए। दिल्लमा तोमरहरूको शासनकाल इ.सं. [[९००]]- इ.सं.[[१२००]] सम्म रहेको मानिन्छ। 'दिल्ली' या 'दिल्लिका' शब्दको प्रयोग सर्वप्रथम उदयपुरमा प्राप्त भएका शिलालेखहरूमा पाईयो। यस शिलालेखको समय इ.सं. [[११७०]] निर्धारित गरियो।
 
इ.सं.[[१२०६]] पछि दिल्ली [[दिल्ली सल्तनत]]को राजधानी बन्यो। यस राज्यमा [[खिलजी वंश]], [[तुगलक वंश]], [[सैयद वंश]] र [[लोधी वंश]] समते केही अन्य वंशहरूले शासन गर्‍यो। यस्तो मानिन्छ कि आजको आधुनिक दिल्ली बन्नु भन्दा पहिले दिल्ली सात पल्ट उजाड भएर विभिन्न स्थानहरूमा बस्यो, जसको केही अवशेष अहिले पनि देख्न सकिन्छ। दिल्लीको तत्कालीन शासकहरूले यसको स्वरूपमा धेरै पल्ट परिवर्तन गरे। मुगल बादशाह हुमायूँले सरहिंदको नजीकको युद्धमा अफगानहरूलाई पराजित गरे तथा बिना कुनै विरोधको दिल्लीमा अधिकार जमाए। हुमायूँको मृत्यु पछि हेमू विक्रमादित्यको नेतृत्वमा अफगानीहरूले मुगल सेनालाई पराजित गरेर आगरा तथा दिल्लीमा पुनः अधिकार प्राप्त गरे। मुगल बादशाह [[अकबर]]ले आफ्नो राजधानीको दिल्लीबाट [[आगरा]] स्थान्तरित गरे। अकबरको नाति [[शाहजहाँ]] ([[१६२८]]-[[१६५८]])ले सत्रौं सताब्दीको मध्यमा यसलाई सातौं पल्ट बनाए जसलाई शाहजहानाबादको नामले चिनिन थालियो। शाहजहानाबादलाई साधारण बोली-चालीको भाषामा पुरानो शहर या पुरानो दिल्ली भनिन्छ। प्राचीनकालदेखि पुरानो दिल्लीमा अनेक राजाहरू एवं सम्राटहरूले राज्य गरेका छन तथा समय-समयमा यसको नाममा पनि परिवर्तन भईरहेको थियो। पुरानी दिल्ली [[१६३८]] पछि मुगल सम्राटहरूको राजधानी रह्यो। जहाँ आखिरी मुगल शाह बहादुर शाह जफर थिए।
 
सन [[१८५७]]को [[सैन्य विद्रोह]] पछि दिल्लीमा ब्रिटिश शासनको आदेशमा शासन चल्न लाग्यो। सन [[१८५७]]को यस [[प्रथम भारतीय स्वतन्त्रता संग्राम]]को आन्दोलनलाई पूर्ण रूपमा दबाए पछि अंग्रेजहरूले [[बहादुरशाह जफर]]लाई [[रङ्गुन]] पठाई दिए तथा भारत पूर्ण रूपमा अंग्रेजहरूको अधीन भयो। प्रारम्भमा उनिहरूले कलकत्ता (आजकल [[कोलकाता]])बाट शासन गर्न थाले तर सन [[१९११]]मा उपनिवेश]] राजधानीलाई दिल्ली स्थानान्तरित गरियो। सन [[१९४७]]मा भारत स्वतन्त्रता भए पछि यसलाई अधिकारिक रूपले भारतको राजधानी घोषित गरियो। दिल्लीमा धेरै राजाहरूको साम्राज्यको उदय तथा पतनको साक्षी आज पनि विद्धमान छन्। तोमर शासकहरूमा दिल्लीको स्थापनाको श्रेय अनंगपाललाई जान्छ।
पङ्क्ति ८१:
=== भौगोलिक स्थिति ===
[[चित्र:YamunaRiver.jpg|thumb|200px|दिल्लीमा [[यमुना नदी|यमुना]] नदी]]
राष्ट्रीयराष्ट्रिय राजधानी क्षेत्र दिल्ली १४८४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएकोछ, जस मध्ये ७८३ वर्ग किलोमिटर भाग ग्रामीण क्षेत्र, र ७०० वर्ग किलोमिटर भाग शहरी क्षेत्र घोषित छ। दिल्ली उत्तर-दक्षिणमा अधिकतम लम्बाई ५१.९ किलोमिटर छ र पूर्व-पश्चिममा अधिकतम चौडाई ४८.४८ किलोमिटर छ। दिल्लीको अनुरक्षण हेतु तीन संस्थाहरू कार्यरत छन:-
* [[:hi:दिल्ली नगर निगम|दिल्ली नगर निगम]]:निगम विश्वको सबै भन्दा ठूलो नगर पालिका संगठन हो, जुनले अनुमानित १३७.८० लाख नागरिकहरूलाई (क्षेत्रफल १३९७.३}})को नागरिकहरूलाई सेवाहरू प्रदान गर्छ। यो क्षेत्रफलको अनुपातमा मात्र [[टोकियो]] भन्दा पछि छ।" यस नगर निगमले १३९७ वर्ग कि.मी.को क्षेत्र हेर्ने गर्छ।
* [[:hi:नयाँ दिल्ली नगरपालिका परिषद|नयाँ दिल्ली नगरपालिका परिषद]]: (एन डी एम सी) (क्षेत्रफल ४२.७ वर्ग किलोमिटर [[नयाँ दिल्ली]]को नगरपालिको परिषदको नाम हो। यसको अधीन आउनेलाई कार्यक्षेत्र एन डी एम सी क्षेत्र भनिन्छ।
* [[:hi:दिल्ली छावनी बोर्ड|दिल्ली छावनी बोर्ड]]: (क्षेत्रफल ४३ वर्ग किलोमिटर) जुन दिल्लीको [[दिल्ली छावनी|छावनी]] क्षेत्रहरूलाई हेर्छ।
 
दिल्ली एक अति-विस्तृत क्षेत्र हो। यो उत्तरमा सरूप नगर देखि दक्षिणमा [[रजोकरी]] सम्म फैलिएको छ। पश्चिमतम क्षेत्र [[नजफगढ]] देखि पूर्वमा [[यमुना नदी]] सम्म(तुलनात्मक परम्परागत पूर्वी क्षेत्र)फैलिएको छ। हुनत: [[शाहदरा]], [[भजनपुरा]], आदि यसको पूर्वतम क्षेत्र हुनाका साथै ठूला बजारहरूमा पनि आउछन। रा.रा.क्षेत्रमा उपर्युक्त सीमानाहरू सँग जोडिएका निकटवर्ती प्रदेशहरूको [[नोएडा]], [[गुडगांउ]] आदि क्षेत्र पनि आउछन। दिल्लीको भू-प्रकृति धेरै बदलिएको छ। यो उत्तरमा समतल कृषि मैदान देखि लिएर दक्षिणमा शुष्क [[अरावली पर्वत]]को आरंभ सम्म बदलिन्छ। दिल्लीको दक्षिणमा ठूलो प्राकृतिक तालहरू हुने गर्दथे, जुन अब अत्यधिक खननको कारण सुकेर जांदै छन्। यिनीहरू मध्ये एक [[बडखल पोखरि]] हो। [[यमुना नदी]]ले शहरको पूर्वी क्षेत्रहरूलाई अलग गर्छ। यिनीहरूलाई [[पूर्वी दिल्ली|यमुना पार]]क्षेत्र भनिन्छ, हुनत: यिनीहरू नयाँ दिल्लीसँग धेरै भन्दा धेरै पुलहरू द्वारा जोडिएका छन, अहिले यिने मध्य दुई पुल द्वारा [[दिल्ली मेट्रो]] पनि आर-पार गर्ने गर्छ।
 
दिल्ली {{coord|28.61|N|77.23|E|}}मा [[भारत|उत्तरी भारत]]मा अवस्थित छ। यो समुद्र सतहबाट ७०० देखि १००० फीटको ऊँचाईमा [[हिमालय]]बाट १६० किलोमीटर दक्षिणमा [[यमुना नदी]]को किनारामा अवस्थित छ। यो उत्तर, पश्चिम एवं दक्षिण तीन तिरबाट [[हरियाणा]] राज्य तथा पूर्वमा [[उत्तर प्रदेश]] राज्य द्वारा घेरिएको छ। दिल्ली लगभग पूर्णतया [[:hi:गंगा के मैदान|गांगेय क्षेत्र]]मा अवस्थित छ। दिल्लीको भूगोलको दुई प्रधान अंग [[यमुना नदी|यमुना]] सिंचित समतल एवं दिल्ली रिज (पहाडी) हुन। अपेक्षाकृत तल्लो स्तरमा स्थित मैदानी उपत्यकाले कृषि हेतु उत्कृष्ट भूमि उपलब्ध गराउँछ, हुनत यिनीहरू बाढि सम्भावित क्षेत्र रहेकाछन्। यिनीहरू दिल्लीको पूर्व तिर छन र पश्चिमी तिर रिज क्षेत्र रहेको छ। यसको अधिकतम ऊंचाई ३१८ मी.(१०४३ फी.)सम्म जान्छ। यो दक्षिणमा [[अरावली पर्वत]]माला देखि प्रारम्भ भएर शहरको पश्चिमी, उत्तर-पश्चिमी एवं उत्तर-पूर्वी क्षेत्रहरू सम्म फैलिएकाछन्। दिल्लीको जीवनरेखा [[यमुना नदी|यमुना]] [[हिन्दू धर्म]]मा अति पवित्र नदिहरूमध्ये एक हो। एक अन्य सानो नदी [[हिंडन नदी]]ले [[पूर्वी दिल्ली]]लाई [[गाजियाबाद]] सँग अलग गर्छ। दिल्ली [[भुँइचालो|सीज्मिक क्षेत्र-IV]]मा आउनाका कारण यसलाई [[भुँइचालो|भूकम्प]]को ठूलो संभावीत क्षेत्र मानिन्छ।
 
=== जलस्रोत ===
पङ्क्ति ९४:
भूमिगत जलभृत लाखौं वर्ष देखि प्राकृतिक रूपले नदिहरू र बरसाती धाराहरूबाट नवजीवन पाई रहेकाछन्। भारतमा गंगा-यमुनाको मैदान यस्तो क्षेत्र हो, जसमा सबै भन्दा उत्तम जल संसाधन मौजूद रहेको छ। यहाँ राम्रो वर्षा हुन्छ र हिमालयको हिमतालहरूबाट निक्लने सदाबहार नदिहरू बग्ने गर्छन्।दिल्ली जस्तै केही क्षेत्रहरूमा पनि केही यस्तो नै छ। यसको दक्षिणी पठारी क्षेत्रको ढलाव समतल भाग तिर छ, जसमा पहाडी श्रृंखलाहरूले प्राकृतिक तालहरू बनाईदिएको छ। पहाडहरूमा रहेका प्राकृतिक वनाच्छादन कयौं बाह्रमासे जलधाराहरूको उद्गम स्थल हुने गर्द थिए।
 
दिल्ली व्यापारिक केन्द्रको रूपमा आज जुन स्थितिमा छ, त्यसको कारण यहाँ भएको एक यातायात योग्य चौडा नदी [[यमुना नदी|यमुना]]को हुनु नै हो, जसमा माल ढुवानी पनि गर्न सकिन्थ्यो। ई.पूर्व ५००मा पनि निश्चित नै यो एक यस्तो ऐश्वर्यशाली नगरी थियो, जसको सम्पत्तिहरूको रक्षाको लागि नगर प्राचीर बनाउनु आवश्यकता परेको थियो। सलीमगढ र पुरानो किल्लाको खोदाइबाट प्राप्त तथ्यहरू र पुरानो किलाहरूबाट यसको यति प्राचीन नगर हुनुको प्रमाण मिल्छन। ई.पू.[[१०००]] पछि देखि त यसको इतिहास, यसको युद्धपदहरू र यसबाट बदलिने राजवंशहरूको पर्याप्त विवरण भेटिन्छ।
 
भौगोलिक दृष्टिले अरावलीको श्रृंखलाहरूले घेरिएर रहेको कारण दिल्लीको शहरी बस्तिहरूलाई केही विशेष उपहार मिलेकाछन। अरावली श्रृंखला र यसमा रहेका प्राकृतिक वनहरूबाट निस्कने तीन बाह्रमासे नदिहरू दिल्लीको मध्यभागबाट बग्ने यमुनामा मिल्ने गर्दथे। दक्षिण एशियाली भूसंरचनात्मक परिवर्तनले अब यमुना आफ्नो पुराना बाटोबाट बीस किलोमीटर पूर्व तिर सरेको छ। ई. पूर्व 3000मा यो नदी दिल्लीमा वर्तमान 'रिज'को पश्चिम भएर बग्ने गर्दथियो। त्यहि युगमा अरावलीको श्रृंखलाहरूको अर्को तर्फ[[सरस्वती नदी]] बग्ने गर्दथियो, जुन पहिले त पश्चिम तिर सर्‍यो र त्यस पछि भौगोलिक संरचनामा भूमिगत भएर पूर्णत: लुप्त भयो।
 
एक अंग्रेजद्वारा १८०७मा गरिएको सर्वेक्षणको आधारमा बनेका नक्शामा त्यो जलधाराहरू देखाईएका छन, जुन दिल्लीको यमुनामा मिल्ने गर्दथे। एक तिलपतको पहाडहरूमा दक्षिणबाट उत्तर तिर बग्थ्यो भने दोस्रो हौजखासमा अनेक सहायक धाराहरूलाई समेट्दै पूर्व तिर बग्ने बारापुलाको स्थानमा निजामुद्दीनको माथि तिर यमुना प्रवाहमा गएर मिल्थ्यो। तेस्रो र यिनिहरूबाट ठूलो धारा जसलाई साहिबी नदी (पूर्व नाम रोहिणी) भन्थे, दक्षिण-पश्चिमबाट रिजको उत्तरमा यमुनामा मिल्थ्यो। सम्भवत: विवर्तनिक हलचलको कारण यसको बहावको मुनिको भूभाग केही माथी उठ्यो। जसबाट यसको पानिपानी यमुनामा पानिपानी झर्न बन्द भयो र पछिल्लो मार्गवाट यसको ज्यादा पानी नजफगढ पोखरिमा जान लाग्यो। करिब ७० वर्ष पहिले सम्म यस पोखरिको आकार २२० वर्ग किलोमीटर थियो। अंग्रेजहरूले साहिबी नदीको गाद निकालेर ताल सफाई गरेर नाला नजफगढको नाम दिए र यसलाई यमुनामा मिलाई दिए। यही जलधाराहरू र यमुना-दिल्लीमा अरावलीको श्रृंखलाहरूको कचौरामा बस्ने अनेकौं बस्तिहरू र राजधानिहरूलाई सदा पर्याप्त जल उपलब्ध गर्दै आएको थियो।
 
[[हिमालय]]को [[हिमनदी]]बाट निस्केको कारण यमुनामा सधै पानी रहीरहन्छ। तर अन्य उपर्युक्त उपनदिहरू आज भन्दा २०० वर्ष पहिला सम्म मात्र, जब सम्म कि अरावलीको पर्वतमाला प्राकृतिक वन ढाकिएर रहेको थियो त्यतिखेर सम्म मात्र सदाबहार रहन सके। खेद यो छ कि दिल्लीमा वनहरूको कटान खिलजिहरूको समय देखि नै शुरू भएको थियो। इस्लाम स्वीकार न गर्ने स्थानीय विद्रोहिहरू र लूटपाट गर्ने मेवहरूलाई दमन गर्नको लागि यस्तो गरिएको थियो। साथ नै बढती शहरी आबादीको भार भन्दा पनि वन क्षेत्र सानो हुदै गाएको छ।
 
ब्रिटिश कालमा अङ्ग्रेजी शासनको समयमा दिल्लीमा सडकहरूको निर्माण र बाढि अवरोधी बांध बनाउनाले पर्यावरण परिवर्तनको कारण यि जलधाराहरू वर्षमा ग्रीष्मको समय सूक्दै जाने लागे। स्वतन्त्रता पछिको समयमा बरसाती नालाहरू, फुटपाथहरू र गल्लिहरूलाई सीमेंटले पक्का गरियो, यसले यि धाराहरूमा पानिपानी जाने स्वाभाविक मार्गहरू अवरुद्ध हुदे गए। विशद रूपमा सीमेंट कंक्रीटहरू निर्माण कार्यको कारण यिनीहरूलाई भूमिगत जलभृत्तों या नदीमा मिलाउने उपाय रहेन। आज यिनी नदिहरूमा नगरको अधिकतम फोहरमैला नै मात्र खस्ने गर्छ।
 
=== हावापानी ===
[[चित्र:Indiagatelightening.jpg|thumb|200px|[[इण्डिया गेट]]को नजीक [[चट्याङ्]]। दिल्लीमा अधिकतम वर्षा [[जुलाई]]-[[अगस्ट]] महिनामा [[मनसून]]बाट हुने गर्छ।]]
दिल्लीको महाद्वीपीय जलवायुमा [[गृष्म ऋतु]] एवं [[शीत ऋतु]]को तापमानमा धेरै अन्तर हुन्छ। ग्रीष्म ऋतु लामो, अत्यधिक गर्मी [[अप्रिल]] देखि [[मध्य-अक्टोबर]]सम्म चल्ने गर्छ। यस बीचमा [[मनसून]] सहित [[वर्षा ऋतु]] पनि आउँछ। यो समयको गर्मी धेरै घातक पनि हुन सक्छ, जसले अघिल्ला समयमा धेरै ज्यान लिएको छ। [[मार्च]]को आरंभ देखि नै हावाको दिशामा परिवर्तन हुन थाल्दछ। यो उत्तर-पश्चिमबाट हटेर दक्षिण-पश्चिम दिशामा चल्न थाल्दछ। यसले आफ्नो साथ [[राजस्थान]]को गर्मीको लहर र धूलो पनि लिएर जान्छन, जुन यिनीहरू गर्मीका मुख्य अंग हुन। [[अप्रिल]] देखि[[जून]] महिनासम्म अत्यधिक गर्मी हुन्छ, जसमा उच्च अक्सीकरण क्षमता हुन्छ। जूनको अन्तसम्म मौसमको नरम पनामा वृद्धि हुन्छ, जसले पूर्व मनसून वर्षा निम्त्याउँछ। यसपछि जुलाई देखि यहाँ [[मनसून]]को हावाहरू चल्न शुरु हुन्छ, जसले राम्रो वर्षा ल्याउँछ। अक्टुवर-नोबेंवरमा शिशिर ऋतु रहन्छ, जुन हल्का ठण्डाको साथै आनंद दायक हुन्छ। नोभेम्बरबाट [[शीत ऋतु]]को आरंभ हुन्छ, जुन [[फेब्रुअरी]]को आरंभ सम्म चल्ने गर्छ। शीत ऋतुमा घना [[तुषारो]] पनि पर्दछ, एवं शीतलहर चल्ने गर्छ, जुन कि फेरि उही कडा गर्मी झै घातक हुन्छ। यहाँको तापमानमा अत्यधिक अन्तर आउछ जुन −०.६ [[सेल्सियस|°से.]] (३०.९ [[फैरनहाइट|°फै.]]) देखि लिएर ४८ सम्म पुग्छ। वार्षिक औसत तापमान २५°से. (७७ °फै.); मासिक औसत तापमान १३°से. देखि लिएर ३२°से (५६°फै. देखि लिएर ९०°फै.) सम्म हुन्छ। औसत वार्षिक वर्षा लगभग ७१४मि.मी. (२८.१ [[इंच]]) हुन्छ, जसमा भन्दा अधिकतम [[मनसून]] द्वारा [[जुलाई]]-[[अगस्ट]]मा हुन्छ। दिल्लीमा मानसूनको आगमनको औसत तिथि २९ जून हुने गर्छ।
 
=== जनसंख्या बिवरण ===
पङ्क्ति १२९:
}}
 
[[१९०१]]मा ४ लाखको जनसंख्या सहित दिल्ली एक सानो नगर थियो। १९११मा [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को राजधानी बनाउनु साथै यसको जनसंख्या पनि बढ्न थाल्यो। भारतको विभाजनको समय [[पाकिस्तान]] भन्दा एक धेरै ठूलो संख्यामा मान्छे आएर दिल्लीमा बसे। यो प्रक्रिया विभाजन पछि पनि चलिरहयो। वार्षिक ३.८५%को वृद्धि सँग [[सन् २००१|२००१]]मा दिल्लीको जनसंख्या १ करोड ३८ लाख पुग्यो। १९९१ - २००१को दशकमा जनसंख्याको वृद्धिको दर ४७.०२% थियो। दिल्लीमा जनसख्याको घनत्व प्रति किलोमीटर ९,२९४ व्यक्ति तथा लिंग अनुपात ८२१ महिलाहरू एवं १००० पुरूषहरूको छ। यहाँ साक्षरता प्रतिशत ८१.८२% छ।
{{-}}
 
== नगर प्रशासन ==
[[राष्ट्रीयराष्ट्रिय राजधानी क्षेत्र दिल्ली]] कुल नौ जिल्लाहरूमा बाडिएको छ। प्रत्येक जिल्लाको एक उपायुक्त नियुक्त हुन्छन, र जिल्लामा तीन उपजिल्ला छन्। प्रत्येक उप जिल्लाको एक उप जिल्लाधीश नियुक्त हुन्छन्। सबै उपायुक्त मण्डलीय अधिकारीको अधीन हुन्छन्। दिल्लीको जिल्ला प्रशासन सबै प्रकारको राज्य एवं केन्द्रीय नीतिहरू रको प्रवर्तन विभाग हुन्छ। यहा विभिन्न अन्य सरकारी क्रियाकलपमा आधिकारिक नियन्त्रण राखिन्छ। दिल्लीमा निम्न लिखित जिल्लाहरू र उपजिल्लाहरू छन:-
;[[मध्य दिल्ली जिल्ला]]
{{*}}[[दरिया गंज]]{{*}}[[पहाड गंज]]{{*}}[[करौल बाग]]
पङ्क्ति १५३:
 
== दर्शनीय स्थल ==
[[चित्र:Akshardham Delhi .jpg|right|thumb|दिल्लीको [[अक्षरधाम मन्दिर, दिल्ली|अक्षरधाम मन्दिर]] विश्वमा सबै भन्दा ठूलो हिन्दू मन्दिर परिसर हो।]]
[[चित्र:DelhiMetro.jpg|thumb|200px|right|दिल्ली मेट्रो - २००४]]
दिल्ली भारतको राजधानी मात्र होईन पर्यटनको प्रमुख केन्द्र पनि हो। भएको कारण भारत सरकारको थुप्रै कार्यालय, [[राष्ट्रपति भवन]], [[संसद भवन]], [[केन्द्रीय सचिवालय]] आदि थुप्रै आधुनिक स्थापत्यको नमूनाहरू त यहाँ देख्न सकिन्छ; प्राचीन नगर भएको कारण यसको ऐतिहासिक महत्त्व पनि छ। पुरातात्विक दृष्टिले [[पुराना किल्ला]], [[सफदरजंगको मकबरा]], [[जन्तर मन्तर]], [[कुतुब मीनार]] र [[लौह स्तंभ]] जस्तै अनेक विश्व प्रसिद्ध निर्माण यहाँ आकर्षणको केन्द्र मानिन्छ। एकातर्फ [[हुमायूँको मकबरा]], [[लाल किल्ला]] जस्ता विश्व धरोहर मुगल शैलीको तथा पुराना किल्ला, [[सफदरजंगको मकबरा]], [[लोधी मकबरे परिसर]] आदि ऐतिहासिक राजसी इमारत यहाँ छन दोस्रो तर्फ [[निजामुद्दीन औलिया]]को पारलौकिक [[निजामुद्दीन दरगाह|दरगाह]] पनि रहेका छन्। लगभग सबै धर्महरूको प्रसिद्ध धार्मिक स्थल यहाँ छन, जस्तै [[बिरला मन्दिर]], [[छतरपुर मन्दिर, दिल्ली|आद्धा कात्यायिनी शक्तिपीठ]], [[बंगला साहब गुरुद्वारागुरूद्वारा]], [[बहाई मन्दिर]] र [[जामा मस्जिद]] देशको शहीदहरूको स्मारक [[इंडिया गेट]], [[राजपथ]] त्यहि शहरमा निर्मित गरिएको छ। भारतको [[भारतका प्रधान मन्त्री|प्रधान मन्त्रिहरू]]को [[राजघाट समाधि परिसर|समाधिहरू]] छ, [[जन्तर मन्तर]] छ, [[लाल किला]] छ साथै अनेक प्रकारको [[दिल्लीको संग्राहलय|संग्राहलय]] र अनेक [[दिल्लीको बजार|बजार]] छन, जस्तै [[कनट प्लेस, दिल्ली|कनट प्लेस]], [[चाँदनी चौक, दिल्ली|चाँदनी चौक]] र धेरै जसो रमणीक उद्धान पनि छ, जस्तै [[मुगल उद्धान, दिल्ली|मुगल उद्धान]], [[पञ्च इंद्रिय उद्धान, दिल्ली|गार्डन अफ फाइव सेंसिस]], [[तालकटोरा उद्धान, दिल्ली|तालकटोरा गार्डन]], [[लोधी उद्धान, दिल्ली|लोदी गार्डन]], [[वन्य प्राणी उद्धान, दिल्ली|चिडियाघर]], आदि, जुन दिल्ली घूम्न आउने मानिसहरूको मन आकर्षित गर्दछन।
 
== दिल्लीको शिक्षण संस्थान ==
[[चित्र:IITDelhiMath.jpg|thumb|left|[[भारतीय प्राविधिक संस्थान दिल्ली]]; यस संस्थानलाई एशियावीकद्वारा विज्ञान र प्रविधिको क्षेत्रमा चौथो सबै भन्दा राम्रो संस्थानको दर्जा दिइएको।]] [[चित्र:19050881.jpg|right|thumb|जे एन यू प्रशासनिक भवन]][[चित्र:AIIMS central lawn.jpg|thumb|संगत रूपले यो भारतको सर्वश्रेष्ठ चिकित्सा विज्ञान प्रतिष्ठान हो]] [[अखिल भारती चिकित्सा विज्ञान संस्थान]] चिकित्सा विज्ञान खोज र चिकित्साको क्षेत्रमा एक वैश्विक संस्थान हो। दिल्ली भारतमा शिक्षाको एक महत्त्वपूर्ण केन्द्र हो। दिल्लीको विकाससँग सगै यहाँ शिक्षाको पनि तिब्ररूपले विकास भएको छ। प्राथमिक शिक्षा त प्रायः सार्वजनिक छ। एक धेरै ठूलो अनुपातमा बालबालिकाहरू माध्यमिक विद्यालयहरूमा शिक्षा ग्रहण गर्दै छन्। महिला शिक्षाको विकास हरेक स्तरमा पुरूषहरू भन्दा धेरै भएको छ। यहाँको शिक्षण संस्थाहरूमा विद्यार्थी भारतको सबै भागहरू बाट आउछन्। यहाँ धेरै सरकारी एवं निजी शिक्षा संस्थान छन् जुन [[कला]] , [[वाणिज्य]], [[विज्ञान]], प्रविधि, आयुर्विज्ञान, कानून र व्यवस्थापनमा उच्च स्तरको शिक्षा दिनको लागि विख्यात छन्। उच्च शिक्षण संस्थानहरूमा सबै भन्दा महत्त्वपूर्ण [[दिल्ली विश्वविद्यालय]] छ, जस अन्तर्गत धेरै कलेज एवं अनुसन्धान संस्थान छन्। [[गुरू गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय]], [[अखिल भारतीय आयुर्विज्ञान संस्थान]], [[भारतीय प्राविधिक संस्थान दिल्ली]], [[जवाहरलाल नेहरू विश्वविद्यालय]], [[ईन्दिरा गान्धी राष्ट्रीयराष्ट्रिय खुल्ला विश्वविद्यालय]], [[टेरी - ऊर्जा र संसाधन संस्थान]] एवं [[जामिया मिलिया इस्लामिया]] उच्च शिक्षाको प्रमुख संस्थान हुन।
 
== संस्कृति ==
[[चित्र:Traditional pottery in Dilli Haat.jpg|thumb|[[दिल्ली हाट]]मा प्रदर्शित परम्परागत पटरी उत्पादन।]]
दिल्लीको संस्कृति यहाँको लामो इतिहास र भारतको राजधानीको रूपमा ऐतिहासिक स्थितिले पूर्ण प्रभावित रहेको छ, यो शहरमा बनेको धेरै महत्त्वपूर्ण ऐतिहासिक स्मारकहरूले विदित छ। [[भारतीय पुरातात्विक सर्वेक्षण]] विभागले दिल्ली शहरमा लगभग १२०० धरोहर स्थल घोषित गरेको छ, जुन कि विश्वमा कुनै पनि शहरभन्दा धेरै अधिक छ। र यिनीहरू मध्ये १७५ स्थल राष्ट्रीयराष्ट्रिय धरोहर स्थल घोषित गरिएकोछ। पुरानो शहर त्यो स्थान हो, जहाँ मुगलहरू र तुर्क शासकहरूले स्थापत्यको धेरै नमूनाहरू खडा गरेका छन, जस्तै [[जामा मस्जिद, दिल्ली|जामा मस्जिद]] (भारतको सबै भन्दा ठूलो मस्जिद) र [[लाल किल्ला, दिल्ली|लाल किल्ला]]। दिल्लीमा अहिले तीन [[विश्व धरोहर स्थल]] छन् – [[लाल किला, दिल्ली|लाल किला]], [[कुतुब मीनार]] र [[हुमायुंको मकबरा]]। अन्य स्मारकहरूमा [[इण्डिया गेट]], [[जन्तर मन्तर, दिल्ली|जन्तर मन्तर]] (१८औं शताब्दीको खगोलशास्त्रीय वेधशाला), [[पुराना किला]] (१६औं शताब्दीको किल्ला). [[लक्ष्मीनारायण मन्दिर, दिल्ली|बिरला मन्दिर]], [[अक्षरधाम मन्दिर, दिल्ली|अक्षरधाम मन्दिर]] र [[कमल मन्दिर]] आधुनिक स्थापत्यकलाको उत्कृष्ट उदाहरण हुन। [[राज घाट]]मा राष्ट्रपिता [[महात्मा गान्धी|महात्मा गाँधी]] तथा नजीकै अन्य ठूला व्यक्तिहरूको समाधि छन्। [[नयाँ दिल्ली]]मा धेरै जसो सरकारी कार्यालय, सरकारी आवास, तथा ब्रिटिश कालको अवशेष र भवनहरू छन्। केही अत्यन्त महत्त्वपूर्ण भवनहरूमा [[राष्ट्रपति भवन]], [[केन्द्रीय सचिवालय]], [[राजपथ]], [[संसद भवन]] र [[विजय चौक]] आउछन्। [[सफदरजंगको मकबरा]] र [[हुमायुंको मकबरा]] मुगल बागहरूको चार बाग शैलीको उत्कृष्ट उदाहरण छ।
 
दिल्लीको राजधानी [[नयाँ दिल्ली]] सँग जुडाव र भूगोलीय निकटताले यहाँको राष्ट्रीयराष्ट्रिय घटनाहरू र अवसरको महत्त्वको धेरै गुणा बढाईदिएको छ। यहाँ धेरै राष्ट्रीयराष्ट्रिय चाड जस्तै [[गणतन्त्र दिवस]], [[स्वतन्त्रता दिवस]] र [[गाँधी जयन्ती]] खूब हर्षोल्लाससँग मनाईन्छ। भारतको स्वतन्त्रता दिवसमा यहाँको प्रधान मन्त्री लाल किल्लाबाट यहाँको जनतालाई सम्बोधित गर्छन। धेरै जसो दिल्लीवासी यस दिनलाई चङ्गा उडाएर मनाउदछन। यस दिन चङ्गाहरूलाई स्वतन्त्रताको प्रतीक मानिन्छ। गणतन्त्र दिवसको परेडका साथै वृहत जुलूस हुन्छ, जसमा भारतको सैन्य शक्ति र सांस्कृतिक झांकीको प्रदर्शन हुन्छ।
 
यहाँको धार्मिक चाडहरूमा [[दीपावली]], [[होली]], [[दशैं|दशहरा]], [[दुर्गा पूजा]], [[महावीर जयन्ती]], [[गुरुगुरू पर्ब]], [[क्रिसमस]], [[महाशिवरात्री|महाशिवरात्रि]], [[ईद उल फितर]], [[बुद्ध जयन्ती]] [[लोहडी]] [[पोंगल]] र [[ओडम]] जस्तै पर्व छन्। कुतुब फेस्टिवलमा संगीतकार र नर्तकहरूको अखिल भारतीय संगम हुन्छ, जुन केही रातहरूलाई जगमगाई दिन्छ। यो [[कुतुब मीनार]]को पार्श्वमा आयोजित हुन्छ। अन्य धेरै पर्व पनि यहाँ हुन्छन्: जस्तै [[आम महोत्सव]], पतंगबाजी महोत्सव, [[वसन्त पञ्चमी]] जुन वार्षिक हुन्छन्। [[एशिया]]को सबै भन्दा ठूलो सबारी प्रदर्शनी: [[औटो एक्स्पो]] दिल्लीमा द्विवार्षिक आयोजित हुन्छ। [[प्रगति मैदान]]मा वार्षिक [[पुस्तक मेला]] आयोजित हुन्छ। यो विश्वको दोस्रो सबैभन्दा ठूलो पुस्तक मेला हो, जसमा विश्वको २३ राष्ट्रहरूले भाग लिन्छन्। दिल्लीलाई उसको उच्च पढाकू क्षमताको कारण कहिले काँही विश्वको पुस्तक राजधानी पनि भनिन्छ।
 
[[पंजाबी खाना|पंजाबी]] र [[मुगलई खाना|मुगलई]] खानपान जस्तै [[कबाब]] र [[बिरयानी]] दिल्लीको धेरै भागहरूमा प्रसिद्ध छं। दिल्लीको अत्यधिक मिश्रित जनसंख्याको कारण भारतको विभिन्न भागहरूको [[भारतीय खाना|खानपान]]को झलक पाइन्छ, जस्तै [[राजस्थानी खाना|राजस्थानी]], [[महाराष्ट्रियन खाना|महाराष्ट्रियन]], [[बङ्गाली खाना|बङ्गाली]], [[हैदराबादी खाना|हैदराबादी]] खाना, र [[दक्षिण भारतीय खाना|दक्षिण भारतीय खानाको परीकार]] जस्तै [[इडली]], [[सांभर]], [[दोसा]] इत्यादि बहुतायतमा पाइन्छ। यससँग नै स्थानीय बिषेशता, जस्तै [[दिल्लीको चाट|चाट]] इत्यादि पनि खूब पाइन्छ, जसलाई मान्छे चटकारे लगाएर खाछन। यसको अलावा यहाँ [[महाद्वीपीय खान]] जस्तै इटालियन र चाइनीज खाना पनि बहुतायतमा उपलब्ध छ।
 
इतिहासमा दिल्ली उत्तर भारतको एक महत्त्वपूर्ण व्यापार केन्द्र पनि रहेको थियो। पुरानी दिल्लीले अझै पनि आफ्नो गल्लीहरूमा फैलिएको बजारहरू र पुरानो मुगल धरोहरहरूमा यि व्यापारिक क्षमताहरूको इतिहास लुकाएर राखेको छ। पुराना शहरको बजारहरूमा हरेक एक प्रकारको सामान पाइन्छ। तेलमा डूबाएको चटपटे आंप, कागति, आदिको अचार देखि लिएर मंहगो हीरा जवाहरात, गहनासम्म, बेहुलीको अलंकार, कपडाहरूको थान, तैयार कपडा, मसला, मिठाइहरू, र के हैन? धेरै पुराना भब्य घरहरू यस शहरमा अझै पनि शोभा पाईरहेका छन, र इतिहासको दर्शाउँदै शानसँग खडा छ। [[चांदनी चोक, दिल्ली|चांदनी चोक]], जुन कि यहाँको तीन शताब्दिहरू भन्दा पनि पुरानो बजार हो, दिल्ली गहना, जरी साडि र मसालहरूलाई लागि प्रसिद्ध छ। दिल्लीको प्रसिद्ध कलाहरू मध्ये केही हुन यहाँको [[जरदोजी]] (सुनको तारको काम, जसलाई जरी पनि भनिन्छ) र [[मीनाकारी]] (जसमा पीतलको भाडाहरू इत्यादिमा नक्काशीको बीच रोगन भरीन्छ। यहाँको कलाहरूको लागि बजार छ [[प्रगति मैदान, दिल्ली]], [[दिल्ली हाट]], [[हौज खास, दिल्ली]]- जहाँ विभिन्न प्रकारको हस्तकलाको र हठकरघाहरूको कार्यको नमूना पाईनसक्छ। समयसगै दिल्लीले देश भरीको कलाहरूलाई यहाँ स्थान दिएकोछ। यसरी यहाँको कुनै खास शैली नभएर एक अद्भुत मिश्रण भएको छ।
दिल्लीको निम्न भगिनी शहर छन:
* [[शिकागो]], {{USA}}
पङ्क्ति १८४:
== स्थापना ==
[[चित्र:Qutab.jpg|thumb|left|{{convert|72.5|m|ft|abbr=on|0}} अग्लो [[कुतुब मीनार]], विश्वको सबै भन्दा अग्लो मुक्त-खडी [[मीनार]]हो।]]
यस ऐतिहासिक नगरमा एक तर्फ प्राचीन, अतिप्राचीन कालको असंख्य खंडहर पाइन्छन, त दोस्रो तर्फ अवार्चीन कालको योजनानुसार निर्मित उपनगर पनि। यसमा विश्वको कुनै पनि नवीनतम नगरसँग होड लिने क्षमता छ। प्राचीनकालको धेरै नै नगर नष्ट भए तर दिल्ली आफ्नो भौगिलिक स्थिति र समयानुसार परिवर्तनशीलताको कारण आज पनि समृद्धशाली नगर होइन महानगर हो। [[भारत सरकार]]को संस्कृति मन्त्रालयको [[भारतीय पुरातत्व सर्वेक्षण विभाग]]ले दिल्लीमा १२०० भवनहरूलाई ऐतिहासिक महत्वको तथा १७५को राष्ट्रीयराष्ट्रिय सांस्कृतिक स्मारक घोषित गरेको छ।
 
[[चित्र:Humayun's Tomb Delhi .jpg|thumb|right|[[१५६०]]मा बनेको, [[हुमायुंको मकबरा]] [[मुगल स्थापत्यकला|मुगल मकबरा परिसर]]को प्रथम उदाहरण हो।]] नयाँ दिल्लीमा [[महरौली]]मा गुप्तकालमा निर्मित लौहस्तंभ छ। यो प्रबिधिकोको एउटा अच्चम्मको अनुठा उदाहरण हो। ईसाको चौथो शताब्दीमा जब यसको निर्माण भयो त्यहा देखि आज सम्म यसमा खिया लागेको छैन। दिल्लीमा इंडो-इस्लामी स्थापत्यको विकाश विशेष रूपले दृष्टगत हुन्छ। दिल्लीको कुतुब परिसरमा सबै भन्दा भव्य स्थापत्य कुतुब मिनार छ। यस मिनार सूफी सन्त कुतुबुद्दीन बख्तियार काकीको स्मृतिमा बनाइएको थियो। तुगलक कालमा निर्मित गयासुद्दीनको मकबरा स्थापत्यमा एक नयाँ प्रवृत्तिको सूचक छ। यो अष्टभुजाकार छ। दिल्लीमा हुमायूँको मकबरा मुगल स्थापत्य कलाको एक उत्कृष्ट उदाहरण हो। शाहजहाँको शासनकाल स्थापत्य कलाको लागि सम्झना गरिन्छ।
पङ्क्ति १९०:
 
== अर्थ व्यवस्था ==
[[मुम्बई]] पछि दिल्ली भारतको सबै भन्दा ठूलो व्यापारिक महानगरहरू मध्ये हो। देशमा प्रति व्यक्ति औसत आयको दृष्टिले पनि यो देशको सबै भन्दा सम्पन्न नगरहरूमा गनिन्छ। [[सन् १९९०|१९९०]] पछि-पछि दिल्ली विदेशी लगानिकर्ताहरूको मनपर्ने स्थान भएको छ। हालै धेरै बहुराष्ट्रीयबहुराष्ट्रिय कम्पनीहरू जस्तै [[पेप्सी]], गैप, इत्यादिले दिल्ली र त्यसको छेउछाउको क्षेत्रहरूमा आफ्नो मुख्यालय खोलेको छ। क्रिसमसको दिन वर्ष [[सन् २००२|२००२]]मा दिल्लीको महानगरीय क्षेत्रहरूमा [[दिल्ली मेट्रो रेल]]को शुभारम्भ भयो जसलाई वर्ष २०२२मा गरिसक्ने अनुमान छ।
 
हवाई यातायातद्वारा दिल्ली [[इन्दिरा गान्धी अन्तरराष्ट्रीयअन्तरराष्ट्रिय विमानस्थल]]बाट पुरै विश्वसँग जोडिएको छ।.
{{-}}
 
पङ्क्ति १९९:
विश्वको सबै भन्दा ठूलो वातावरण सहयोगी बस-सेवा प्रदान गर्दछ।]]
[[चित्र:Noida Metro7.jpg|thumb|[[दिल्ली मेट्रो रेल कार्पोरेशन]] द्वारा सञ्चालित मेट्रो रेल सेवा औसत ८,३७,००० सवारियां प्रतिदिन लिएर जान्छ।]]
[[चित्र:Indira-Gandhi-Airport.jpg|thumb|इन्दिरा गाँधी अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थल]]
[[चित्र:Raj Path.jpg|thumb|[[रायसीनाको पहाड]]मा [[राजमार्ग]]। दिल्लीको कुल गाडियहरूको ३०% निजी वाहन छन्। दिल्लीमा औसत ९६३ नयाँ वाहन प्रतिदिन हुन्छन्।]]
[[चित्र:Old Delhi Railway Station.jpg|thumb|दिल्ली जंक्शन रेलवे स्टेशन]]
 
दिल्लीलाई सार्वजनिक यातायातको साधन मुख्यतः बस, औटोरिक्शा र [[दिल्ली मेट्रो रेल|मेट्रो रेल]] सेवा हुन। दिल्लीको मुख्य यातायात आवश्यकतालाई ६०% बसले पूरा गर्छं। [[दिल्ली परिवहन निगम]] द्वारा सञ्चालित सरकारी बस सेवा दिल्लीको प्रधान बस सेवा हो। [[दिल्ली परिवहन निगम]] विश्वको सबै भन्दा ठूलो वातावरण सहयोगी बस-सेवा प्रदान गर्दछ। हालै नै [[बस त्वरित पारगमन|बी आर टी]]को सेवा [[अंबेडकर नगर]] र [[दिल्ली गेट]]को बीच आरम्भ भएको छ। [[औटो रिक्शा]] दिल्लीमा यातायातको एक प्रभावी माध्यम हो। यिनीहरू ईंधनको रूपमा [[कंप्रेस्ड नैचुरल गैस|सी एन जी]]को प्रयोग गर्छन, तथा यिनीहरूको रङ्ग माथि पंहेलो तथा तल हरीयो हुन्छ। दिल्लीमा वातानुकूलित टैक्सी सेवा पनि उपलब्ध छ जसको भाडा ७.५० देखि १५ रु/कि.मी. सम्म छ। दिल्लीको कुल वाहन संख्याको ३०% निजी वाहन छन्। दिल्लीमा १९२२.३२कि.मी.को लंबाई प्रति १००कि.मी.², सँग भारतको सर्वाधिक सडक घनत्व भेटिन्छ। दिल्ली भारतको पाँच प्रमुख महानगरहरू सँग राष्ट्रीयराष्ट्रिय राजमार्गहरूद्वारा जोडिएको छ। यिनीहरू राजमार्ग हुन्: [[भारतमा राष्ट्रीयराष्ट्रिय राजमार्गोंको सूची|राष्ट्रीयराष्ट्रिय राजमार्ग]] संख्या: १, २, ८, १० र २४। दिल्लीको सडकहरूको संरक्षण [[दिल्ली नगर निगम]] (एम सी डी), दिल्ली छावनी बोर्ड, लोक सेवा आयोग र [[दिल्ली विकास प्राधिकरण]] द्वारा गरिन्छ। दिल्लीको उच्च जनसंख्या दर र उच्च अर्थ विकास दरले दिल्लीमा यातायातको वृहत मार्गको दबाव यहाँको अवसंरचनामा परेको छ। २००८को अनुसार दिल्लीमा ५५ लाख वाहन नगर निगमको सीमाना भित्र छ। यस कारण दिल्ली विश्वको सबैभन्दा अधिक सवारी साधनहरू भएको शहर हो। साथै राष्ट्रीयराष्ट्रिय राजधानी क्षेत्रमा ११२ लाख सवारी साधनहरू छन्। सन १९८५मा दिल्लीमा प्रत्येक १००० व्यक्तिमा ८५ कार थियो। दिल्लीको यातायातको मांगहरूलाई पूरा गर्न हेतु दिल्ली र केन्द्र सरकारले एक महिना रैपिड ट्रांजिट सिस्टमको आरंभ गर्‍यो, जसलाई दिल्ली मेट्रो भन्छन्। सन १९९८मा [[सर्वोच्च अदालत]]ले दिल्लीको सबै सार्वजनिक सवारी साधनहरूलाई डीजलको ठाउँमा [[कंप्रेस्ड नैचुरल ग्याँस]]को प्रयोग अनिवार्य रूपले गर्न आदेश दिएको थियो। त्यहा देखि यहाँ सबै सार्वजनिक वाहन सी.एन.जी.मा नै सञ्चालित छन्।
 
; मेट्रो सेवा
[[दिल्ली मेट्रो रेल कार्पोरेशन]] द्वारा सञ्चालित [[दिल्ली मेट्रो रेल]] एक महिना रैपिड ट्रांजिट (त्वरित आवागमन) प्रणाली छ, जुन कि दिल्लीको धेरै क्षेत्रहरू मध्येवा प्रदान गर्छ। यसको शुरुवात २४ डिसेम्बर, २००२को [[शहादरा]] [[तीस हजारी]] लाईनबाट भयो। यस यातायात व्यवस्थाको अधिकतम गति ८०किमी/घण्टा (५०मील/घण्टा) राखीएको छ र यो हरेक स्टेशनमा लगभग २० सेकेंड रोक्दछ। सबै ट्रेनहरूको निर्माण [[दक्षिण कोरिया]]को कम्पनी रोटेम (ROTEM) द्वारा गरिएको छ। दिल्लीको यातायात व्यवसथामा मेट्रो रेल एक महत्त्वपूर्ण साधन हो। यसभन्दा पहिले यातायातको धेरैजसो बोझ सडकमा थियो। प्रारम्भिक अवस्थामा यसको योजना छ मार्गहरूमा चलाउने छ जुन दिल्लीलाई ज्यादातर भागसँग जोड्नेछ। यसको पहिलो चरण वर्ष]] [[सन् २००६|२००६]]मा पूरा भै सकेको छ। दोश्रा चरणमा दिल्लीलाई [[महरौली]], [[बदरपुर बर्डर]], आनंद विहार, जहांगीरपुरी, मुन्द्का, र [[इन्दिरा गाँधी अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थल]] अथवा दिल्लीसँग जोडिएको [[नोएडा]], [[गुडगाँउ]], र वैशालीलाई मेट्रोबाट जोडने काम जारी रहेको छ| परियोजनाको तेस्रो चरणमा राष्ट्रीयराष्ट्रिय राजधानी क्षेत्रको शहरहरू [[गाजियाबाद]], [[फरीदाबाद]] इत्यादिलाई पनि जोडने योजना छ। यस रेल व्यवस्थाको पहिलो चरणमा मार्गको कुल लम्बाई लगभग ६५.११ किमी छ जसमा १३ किमी भूमिगत एवं ५२ किलोमीटर एलीवेटेड मार्ग छ। दोस्रो चरण अन्तर्गत पुरा मार्गको लंबाई १२८ किमी हुनेछ एवं यसमा ७९ स्टेशन हुनेछन् जुन अझै निर्माणाधीन छ, यस चरणको २०१० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ। तेस्रो चरण (११२ किमी) एवं चौथो चरण (१०८.५ किमी) लंबाईको बनाउने प्रस्ताव छ जसलाई क्रमश: २०१५ एवं २०२० सम्म पूरा गरिने योजना छ। यि चारै चरणको निर्माण कार्य पूरा भए पश्चात दिल्ली मेट्रो मार्गको कुल लंबाई ४१३.८ किलोमीटरको हुन जाने छ, जुन [[लण्डन]]को मेट्रो रेल (४०८ किमी) भन्दा पनि ठूलो हुनेछ। दिल्लीको २०२१ गुरुगुरू योजना अनुसार त्यस पछि मेट्रो रेललाई दिल्लीको उपनगरहरूसम्म लिएर जाने पनि योजना हो।
 
;रेल सेवा
दिल्ली [[भारतीय रेल]]को [[:Image:India railway schematic map.svg|नक्शा]]को एक प्रधान जंक्शन हो। यहाँ [[उत्तर रेलवे]]को मुख्यालय पनि छ। यहाँको चार मुख्य रेलवे स्टेशन हुन्: [[नयाँ दिल्ली रेलवे स्टेशन]], [[दिल्ली जंक्शन]], [[सराय रोहिल्ला]] र [[हजरत निजामुद्दीन रेलवे स्टेशन]]। दिल्ली अन्य सबै मुख्य शहरहरू र महानगरहरूसँग धेरै राजमार्ग र एक्स्प्रेसवे(त्वरित मार्ग) द्वारा जोडिएको छ। यहाँ वर्तमानमा तीन एक्स्प्रेस वे छन, र तीन निर्माणाधीन छन, जसले यसलाई समृद्ध र वाणिज्यिक उपनगरसँग जोड्नेछ। [[दिल्ली गुडगांउ एक्स्प्रेसवे]] दिल्लीलाई [[गुडगांउ]] र अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नेछ। [[डी एन डी फ्लाइवे]] र [[नौयडा]]-[[ग्रेटर नौयडा]] एक्स्प्रेसवे दिल्लीलाई दुई मुख्य उपनगरहरू सँग जोड्नेछ। ग्रेटर नौयडामा एक अलग अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थल योजनाबद्ध छ, र नौयडामा इंडियन ग्रैंड प्रिक्स नियोजित छ।
 
;हवाई सेवा
[[इन्दिरा गाँधी अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थल]] दिल्लीको दक्षिण-पश्चिम कुनामा स्थित छ, र यही अन्तर्देशीय र अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय वायु-यात्रियहरूलाई लागि शहरको मुख्य द्वार हो। वर्ष २००६-०७मा विमानस्थलमा २३ मिलियन सवारिहरू दर्ज गरिएको थिहरू, इन्दिरा गाँधी अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय विमानस्थल जुन यसलाई दक्षिण [[एशिया]]को व्यस्ततम विमानक्षेत्रहरूमा भन्दा एक बनाछ। US$१९.३ लाखको लागत भन्दा एक नयां टर्मिनल-३ निर्माणाधीन छ, जुन ३.४ करोड अतिरिक्त यात्री क्षमताको हुनेछ, सन २०१० सम्म पूर्ण हुने निश्चित छ। यसपछी विस्तार कार्यक्रम नियोजित छ,जसने यहाँ १०० मिलियन यात्री प्रतिवर्ष भन्दा अधिकको क्षमता दिनेछ। [[सफदरजंग विमानस्थल]] दिल्लीको एक अन्य एयरफील्ड हो, जुन सामान्य विमानन अभ्यासहरूलाई लागि र केही वीआईपी उडानहरूलाई लागि प्रयोग हुन्छ।
 
== चित्र दीर्घा ==
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित