"जर्मनेली स्वतन्त्र सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12), मा → मा (4), फरवरी → फेब्रुअरी
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
'''जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी''' - अप्रिल १९१७मा गोथा शहरमा स्थापित [[जर्मनी|जर्मन]] राजनैरतिक पार्टी। त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि [[रुस]]मा सम्पन्न भएको फेब्रुअरी बु‍र्जुवा जनवादी क्रान्तिले (सन् १९१७) निकै ठूलो प्रभाव पारेको थियो, [[जर्मन सामाजिक-जनवादी पार्टी]]को अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो। यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो। तथाकथित 'स्वतन्त्रतावादीहरूले' मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग 'एकता' स्थापना गर्न पुगे, वर्गसंघर्षबाट भाग्न थाले। [[कार्ल काउत्स्की|काउत्स्की]]पन्थी 'श्रमिक मण्डल' यस पार्टीको आधारशीला थियो।<ref name="vil">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९२</ref>
 
आफ्नो संगठनात्मक एवं राजनैतिक स्वाधीनता कायम राख्दै 'स्पार्ताक' गुट पनि केही समयको लागि यस पार्टीभित्र सम्मिलित भएको थियो। यो गुट जनतालाई मध्यमार्गी नेताहरूको प्रभावबाट छुटाउनको लागि संघर्ष गर्दै थियो। सन् १९१८मा 'स्पार्ताक संघ' जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीबाट निस्क्यो र यस संघको आधारमा [[जर्मन कम्युनिष्ट पार्टी]]को सिर्जना भयो।
अक्टुवर १९२०मा हाल्ले शहरमा भएको जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीको महाधिवेशनमा पार्टीभित्र फुट भयो। पार्टीको एक ठूलो हिस्सा दिसेम्वर १९२०मा जर्मन कम्युनिष्ट पार्टीसँग गएर मिल्यो। पार्टीका दक्षिणपन्थी तत्वहरूले आफ्नै पार्टी खडा गरे र पुरानो नाम 'जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी' कायम राखे। सन् १९२२ सम्म यस पार्टीको अस्तित्व रह्यो।<ref name="vil"/>
 
==स्रोतहरू==