"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।
 
वि.सं २००७मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झ्ण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झ्ण्डा विशिष्ट सानका साथ फहराइरहेको छ। <ref>[http://himalkhabar.com/news.php?id=3843 राष्ट्रिय-झण्डा प्रा. श्रीकृष्ण आचार्य] </ref>
 
==नेपाली राष्ट्रिय-झण्डाको पुनरावलोकन==
पङ्क्ति ३४:
त्यस्तो देख्दा म आफैँलाई पनि आश्चर्य लाग्थ्यो। आर्किटेक्ट इन्जिनियर र वास्तुविद्का नाताले त्यस्तो देख्दा अप्ठ्यारो लाग्नु स्वाभाविक पनि हो। तर, के नै पो गर्न सक्थेँ र ! त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।
 
यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस समितिको सदस्यका नाताले बलराम जोशी र कृष्णप्रसाद पन्त एकाएक मलाई भेट्न मेरो घरसम्मै आइपुगेर भने, 'नेपालको राष्ट्रिय झन्डाको मानक बनाउनु पर्‍यो।पर्यो।' त्यो प्रस्ताव मेरा लागि अप्रत्यासित थियो। कुनै पूर्वाभास पाएको थिइनँ। मलाई कसले सिफारसि गरेर उनीहरू आएका हुन्, त्यो पनि मलाई थाहा भएन। तर, उनीहरूले सरासर आएर त्यो प्रस्ताव राखेका थिए। मैले अस्वीकार गरनिँ। त्यतिबेला म नारायणहिटी राजदरबारको डिजाइनमा व्यस्त थिएँ।
 
त्यो प्रस्तावपश्चात् म अरू सबै काम छोडेर त्यसैको अध्ययनमा लागेँ। राष्ट्रको चिनारीसँग जोडिने काम आफूलाई सुम्पिएकामा औधी गौरव पनि महसुस भयो। परम्परादेखि चलिआएका विभिन्न किसिमका चन्द्रसूर्य अङ्कित झन्डाका नमुना खोजेँ। अहिलेजस्तो प्रविधिमा सहज पहुँच थिएन। अध्ययनका निम्ति सामग्री जुटाउन ज्यादै कठिनाइ बेहोर्नु पथ्र्‍यो।पथ्र्यो। तर, हाम्रो घरमा जिजुहजुरबुबादेखि हजुरबुबा हुँदै बुबासम्म शास्त्रमा विशेष रुचि राख्ने हुँदा विद्वान्हरूको आवत-जावत बाक्लै हुन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यस्रमाट बालकृष्ण समलगायतका विद्वान्हरूको संसर्ग मैले त्यसै क्रममा प्राप्त गरेको हुँ। नेपाली राष्ट्रिय झन्डाको मानक बनाउने क्रममा उहाँहरूको सल्लाह, सुझाव र प्रेरणा मेरा लागि ज्यादै अविस्मरणीय रह्यो।
 
करबि तीन महिना त म सबै काम छोडी यसैको अध्ययनमा लागेँ। त्यसपछि मैले यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँ, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
पङ्क्ति ४४:
पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र अङ्कित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।
 
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। विभिन्न मुलुकको भ्रमण गर्दा मैले देखेको कुरा पनि त्यही हो। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो। <ref>
*[http://himalkhabarwww.ekantipur.com/news.phpnepal/article/?id=3843]:1783 यसरी बन्यो राष्ट्रिय-झण्डा :झन्डाको मानक -प्रा.शंकरनाथ श्रीकृष्णरिमाल] आचार्य</ref>
 
*[http://www.ekantipur.com/nepal/article/?id=1783]:यसरी बन्यो राष्ट्रिय झन्डाको मानक:-शंकरनाथ रिमाल
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
 
 
{{nationalflags}}