"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
{{Infobox person
| name
| image
| imagesize
| caption
| birth_date = १९३९|10|४
| birth_place = काठमाडौं, नेपाल
पङ्क्ति २०:
==गायन यात्राको सुरुवात==
नारायणगोपालले पहिलो पटक [[त्रि-चन्द्र कलेज]]को चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं [[किलागल]]मा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र [[माणिकरत्न]] स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र [[भेंडासिंग]] बस्ने [[प्रेमध्वज प्रधान]]ले हिन्दी गीतमा स्वराभ्यास गरे।तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे।प्रेम्धोज प्रधान र मनिक रत्नले भन्छन्
प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारओटा एकल ( [[स्वर्गकी रानी]], [[आँखाको भाखा आँखैले]] , [[भो भो मलाई नछेक]], [[मधुमासमा यो दिल]] ) र दुइटा युगल – [[बिछोडको पीडा]] र [[ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो]] ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको [[कोलकता]]मा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे।
राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यससमय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरूङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोता पछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो , बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी [[गोपाल योञ्जन]]लाई एक मीतका रूपमा पाए।
पङ्क्ति २९:
बीसको दशकमा उनको शालीनता
नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो। यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो। यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो , यही क्रममा नारायणगोपालले [[गोपाल योञ्जन]]सँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए। बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले [[गोपाल योञ्जन]]लाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे। उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे। यही समय उनी हरेक संगीतकार प्रिय गायक भए। त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरूङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे। उनलाई चेतनाका गायक पनि भन्न थालियो।
बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो , यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग
प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू [[गोपाल योञ्जन]]लाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।
==परिवर्तनको संघारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा। आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरू माणिकरत्नसँग
यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याँकन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ।
त्यसमध्ये रञ्जित गजमेरको बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए। यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ। अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा पनि बलसाराको संगीतमा गाउन शुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे।
पङ्क्ति ५०:
नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार ([[रेडियो नेपाल]]), २०२४ सालमा सर्वोत्तम गायक ([[रेडियो नेपाल]]), २०३९ सालमा [[रत्न रेकर्ड पुरस्कार]], २०३३ सालमा [[गोरखा दक्षिण बाहु, चौथो]], २०४० सालमा [[इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार]], २०४३ सालमा [[लायन्स अवार्ड]], २०४४ सालमा [[छिन्नलता पुरस्कार]], २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]], २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]] र २०४८ सालमा [[त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[बीर अस्पताल|बीर हस्पिटल]]मा भएको
[http://sumanghimire.wordpress.com/] समानताको स्वर र असमानतको जीवन ः नारायणगोपाल
|