"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: hi:मुंहासे, gu:ખીલ (રોગ), tl:Tagihawat परिवर्तन गर्दै: fa:جوشدانه
सा →‎परिचय: हिज्जे मिलाउँदै
पङ्क्ति ७:
[[File:Teenager-with-acne.jpg|thumb]]
 
८० प्रतिशतमा यस्तो समस्या २५ वर्षपछि आफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार न गराए दाग र खाल्डो बसेकाहरूको संख्या समेत कम छैन। यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ। डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ। पुरुषको छाला महिलाको दाँजोमा २० प्रतिशत बढी तैलीय हुने गरेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ। युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ।डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्र्छ |
कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप (हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ। रौं कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ। सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ। यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन्। सङ्क्रमण हुन्छ। डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ। चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने चिकित्साशास्त्री बताउँछन्। यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।
 
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित