"मोन्स प्यूबिस" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox Anatomy |
| Name = मोन्स प्यूबिस |
| Latin = mons pubis |
| GraySubject = 270 |
| GrayPage = 1265 |
| Image = Mons Venus with Hair.jpg|200px|
| Caption = रौं सहितको महिलाको मोन्स प्यूबिसको दृष्य |
| Precursor = [[Genital tubercle]] |
| System = |
| Artery = |
| Vein = |
| Nerve = |
| Lymph = |
| MeshName = |
| MeshNumber = |
| DorlandsPre = m 20 |
| DorlandsSuf = 12541373 |
}}
 
मानव शरीररचनामा वा स्तनधारिहरूमा सामान्यतया, '''मोन्स प्यूबिस''' (ल्याटिन "pubic mound") वयस्क [[महिला]]हरूको [[प्यूबिक हाड]]को माथी, [[प्यूबिक सिम्फाइसिस]]को अगाडी रहेको [[बोसोयुक्त तन्तु]]ले बनेको भाग हो। यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ। मोन्स प्यूबिस [[योनी]]को अग्रभाग हो।
 
मोन्स प्यूबिसको आकार शरीरमा रहेको [[हार्मोन]] र [[बोसो]]को स्तर अनुसार फरक-फरक हुने गर्छ। [[यौवन अवस्था]] पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ। यसले [[संभोग]]को क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ। महिलाहरूमा मोन्स प्यूबिस [[पुडेन्डल क्लेफ्ट]]को दुवैतिर छुट्टिएर [[बाह्य भगोष्ठ]] बन्दछ र भित्री भगोष्ठ, [[भगांकुर]], योनीद्वार र [[भल्बल भेस्टिब्युल]]का अन्य भागको वरिपरि रहेको हुन्छ। यौवन अवस्थाको शुरुवात सँग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको बोसोयुक्त तन्तु एस्ट्रोजन प्रति संवेदनशील हुन्छ। यसले बाह्य भगोष्ठको अग्रभागलाई प्यूबिक हाडबाट बाहिर र टाढा धकेल्छ।