"विद्यापति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (13), । → । (76)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
: यौवन विनु तन तन विनु यौवन की यौवन पिय दूरे
: सखी हे, मोर बड दैव विरोधी
: मदन वेदन बड पिया मोर बोलछड
: अबहु देकु परबोधी।
 
पङ्क्ति ५८:
कवि कोकिलको कोमलकान्त पदावलीले वैयक्तिकता, भावात्मकता, संश्रिप्तता, भावाभिव्यक्तिगत स्वाभाविकता, संगीतात्मकता तथा भाषाको सुकुमारता एवं सरलता कायम राख्ने निर्देशन प्रस्तुत गर्छ। वर्ण्य विषयको दृष्टिले यिनको पदावली यदि एक तर्फ बाट इनको रससिद्ध, शिष्ट एवं मर्यादित श्रृंगारी कविको रूपमा प्रेमोपासक, सौन्दर्य पारसी तथा पाठकको हृदयलाई आनन्द विभोर गर्ने माधुर्यलाई स्रष्टा, सिद्धहस्त कलाकार सिद्ध गर्छ त दोश्रो तर्फ यिनलाई भक्त कविको रूपमा शास्रीय मार्ग एवं लोकमार्ग दुवैमा सामंजस्य उपस्थित गर्ने धर्म एवं इष्टदेवको प्रति कविको समन्वयात्मक दृष्टिकोणको परिचय दिने एक विशिष्ट भक्त हृदयको चित्र उपस्थित गर्छ।
 
साथ साथै लोकाचार सँग सम्बद्ध व्यावहारिक पद प्रणेताको रूपमा इनलाई मिथिलाको सांस्कृतिक जीवनको कुशल अध्येता मान्न सकिन्छ। यति मात्र हैन, यो पदावली यिनको जीवन्त व्यक्तित्वले भोगेको अनुभूतिको साक्षी बनेर समाजको तात्कालीन कुरीति, आर्थिक वैषम्य, लौकिक अन्धविश्वास, भूत-प्बालुवा, जादू-टूना, आदिको उद्‍घाटक पनि भएको देखिन्छ। यसको अलावा यस पदावलीको भाषा-सौष्ठव, सुललित पदविन्यास, हृदयग्राही रसात्मकता, प्रभावशाली अलंकार, योजना, सुकुमार भाव व्यंजना एवं सुमधुर संगीत आदि विशेषताले यसलाई एक उत्तमोत्तम काव्यकृतिको रूपमा पनि प्रतिष्ठित गरेको छ। हुनत यो पनि एक महत्वपूर्ण तथ्य छ कि महाकवि विद्यापति आफ्नो अमर पदावलीको रचनाको लागि आफ्नो पूर्ववर्ती संस्कृत कविहरू खासगरी भारवि, कालिदास, जयदेव, हर्ष अमरुक, गोवर्द्धनाचार्य आदि भन्दा कम ॠणि छैनन्। किनकी जस विषयहरूलाई महाकविले आफ्नो पदावलीमा प्रस्तुत गरे त्यो विषय पूर्व देखि नै संस्कृतको कविहरूको रचनाहरूमा प्रस्तुत भैसकेको थियो। विद्यापतिको मौलिकता यसमा निहित छ। यिनले ती रचनाहरूको विषयमा अलंकार परिवेश आदिको अन्धानुकरण नगरेर त्यसमा आफ्नो दीर्ध जीवनको महत्वपूर्ण एवं मार्मिक अनुभव एवं आस्थाको अनुस्यूत गरेर अप्रतिम माधुर्य एवं असीम प्राणवत्ता युक्त मातृभाषामा प्रस्तुत गरे।
यही कारण हो कि महाकविको काव्य प्रतिमाको गुञ्ज मात्र मिथिलांचल भर मात्र हैन अपितु समस्त भारतवर्षमा र अहिले विश्वमा व्याप्त छ। राजमहल देखि लिएर पर्णकुटी सम्ममा गुंजायमान विद्यापतिको कोमलकान्त पदावली वस्तुत: भारतीय साहित्यको अनुपम वैभव हो।
 
पङ्क्ति ८५:
:कातिक धवल त्रयोदसि जान।'
 
यहाँ एक कुरा स्पषट गर्न अनिवार्य छ। विद्यापति शिव एवं शक्ति दुवैको प्रबल भक्त थिए। शक्तिको रूपमा उनले दुर्गा, काली, भैरवि, गंगा, गौरी आदिको वर्णन आफ्नो रचनाहरूमा यथेष्ठ गरेको छ। मिथिलाका मानिसहरूमा यो कुरा आज पनि व्याप्त छ कि जब महाकवि विद्यापति बुढो भए, उनले र आफ्नो पुत्रहरू र परिजनहरू लाई बोलाएर यो आदेश दिए:
"अब म यो शरीर त्याग चाहन्छु। गंगाको किनारमा गंगाजलको स्पर्श गर्दै अन्तिम श्वास लिने मेरो इच्छा छ। तसर्थ तिमीहरूले मलाई गंगालाभ गराउने तैयारीमा लैजाऊ। कहरियालाई बोलाएर त्यसमा बसाएर आज नै मलाई सिमरिया घाट (गंगातट)लैजाऊ।"
 
महाकविको आज्ञा पालन गर्दै चार कहरियहरूलाई बोलाएर उनको जीर्ण शरीरको पालकीमा सुताएर सिमरिया घाट गंगालाभ गराउनको लागि हिँडे।
उनको पछिपछि साथीभाई र आफन्तहरू थिए।
 
रात-भर हिँडेपछि जब सूर्योदय भयो विद्यापतिले सोधे: “अब गंगा पुग्न कति टाढा छ?”
पङ्क्ति १११:
 
यस गंगा स्तुतिको अर्थ यसरी लगाउन सकिन्छ:
"हे आमा पतित पावनि गंगे, तिम्रो तटमा बसेर मैले संसारको अपूर्व सुख प्राप्त गरें। तिम्रो सामीप्य छोड्दै गरेका मेरा आँखाबाट आँसू बगिरहेको छ। निर्मल तरंग भएकी पूज्यमती गंगे! म हात जोरेर विन्ती गर्छु कि फेरी तिम्रो दर्शन पाइयोस्।"
 
विद्यापतिले आफ्नी छोरीलाई सम्बोधित गर्दै गंगा नदीको तटमा एउटा अझै अर्को महत्वपूर्ण गीतको रचना गरे।
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित