"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (37)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''किरांत भाषा'''हरू नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत [[लिम्बू भाषा]] तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र [[नेपालभाषा|नेपाल भाषा]]लाई पनि राख्न रुचाउँछन्।
 
पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ। [[पृथ्वीनारायण शाह]]ले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा [[दोलखा जिल्ला|दोलखा]], [[रामेछाप जिल्ला|रामेछाप]] र [[सिन्धुली जिल्ला|सिन्धुली]] वल्लो किरातमा पर्छ भने [[सुनकोशी नदी|सुनकोशी]] देखि [[अरुण नदी]]सम्मका भाग माँझ किरातमा पर्दछ। [[अरुण]]देखि पूर्व [[मेची नदी]]सम्मको भूभाग लिम्बुवान भित्रपर्दछ। वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ। यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुडगुरूड,तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन्। तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन्। किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू सुनुवार, राई, याक्खा र लिम्बू हुन्। वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन्। हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन्। त्यसैगरि सुनुवार भाषा [[सुनकोशी नदी|सुनकोशी]] वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन्। सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन्। तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ। यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ।
 
माझ किराँतको सुदुर पश्चिम [[ओखलढुङ्गा जिल्ला]]मा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ। उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ। उत्तर पश्चिम [[सोलुखुम्बु जिल्ला]]मा खालिङ् र थुलुङ् बोलिन्छ। यी भाषाहरू टोनल हुन्। [[खोटाङ जिल्ला]]को उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन्। यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन्। [[खोटाङ जिल्ला]]कै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ। करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ। [[भोजपुर जिल्ला]]को दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ। यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ।