"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (34)
सा →‎जीवन: हिज्जे मिलाउँदै
पङ्क्ति ५:
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरे। पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरे।
==जीवन==
उनी ३२ वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे। त्यो बेला देशमा राणाशासन थियो। त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो। त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो। त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए। सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे। लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो। वि.सं. [[१९३७]]मा काटियावाड भारतका पण्डित इन्द्राजीले नेपालका २३ वटा अभिलेख छपाई प्रकाशित गरेका थिए। बाबुरामको जन्मपूर्व नै उनको नेपाल आगमन भएको थियो। इतिहास लेख्ने शुभारम्भ त्यसैले गरायो। बाबुराम आचार्यलाई इतिहास विषयमा प्रवृत्त तुल्याई इतिहास शिरोमणि तुल्याउने काम पनि त्यही भ्रमणको प्रतिफल मान्न सकिन्छ।शिलालेख, अभिलेखजस्ता ऐतिहासिक सामग्रीको अध्ययन-मनन गर्नु आवश्यक छ भन्ने जानकारी त्यस भ्रमणले दियो। व्यापक जनसम्पर्क, मिलनसार प्रकृति, इतिहासप्रतिको उत्कृष्ट रुचिको कारण उनले धेरै कुरा जान्ने अवसर पाए। फलस्वरूप बाँचुन्जेल उनी एक किसिमले जीवित इतिहास बने भने मरेपछि अमर इतिहास। वि.सं. [[सन् २००७|२००७]] अघि उनको इतिहासप्रतिको प्रेम आत्मसन्तुष्टिकै लागि मात्र सीमित थियो भने त्यसपछि उनको कलमले अगाडि बढ्ने अवसर पायो। नेपाली भाषामा शिक्षा दिनुपर्छ भन्ने [[बझाङ्गी राजा]] [[जयपृथ्वीबहादुर सिंह]]को सङ्गतबाट जागीरे जीवनमा प्रवेश गरेका बाबुराम राजगुरुराजगुरू हेमराजका सहायकसमेत बनेका थिए। नेपालमा आधुनिक ढङ्गको अन्वेषण परम्परालाई भित्र्याउने विद्वत्शिरोमणि हेमराजको मातहतमा रहेको पाठशाला बन्दोबस्त अड्डाका हाकिम बाबुरामले संस्कृत विद्याको उन्नतिमा समेत मद्दत पुर्‍याए।
 
बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए। उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय,