"शुक्रग्रह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
[[चित्र:Venus-real color.jpg|thumb|250px|[[National Aeronautics र Space Administration|NASA]] image of Venus]]
'''शुक्रग्रह''' सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह [[चट्टान]]ले बनेको छ र यसको [[वायूमण्डल]] [[कार्बन्डाईअक्साइड्]] र बिषालू[[सल्फ्युरिक् एसिड]]ले बनेको हुन्छ। पृथ्वीको सामान्य [[तापक्रम]]मा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती त
तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक् एसिड [[वाष्पीकरण]] भएर ग्यासको रूपमा पाइन्छ। [[हरितगृह प्रभावका]] कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहा जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यसको वायूमण्डलमा रहेको बाक्लो [[बादल]]का कारण यस ग्रहको सतह [[राडार]]को सहायताले मात्र पहिल्याउन सकिन्छ।सकिन्छ।शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजिक भएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
 
यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् [[रोमन]] माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।
 
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र [[चन्द्रमा]] पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं [[प्रात तारा]] र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।
 
 
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/शुक्रग्रह" बाट अनुप्रेषित