"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, typos fixed: मंच → मञ्च, अंग → अङ्ग (9), दुइ → दुई using AWB
पङ्क्ति २९:
 
== के विकिपीडिया अन्य भाषाहरुमा पनि उपलब्ध छ? ==
हो। विकिपीडिया विश्वका २८० भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भनें कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी 3,542,421 लेखहरू छन्। त्यसैगरी नेपालीमा ११20 हजार 4 सय भन्दा बढी लेखहरू छन्। कानूरीयो भाषामानेपालमा हालसम्मप्रयोग एउटाहुने मात्र[[नेवारी]], लेख[[भोजपुरी]], रहेको[[पाली]] र [[संस्कृत]] भाषामा पनि उपलब्ध छ। त्यसैगरी [[मैथिली]], [[गुरूङ]], [[थारू]], [[अवधि]], [[लिम्बू]], [[शेर्पा]] लगायतका भाषाहरूमा पनि विकिपीडिया पेजहरू बन्ने प्रकृयामा छन्।
 
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==
हो, तपाईं अङ्ग्रेजीमा दक्ष हुनुहुन्छ यो धेरै प्रशंसनीय कुरा हो तर यो तपाईंको मातृ भाषालाई त्याग गर्ने कारण नबनोस्। तपाईं अङ्ग्रेजीमा उपलब्ध सूचनाहरु एकत्रित गरेर ती सबै आफ्नो मातृ भाषामा दिन सक्नु हुन्छ जसबाट ती मानिसहरुलाई धेरै सहायता हुनेछ जसले अङ्ग्रेजी भाषा जान्दैनन् अथवा जसले लेखहरु आफ्नो मातृ भाषामा पढ़्न रुचाउँछन्। यस्ता धेरै नेपालीहरु छन् जो अङ्ग्रेजी जान्दैनन् तर नेपाली भाषामा दक्ष छन्। अङ्ग्रेजीमा दक्ष हुनु अथवा नहुनुको कारणले कुनै पनि व्यक्तिलाई आफ्नो मातृ भाषामा ज्ञान बाँड़्न र लिनबाट रोक्न सक्तैन। नेपाली भाषा तीन करोड़ नेपालीहरुको मातृभाषा मात्र नभएर नेपालको राष्ट्रभाषा अनि भारतमा पनि मान्यता प्राप्त राष्ट्रीय भाषा हो अत: यसको वर्चस्व बनाई राख्ने दायित्त्व हामी सबैको हो र नेपाली विकिपीडिया ज्ञानलाई बचाई राख्न र यसको प्रसार गर्नकोलागि सर्वोत्तम स्थान हो। हामी सबैले यसमा योगदान किन नगर्ने खालि यसकारणले कि हामी अङ्ग्रेजीमा प्रवीण छौं अथवा हामीलाई आफ्नो मातृ भाषा बोल्न र लेख्न अल्छी लाग्छ वा सरम लाग्छ। यदि तपाईंलाई त्यस्तो हुन्छ भनें त त्यसलाई हटाउने सर्वोत्तम उपाय पनि विकिपीडिया हो किन भनें विकिपीडियामा तपाईंको योगदानका साथ नेपाली भाषा एवं ज्ञान दुइटैको प्रसार हुन्छ। नेपाली भाषाको जति प्रसार हुन्छ त्यति नैं तपाईंलाई नेपाली भाषी भन्नमा गर्व अनुभव हुनेछ, अत: जब हामी आफ्ना साथीहरु र परिवारका सदस्यहरुसित निःसंकोच नेपालीमा बात मार्छौं भनें नेपाली विकिपीडियामा नेपालीमा योगदान गर्न संकोच किन?