"मन्दोधरी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: को → को (2), removed stub tag
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=अप्रिल २०१२}}
 
पौराणीक कालमा [[श्रीलंका|लंका]]का राजा [[रावण]]की पत्नीको नाम '''मन्दोधरी''' थियो। [[हिन्दू]] धर्म ग्रन्थहरूका अनुसार रावणले [[शिव|महादेव]]को ठुलो तपस्या गरेकाले उ भगवान सदाशिवको ठुलो भक्त थियो। रावण सधैँ शिवजीको ताण्डव नृत्यको बेलाम बाजा बजाएर शिव भजनहरू गाएर भगवान शिवलाई खुसी पार्थ्यो। यसै क्रममा एक दिन भगवान शिवले [[गाँजा]]को नसामा उन्मत्त भएर खुसी हुँदै रावणलाई भने- "राजन! म तिम्रो स्तुतीले धेरै खुसी छु तिमीले म सँग मागेको चिज म दिन तयार छु।" यो सुनेर रावणले चलाखी गर्दै भन्यो- "प्रभु! यदी मैले मागेको चिज दिनु हुन्छ भने हजुरको काखमा बस्ने [[पार्वती]] दिनुहोस्।" यो सुनेर भगवान शिवले ल लैजा भनेर पार्वती साथ लगाई दिनु भयो। यसरी भांगको नसामा मातेर शिवजीले आफुलाई रावणको पछी लगाई दिएकाले पार्वतीले भगवान [[विष्णू]]को ध्यान गर्न थालिन्। त्यो थाहा पाएर भगवान बिष्णूले ब्राह्मणको भेष गरेर पार्वती सहित लंका तिर जाँदै गरेको रावणलाई सोधे- "महासय! तपाईँको हो ? यी तपाईँले ल्याएकी नारीको हुन् ?" तब रावणले आफ्नो परिचय दिएर महादेवबाट पार्वती मागेर ल्याएको कुरा बतायो। तब भगवान विष्णूले हाँस्दै भने। "हे राजा रावण! तपाईँलाईत शिवजीले ठगेर यी नकली पार्वती बनाएर पो दिए छन्। असली पार्वती त कैलाशमैँ छन् महादेवले आफुले ओछ्याइ राखेको बाघको छालामा लुकाएर राखेका छन्।" यो सुनेर रावण फेरी कैलाश गएर शिवलाई दिने भए असली पार्वती दिनु यी नकली पार्वती लग्दैन भनी फर्कायो। अब महादेवको नसा उत्री सकेको थियो होसमा भएका महा देवले यदी असली पार्वती लैजाने भए पार्वतीको तपश्या गरेर उनलाई खुसी पारेर लैजा भनेकाले रावणले पार्वतीको घोर तपस्या गरेको थियो। पछी पार्वती रावणको तपस्या देखी खुसी भएर मन्दोधरीको रूप लगेर जन्मेकी थिइन्।<ref>स्वस्थानी व्रतकथा</ref>
==श्रोत==
"https://ne.wikipedia.org/wiki/मन्दोधरी" बाट अनुप्रेषित