"क्लोनिङ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ar, az, ba, bg, bn, bs, ca, cs, da, de, el, eo, es, eu, fa, fi, fr, gl, he, hi, hr, ht, ia, id, it, ja, jbo, ka, ko, lt, lv, mk, ml, ms, my, nl, nn, no, pl, pt, ru, sh, sl, sq, sr, su, sv, ta, th, t...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[File:Dolly clone.svg|thumb|पहिलो स्तनधारी जीव भेडा को क्लोनिङ प्रक्रिया]]
 
मानिसले हजारौँ वर्षदेखि वनस्पतिको क्लोनिङ सफलतापूर्वक गर्दै आएको भए पनि प्राणीको क्लोनिङ गर्ने कार्य त्यति सजिलो थिएन। प्रयोगशालामा[[प्रयोगशाला]]मा प्राणीको क्लोनिङ गर्ने प्रयास [[सन् १८८०]] को दशकमा पहिलोपल्ट सुरु भएको थियो। जर्मन प्राणीशास्त्री हान्स ड्राइस पहिलोपल्ट एक प्रकारको समुद्री जीव (सी अर्चिन)को विकसित हुँदै गरेको भू्रणका दुई कोषलाई छुट्ट्याएर प्रत्येक कोषलाई पूर्ण जीवमा विकसित गर्न सफल भएका थिए। अर्का जर्मन प्राणीशास्त्री हान्स स्पेमानले [[सन् १९०२]] मा यही प्रक्रिया माउसुलीमा[[माउसुली]]मा दोहर्‍याएर देखाएका थिए।
[[सन् १९५२]] मा रबर्ट ब्रिग्स र थोमस किंगले भ्यागुताको एक प्रजातिको सफल क्लोनिङ गरेका थिए। जोन गर्डनले [[सन् १९६२]] मा भ्यागुतोको आन्द्राको पूर्ण विकसित कोष प्रयोग गरी सफल क्लोनिङ गरेका थिए। कुनै प्राणीको पूर्ण विकसित कोषबाट पूर्ण जीवको विकास गरिएको यो पहिलो उदाहरण थियो। [[सन् १९६३]] मा चिनियाँ भ्रूणशास्त्री तोङ डिझुले भालेको कोषभित्रको डीएनए पोथीको डिम्बभित्र प्रत्यारोपण गरेर पहिलोपल्ट एक प्रकारको माछाको क्लोनिङ गरेका थिए। यी खोज नतिजाले प्राणीको प्रत्येक कोषमा सोही जीवको पुनर्विकास गर्न आवश्यक सम्पूर्ण आनुवंशिक सूचना (जेनेटिक इन्फरमेसन) पाइन्छ भन्ने यथार्थ प्रमाणित गरेका थिए।
माथि उल्लेख गरिएअनुसार जीव वैज्ञानिकहरू कतिपय कम विकसित प्राणीको प्रतिरूप (क्लोन) तयार पार्न सफल भए पनि उच्च विकसित प्राणी विशेषतः स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न धेरै वर्षसम्म असफल रहे। सन् १९९६ जुलाइ ५ मा मात्र स्कटल्यान्डका आएन विल्मट र उनका सहकर्मी वैज्ञानिकहरू क्लोनिङ प्रविधिमार्फत् एक स्तनधारी प्राणीको प्रतिरूप निर्माण गर्न सफल भएका थिए। उनीहरूले वयस्क भेडीको थुनबाट संकलन गरिएको पूर्ण विकसित कोषबाट नयाँ भेडीको पूर्ण प्रतिरूप तयार पारेका थिए। प्रसिद्ध अमेरिकी गायिका डली पार्टनको नामबाट 'डली' नामाकरण गरिएको उक्त भेडीलाई सन् १९९७ को फेब्रुअरी महिनामा सार्वजनिक गरिएको थियो। यस प्रविधिको प्रयोगद्वारा मानिसको समेत प्रतिरूप तयार पार्नसक्ने प्रबल सम्भावना देखिएकाले विल्मट र उनका सहकर्मीको उक्त अनुसन्धानले त्यतिबेला विश्वमा ठूलै हलचल मच्चाएको थियो र डली विश्वप्रख्यात भएको थियो। विल्मट र उनका सहकर्मीले विकास गरेको क्लोनिङ प्रविधिको प्रयोग गरी वैज्ञानिकहरू अहिलेसम्म बिरालो, मुसा, कुकुर, गाई, भैँसी, उँट, घोडा तथा मानिसको सबैभन्दा नजिकको आनुवंशिक नाता भएको प्राणी मानिने 'रेसस' जातको बाँदरजस्ता धेरै प्रकारका स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न सफल भइसकेका छन्।
स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न प्रयोग गरिने प्रचलित क्लोनिङ विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा छोटकरीमा 'न्युक्लियर ट्रान्स्फर' भनिन्छ। हरेक कोषभित्र पाइने 'न्युक्लियस' नामको केन्द्रीय संरचनामा त्यस जीवको आनुवंशिक तत्व रहेको हुन्छ। स्तनधारी प्राणीको क्लोनिङ प्रक्रियामा वैज्ञानिक भाषामा 'सोमेटिक सेल' भनिने विकसित कोषको 'न्युक्लियस'लाई अर्को कोषभित्र प्रवेश गराउने भएकाले यस विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा 'न्युक्लियर ट्रान्स्फर' भनिएको हो।
"https://ne.wikipedia.org/wiki/क्लोनिङ" बाट अनुप्रेषित