"८४औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ko:제84회 아카데미상
सा spelling check, replaced: प|mान्स → फ्रान्स
पङ्क्ति १:
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको आयोजनामा सन् २०१२ फेब्रुअरी २६मा अमेरिकाको लस एञल्स स्थित हलिउड हाईल्याण्ड सेन्टरमा भएको समारोहमा फिल्म का २४ विधामा पुरस्कार वितरण गरियो| कार्यक्रमको सञ्चालन विल्ली क्रिस्टल र निर्माता ब्रायन ग्राजरले गरेका थिए। क्रिस्टलले नवौं पटक समारोह सञ्चालन गरेर इतिहास रचेका छन्। एडि मर्फि द्वारा संचालन गरिने तय भएको सो कार्यक्रम अन्तिम समयमा हेरफेर भएको थियो|
[[Image:84th Academy Awards Poster.png|thumb]]
थोमस लेगम्यानको 'दि आर्टिस्ट' चलचित्रमा जर्ज भ्यालेन्टिनको भूमिका निर्वाह गरेका जिन दुजर्दिन उत्कृष्ट अभिनेता घोषित भए। चलचित्र 'दि आइरन लेडी'मा बेलायतकी प्रधानमन्त्री मार्गारेट थ्याचरको भूमिकामा देखिएकी मेरिल स्ट्रीप उत्कृष्ट अभिनेत्री बन्न सफल भइन्। 'दि आर्टिस्ट' का प|mान्सेलीफ्रान्सेली निर्देशक मिचेल हाजानाभिक्सिअस उत्कृष्ट निर्देशक बन्न सफल भए। 'दि आर्टिस्ट' का साथै चलचित्र 'हृयुगो'ले पनि पाँच विधामा अवार्ड जित्यो भने 'आइरन लेडी'ले दुई विधामा आफूलाई सफल प्रमाणित गर्‍यो। २४ विधाका लागि प्रतिस्पर्धामा रहेका चलचित्रको नाम जनवरी २४मा नै घोषणा गरिएको थियो।आवाजविहीन चलचित्र 'दि आर्टिस्ट'ले बोलिने अन्य चलचित्रलाई पछि पार्दै उत्कृष्ठ चलचित्रसहित पाँच विधामा बाजी मार्न सफल भयो। आवाजविहीन चलचित्र उत्कृष्ठ घोषणा भएको यो दोस्रो पटक हो। यसअघि सन् १९२९मा भएको पहिलो एकेडेमी अवार्डमा आवाजविहीन चलचित्र 'विंग्स' उत्कृष्ट बन्न सफल भएको थियो।विदेशी भाषाको चलचित्रका लागि बेल्जियम, पोल्यान्ड, इजरायल , क्यानाडा र ईरान का चलचित्र बीच प्रतिस्पर्धा भएकोको थियो| यसमा इरानको चलचित्र "अ सेपरेसन" लाई उपाधि प्रदान गरियो।
 
[[File:Michel Hazanavicius.jpg|right|thumb|150px|निर्देशक : मिसेल हाजानाभिक्सिअस -दि आर्टिस्ट]]