"हनुमान जयन्ती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → ।, removed stub tag
पङ्क्ति १:
हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ। चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आँफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ। शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिकमहिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव।<ref> कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref>
 
[[image:jaihanuman.jpg|200px|thumb|जय हनुमान]]
पङ्क्ति २४:
 
==हनुमान र शनि==
शनिको बक्र दृष्टि वाट ब्रम्हा,विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेन|यस सन्दर्भमा एउटा प्रसिद्ध कथा छ। रावण एक ज्योतिष पनि थियो तसर्थ उसले आफ़्नो जेठा छोरा इन्द्रजित जन्मने बेला सबै ग्रहहरूलाई आफ्नो अनुकूल बनायो। यहाँसम्म कि शनिश्चरलाई समेत अनुकूल बनाउन शनिको पृष्ठ भागमा खुट्टा राखेर र अरू ग्रहहरूको गतिलाई रोकेर पुत्रको जन्म गराएर आफू इन्द्रजितको माध्यमबाट अजेय हुन चाहन्थ्यो रावण। नारदले यो कुरा बुझेर प्रकृतिविपरीत केही हुन सक्दैन र हुन पनि हुँदैन भनेर रावणलाई नारदमुनिले यो सल्लाह दिनुभयो कि शत्रुको पृष्ठमा चढेर होइन छातीमा खुट्टा टेकेर प्रहार गर्नुपर्दछ। यस्तो नारदको कुरा सुनेर रावणले शनिको गति परिवर्तन गरिदियो। जब शनिको वक्रदृष्टि उसमाथि पर्न थाल्यो। तब रावणको पनि पतन सुरु भयो भनिन्छ तर रावणले पनि शनिको वक्रदृष्टि परेको थाहा पाई शनिलाई अँध्यारो कोठामा थुनिदियो। जब हनुमान लङ्कामा पुगे, तब उनले बन्दी शनिलाई मुक्त गरे तर 'शनि'को वक्रदृष्टि उनमा दुष्प्रभाव परेन ।परेन। हनुमानको दृढ शरीरमा जब कुनै प्रभाव परेन तब शनिले हनुमानको सामु हात जोडेर वरदान माग्न अनुरोध गरे। भक्तवत्सल हनुमानले भक्तहरूमा कुदृष्टि नराख्न आग्रह गरे। 'शनि'ले 'तथास्तु' भने। यस कथाको भाव यही हो कि भक्तिको सामु दुष्ट ग्रहले पनि केही बिगार्न सक्दैन।
 
==हनुमान र सिन्दुर लेपन==
पङ्क्ति ५२:
यस शिलामूर्तिको आधा भाग शैलबुट्टाद्वारा भरिएको छ। यी बुट्टाहरू अलि खस्रो किसिमले कुँदिएका छन्। त्यसबाट यो शैलबुट्टा प्रारम्भिक अवस्थाको भन्ने थाहा पाइन्छ। इसाको पाँचौँ-छैटौँ शताब्दीको निर्धारण गर्न सकिने मृगस्थलीको उमामहेश्वरको मूर्तिमा धेरै नै साधारण किसिमका शैलबुट्टा देखिन्छ। फेरि इसाको आठौँ, नवौँ शताब्दीको अमर कान्तेश्वर उमामहेश्वरको मूर्तिमा यसमा विपरीत भएको शैलबुट्टा धेरै परिपक्व तथा विकसित अवस्थामा पुगिसकेको देखिन्छं। शैलबुट्टाको आधारमा कुदाइको ढुङ्गा र शैलीको आधारमा यसमा प्राचीन मूर्ति हुने लक्षण भएकोले यसलाई लिच्छविकालीन मूर्ति भन्न सकिन्छ भन्ने तर्क लैनसिंह बाङ्गदेलको रहेको छ।
 
हनुमानका मूर्तिहरूमा देखिएको लामो वनमाला मध्यकालमा र आधुनिककालमा बनेका मूर्तिहरूमा समेत पाइन्छन्। भारतमा विशेष गरी आधुनिक कालमा बनेका स्थान्तक मूर्तिहरूमा घँुडासम्म नै वनमाला देखाइएको हुन्छ। मूर्ति धेरै मात्रामा खिइनुले प्रस्तरको स्तर र भक्तहरूको निरन्तर छुवाइको औसत अध्ययन गरी मात्र थाहा पाउन सकिन्छ। मूर्ति खिइएको आधारमा पुरानो हो भन्न पनि त्यति सान्दर्भिक देखिँदैन साथै फर्पिङको मूर्तिमा कुँदिएको शैलुबुट्टामा मात्र देखाउन कलाकारले खोजेको हुँदा पहाड खुट्टा पछिल्लो समयमा बनेका मूर्तिहरूमा पनि दिन खोजिएको छ। त्यसैले कुनै पनि मूर्तिको तिथि निर्धारण गर्दा केवल शैलीलाई मात्र आधार मान्न सान्दर्भिक देखिँदैन। त्यसका लागि तत्कालीन समाजको धार्मिक र सांस्कृतिक गतिविधि पनि गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ। लिच्छविकालमा विष्णुको राम अवतार परिचित भएको अनुमान गरिए तापनि उनको पूजा प्रचलित भएको देखिँदैन। तसर्थ हनुमानको मात्र यति राम्रो मूर्ति लिच्छविकालमा नबनेको। यदि लिच्छविकालमा हनुमानको मूर्तिहरू बनेका भए कुनै अभिलेखमा हनुमानको नाम आउँथ्यो। तान्त्रिक प्रभाव देखिएको यो मूर्ति ११-१२ औँ शताब्दीपछि मात्र बनेका हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ र यस मूर्तिको बारेमा अझै अध्ययन हुन सान्दर्भिक देखिन्छ। <ref>नयराज पन्त, 'हनुमानको स्थापन्ना गर्नुमा हेतु' पूर्णिमा, वि.सं. २०२१ वैशाख, १ वर्ष, १ अङ्क पृष्ठ ३० </ref>
 
नेपालमा मध्यकालदेखि समाजमा रामायण र महाभारतका कथाहरू बढी मात्रामा प्रसिद्ध भए। साथै विष्णु विधित अवतारहरूमध्ये रामअवतारको लोकपि्रयताको साथै हनुमानको पनि लोकपि्रयता बढ्न थाल्यो। मध्यकालमा जयस्थिति मल्लदेखि नै राम सम्प्रदायका विभिन्न मूर्तिहरू निर्माण हुन थालेको देखिन्छ। जयस्थिति मल्लले पशुपतिमा लवकुशका मूर्तिहरू स्थापना गरेको उल्लेख पाइन्छ। हनुमानका मध्यकालका सबैभन्दा पुरानो मूर्तिहरूमध्ये पाटनको कृष्ण मन्दिरमा कुँदिएका रामायणसँग सम्बन्धित विभिन्न घटनाहरू चित्रण गर्ने क्रममा मन्दिरको तल्लो तलामा हनुमानका मूर्तिहरू कुँदिएका छन्। करिब १५ जति ठाउँमा हनुमानलाई प्रस्तुत गरिएको र तल्लो भागमा हनुमान भन्ने शब्द पनि नेवारी लिपिमा लेखिएको छ।
पङ्क्ति ५८:
 
कृष्ण मन्दिरको भित्तामा कुँदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ। यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो। हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो। राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ।
हनुमानढोका जस्तै अरू मल्ल दरबारमा पनि हनुमानका मूर्ति स्थापना गरिएका छन्। पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति राख्न लगाएका थिए। गोरखाका राजा पृथ्वीपति शाहले पनि आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेका थिए। यसरी मध्यकालदेखि हनुमानका मूर्तिहरू बन्न थालेका कुरा र उनको पूजा परम्परा व्यापकरूपमा सुरु भएको थाहा पाइन्छ। <ref>गौत्तमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, वि.सं. २०३३, पृष्ठ १५ </ref>
 
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ। यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हुँदैन भनी ग्रन्थमा लेखिएको छ। यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ। मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो। भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ। मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो। मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन्।
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए। यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ। मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए। पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ। "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए। दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ। उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ।
 
मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ।<ref>तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४ </ref>
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजीक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।
 
पङ्क्ति ७७:
* [[हनुभैरव]]
*[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=725&cat_id=25]-नेपाल मण्डलमा हनुमान :राजेन्द्रलाल श्रेष्ठ
 
 
 
==सन्दर्भ सामग्रीहरू==
Line ८४ ⟶ ८२:
 
{{हिन्दू धर्म}}
 
[[श्रेणी:देवी-देवता]]
[[श्रेणी:रामायणका पात्रहरू]]
[[श्रेणी:रामायण]]
[[श्रेणी:धर्म]]
[[श्रेणी:पुराण]]
[[en:Hanuman]]
[[hi:हनुमान]
**[[व्यास जयन्ती]]
**[[बुद्ध जयन्ती]]
Line ९७ ⟶ ८९:
**[[गान्धी जयन्ती]]
**[[स्वर्ण जयन्ती]]
**[[रजत जयन्ती ]]
**[[हीरक जयन्ती]]
 
{{stub}}
[[श्रेणी:देवी-देवता]]
[[category:धर्म]]
[[श्रेणी:रामायणका पात्रहरू]]
[[category:समाज]]
[[श्रेणी:रामायण]]
[[श्रेणी:धर्म]]
[[श्रेणी:पुराण]]
[[categoryश्रेणी:समाज]]
 
[[en:Hanuman]]
[[hi:हनुमान]]