"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (45), नजिक → नजीक, रुप → रूप
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (10)
पङ्क्ति ४:
भारतीय परम्परामा '''मनुस्मृति'''लाई (जो '''मानव-धर्म-शास्त्र''', '''मनुसंहिता''' आदि नामहरूले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रंथकारहरूका अतिरिक्त शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रंथलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव [[मनु]]द्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।

मनुस्मृति’ त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। न केवल भारतमा अपितु अन्य देशहरूमा पनि यसका प्रमाणहरूको आधारमा निर्णयहरू भएकाछन् र आज पनि भइरहेछन्। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन् ।बताउँदछन्।

== भूमिका ==
पङ्क्ति ४९:
== मनुस्मृतिका केही छानिएका श्लोक ==

धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः ।इन्द्रियनिग्रहः।

धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ॥

( धर्मका दस लक्षण छन् - धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरूलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )

नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु ।तु।

गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥

वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत् ।पराक्रमेत्।

वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥

कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरूलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरूलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्रको गुप्त राख्नु ।राख्नु। जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु ।गर्नु। चितुवाको समान लुकेर शत्रुहरूलाई पक्रिनु र नजीकबाट आएका बलवान शत्रुहरूसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरूलाई छल गरी पक्रिनु ।पक्रिनु।

नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा ।तथान्तरा।

न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥

न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।

तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि ।क्षौरकर्मणि।

तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥

अर्थ - तेल-मालिश गरेपछि, चिताको धूंवामा बसेपछि, मिथुन (संभोग) गरेपछि र केश-मुंडन पश्चात - व्यक्ति तबसम्म चांडाल (अपवित्र) रहन्छ जब सम्म स्नान गर्दैन- अर्थात् यी कामहरूपछि नुहाउनु जरूरी छ ।छ।
{{category:धर्म}}

"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित