"पेले" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले , गरिब → गरीब , रुप → रूप (2), संग → सँग , संदर्भ → सन्दर्भ
पङ्क्ति ३१:
एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व [[भकुण्डो|फुटबल]] खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू '''पेले''' उपनामले चिन्दछन्। उनको जन्म [[ब्राजिल]]को त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी [[उपाधि]] दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
 
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रुपमारूपमा लिइन्छ। [[फिफा (FIFA)|फिफाले]] आधिकारिक रुपमैरूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
 
गरिबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिबगरीब बालबालिकाका निम्ति समर्पित गरे।
 
== क्लबको समय ==
== राष्ट्रिय टिम ==
 
== सम्मान ==
== खेल जीवन ==
Line ५१ ⟶ ५०:
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन् । ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ । विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको
 
उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५-२ ले२ले विजयी भयो । त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए ।
 
आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए ।
Line ६३ ⟶ ६२:
पेले सन् १९६३मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए । जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए । प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र ? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्यो । "बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ," अत्यन्त विस्िमत् भएका जर्मन गोलकिपर फहराइनले उक्त विजयी गोलप्रति टिप्पणी गर्दै भनेका थिए । यस्तै एकपटक सन् १९६१मा ब्राजिलको रयिो दी जेनेरयिोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध विस्मयकारी गोल गरेका थिए ।
 
पेलेको आत्मकथा माई लाइफ एन्ड द ब्युटीफुल गेमसँग पनि अनौठो प्रसंगप्रसँग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भीड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भीडको प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थ्यो । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको कलपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।
 
सन् १९६१को कुरा हो । सान्तोसा क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए । त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै चार गोल गरसिकेका थिए । 'आजलाई पुग्यो' भन्ने सोची उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन् । उनको स्थानमा अर्का खेलाडी गए । तर, दर्शकहरूले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले । अन्ततः रेप|mीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्यो । मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्  ।
Line ७१ ⟶ ७०:
राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि पेले अमेरकिाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भीड जम्मा भएको थियो । उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए । त्यसका लागि प्रशंसकहरू कोलकाताको दमदम विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए ।
 
== संदर्भसन्दर्भ सूची ==
{{Reflist}}
 
"https://ne.wikipedia.org/wiki/पेले" बाट अनुप्रेषित