"त्रिवेणी" का संशोधनहरू बिचको अन्तर

सा सम्पादन, replaced: संग → सँग
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक
पङ्क्ति ५:
*नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी एकै थलोमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र पुरातात्विक पर्यटनको आनन्द लिन चाहनेहरूका लागि गतिलो गन्तव्य हो |
 
हरेक साँझ् यहाँका मठमन्दिरमा हुने पूजापाठ, आरती, वरपर फैलने धूपको सुवास तथा शङ्ख-घण्टको आवाजले अद्वितीय तरङ्ग पैदा गर्छ। नजिकैकानजीकैका स्नानघाटहरूको दृश्य अझ् लोभलाग्दा छन्। गण्डक व्यारेजमा ताल परेर समुद्रजस्तो बनेको नारायणी नदीमा वरपर बलेका बत्तीहरूको छायाँ टल्किँदा आकाश र ताराहरूले धर्तीमै बसाइँ सरेजस्तो लाग्छ।
 
धार्मिक आस्थासहित गएकाहरूले रातभर भजन-कीर्तन गाएर जाग्राम बस्न पनि सक्छन् भने बिहानै उठेर शिवालयको दर्शनपछि घुमघाम शुरु गर्नु राम्रो। त्यहाँबाट निस्किएपछि डुङ्गा चढेर नारायणी नदी पार गरी जङ्गलैजङ्गल आधा घण्टा हिँडेपछि चितवनतर्फको वाल्मीकि आश्रम पुग्न सकिन्छ। आश्रममा रामायणकालीन ग्रन्थसँग मिल्दोजुल्दो विशेषता बोकेका प्राचीन अवशेषहरू छन्। त्यस्ता पुरातात्विक महत्वका अवशेषबारे रुचि भएकाले थाहै नपाई यहाँ घण्टौं बित्छ। आश्रममा वाल्मीकि ऋषिको तपोस्थल, सीताको कुटी र उनले प्रयोग गरेको विश्वास गरिने इनार तथा ढुङ्गाका विभिन्न औजारहरू देख्न पाइन्छ। त्यस अतिरिक्त रामका पुत्रहरू लव-कुशको पाठशाला, उनीहरूले गरेका साहसी कामको किम्वदन्ती खोतल्ने सामानहरू पनि त्यहाँ छन्। उत्खनन् गर्दा फेला परेका पुराना मूर्तिहरूसहित सीता र हरिहरका दुई छुट्टाछुट्टै मन्दिर पनि छन्।
"https://ne.wikipedia.org/wiki/त्रिवेणी" बाट अनुप्रेषित