"पेले" का संशोधनहरू बिचको अन्तर

removed funny comments on pele(reverted vandalism)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
सन् १९७०को विश्वकप फुटबलको इङ्ल्याण्डविरुद्धको खेलमा पेलेको एउटा प्रहार कति शक्तिशाली थियो भने त्यसलाई रोक्ने प्रयास गर्दा इङ्ल्याण्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो ।
 
पेले सन् १९६३मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए । जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए । प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र ? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्‍यो ।छिर्यो । "बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ," अत्यन्त विस्िमत् भएका जर्मन गोलकिपर फहराइनले उक्त विजयी गोलप्रति टिप्पणी गर्दै भनेका थिए । यस्तै एकपटक सन् १९६१मा ब्राजिलको रयिो दी जेनेरयिोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध विस्मयकारी गोल गरेका थिए ।
 
पेलेको आत्मकथा माई लाइफ एन्ड द ब्युटीफुल गेमसँग पनि अनौठो प्रसंग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भीड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भीडको प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थ्यो । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको कलपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।
 
सन् १९६१को कुरा हो । सान्तोसा क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए । त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै चार गोल गरसिकेका थिए । 'आजलाई पुग्यो' भन्ने सोची उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन् । उनको स्थानमा अर्का खेलाडी गए । तर, दर्शकहरूले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले । अन्ततः रेप|mीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्‍यो ।गर्नुपर्यो । मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्  ।
 
पेलेको अपार लोकपि्रयताको सीमा छैन । उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए ।
पङ्क्ति ७७:
 
[[श्रेणी:खेलकूद]]
[[श्रेणी:खेलाडी]]
[[श्रेणी:फुटबल]]
[[श्रेणी:फुटबल खेलाडी]]
"https://ne.wikipedia.org/wiki/पेले" बाट अनुप्रेषित