"डालेचुक" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), जमिन → जमीन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (20)
पङ्क्ति ५:
[[Image:Sea-buckthorn.jpg|right|thumb|डालेचुक]]
==कहा हुन्छ?==
औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार '''डालेचुक''' वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ ।पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक(तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )) र डालेचुक(चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don)) गरी दुई प्रजाति मात्र रहेका छन् ।छन्। नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन् ।भन्छन्। इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोन[[:en:sea-buckthorn]], संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ ।भनिन्छ।
 
==उपयोग==
हुन त प्रायः सबै वनस्पति मानिसको जन्मदेखि मृत्युपर्यन्त उपयोगी मानिन्छ तर डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महìवपूर्ण र जीवनोपयोगी हुन्छन् ।हुन्छन्। यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ ।पाइन्छ। त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ ।छ। अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ ।गरिन्छ।
[[Image:Hippophae rhamnoides.jpg|left|thumb| एक प्रकारको डालेचुकको फल]]
 
यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ ।पाइन्छ। यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तìव पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ ।पाइन्छ।
==विकास==
विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ ।छ। नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ ।छ। यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तìवले भरिपूर्ण हुन्छ ।हुन्छ। त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ ।छ। यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ ।मानिन्छ। यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ ।छ। पौष्टिक तìवले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन ।गर्दैन। यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ ।छ। हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमीनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महìवपूर्ण छ ।छ। वायुमण्डलीय नाइट्रोजन भन्ने तìवलाई पनि माटोमा खिच्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन् ।छन्।
 
बैज्ञानिक नाम Hippophae salicifolia D.Don and Hippophae tibetana Schlecht
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित