"ढुसी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (2), रुप → रूप
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (33)
पङ्क्ति ७:
[[चित्र:Fungi collage.jpg|thumb]]
 
नेपाली शब्दसागरमा '''ढुसी''' शब्दको अर्थ ''ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी'' भनेर उल्लेख गरिएको छ ।छ। आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।पर्छन्। अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।बनाउँछन्।
 
== कसरी बन्छ ढुसी ? ==
 
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ ।हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ ।भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ ।बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो ।हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ ।भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन् ।हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन् ।हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन् ।हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाइहाल्छ ।पलाइहाल्छ।
 
== ढुसी र मावन जीवन ==
 
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि 'पेन्सिलियम नोटाटम' नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो ।भयो। किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई ''वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि'' भन्ने नाम दिइएको छ ।छ। यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो ।गरियो। त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन् ।छन्। जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि ।औषधि।
 
== ढुसी र खानेकुरा ==
 
ढुसीका कारण हामीले आफ्नो जिब्रो पड्काउन पनि पाएका छौं ।छौं। विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ-आफ्नै खालको स्वाद हुनुमा 'पेन्सिलियम' नामक ढुसीका विभिन्न प्रजातिको हात छ भन्ने कुरा के तपाईंलाई थाहा थियो ? त्यसैगरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौ ।पाउँदैनथ्यौ। अनि चिसो बियरको मीठो चुस्की ।चुस्की। वाइन पनि त्यहि हो ।हो। कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ ।बनाइन्छ। 'बोट्राटिस सिनेरा' नामको ढुसीले अङ्गुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ ।बनाउँछ। छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुर्‍याउने काम पनि 'क्लाडोस्पोरियम सिल्लार' ढुसीले गर्छ ।गर्छ। हाम्रो नेवारी समाजमा बनाइने भात पकाएर १५/२० दिन छिप्पाएर राखेर बनाइने जाँड -छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ ।बन्छ।
 
== ढुसी र मानव स्वास्थ्य ==
 
केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन् ।छन्। ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन 'क्लाभिसेप्स पुर्पुरेआ' नामक ढुसी प्रयोग गर्थे ।गर्थे। यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन ।पर्दैन। सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो ।थियो।
 
क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्त्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण बर्सेनि ५० हजारको मृत्यु हुने गर्दछ ।गर्दछ। दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटि धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ ।सक्छ। बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ ।सक्छ। अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाति घ्यार घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन् ।छन्।
* [http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=1092&cat_id=29]:ढुसी के हो ? कसरी लाग्छ -त्रिचन्द्र प्रतिक्षा
 
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित