"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (3), जागिर → जागीर, removed orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (34)
पङ्क्ति १:
'''बाबुराम आचार्य''' नेपालका इतिहास शिरोमणि हुन् ।हुन्।
==जन्म==
उनको जन्म काठमाडौँको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो ।थियो। मध्यमवर्गीय परिवारमा वि.सं. [[१९४४]] [[फागुन २९]] गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो ।हो।
==शिक्षा==
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरे ।गरे। पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरे ।गरे।
==जीवन==
उनी ३२ वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे ।खर्चे। त्यो बेला देशमा राणाशासन थियो ।थियो। त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो ।थियो। त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो ।थियो। त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए ।उठाए। सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे ।गरे। लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो ।मिल्यो। वि.सं. [[१९३७]]मा काटियावाड भारतका पण्डित इन्द्राजीले नेपालका २३ वटा अभिलेख छपाई प्रकाशित गरेका थिए ।थिए। बाबुरामको जन्मपूर्व नै उनको नेपाल आगमन भएको थियो ।थियो। इतिहास लेख्ने शुभारम्भ त्यसैले गरायो ।गरायो। बाबुराम आचार्यलाई इतिहास विषयमा प्रवृत्त तुल्याई इतिहास शिरोमणि तुल्याउने काम पनि त्यही भ्रमणको प्रतिफल मान्न सकिन्छ ।शिलालेखसकिन्छ।शिलालेख, अभिलेखजस्ता ऐतिहासिक सामग्रीको अध्ययन-मनन गर्नु आवश्यक छ भन्ने जानकारी त्यस भ्रमणले दियो ।दियो। व्यापक जनसम्पर्क, मिलनसार प्रकृति, इतिहासप्रतिको उत्कृष्ट रुचिको कारण उनले धेरै कुरा जान्ने अवसर पाए ।पाए। फलस्वरूप बाँचुन्जेल उनी एक किसिमले जीवित इतिहास बने भने मरेपछि अमर इतिहास ।इतिहास। वि.सं. [[सन् २००७|२००७]] अघि उनको इतिहासप्रतिको प्रेम आत्मसन्तुष्टिकै लागि मात्र सीमित थियो भने त्यसपछि उनको कलमले अगाडि बढ्ने अवसर पायो ।पायो। नेपाली भाषामा शिक्षा दिनुपर्छ भन्ने [[बझाङ्गी राजा]] [[जयपृथ्वीबहादुर सिंह]]को सङ्गतबाट जागीरे जीवनमा प्रवेश गरेका बाबुराम राजगुरु हेमराजका सहायकसमेत बनेका थिए ।थिए। नेपालमा आधुनिक ढङ्गको अन्वेषण परम्परालाई भित्र्याउने विद्वत्शिरोमणि हेमराजको मातहतमा रहेको पाठशाला बन्दोबस्त अड्डाका हाकिम बाबुरामले संस्कृत विद्याको उन्नतिमा समेत मद्दत पुर्‍याए ।पुर्‍याए।
 
बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए ।थिए। उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय,
शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ ।पाइन्छ। इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा [[बाइसे-चौबीसे]] राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे ।राख्थे। कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो ।हुनुपर्दैनथ्यो। जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे ।बताइदिन्थे। त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ ।पाइन्छ।
 
विश्वको सर्वोच्च शिखर [[सगरमाथा]]को नामकरण पनि उनले नै गरेका थिए ।थिए। त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो ।पुकारिन्थ्यो। आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. [[सन् १९९७|१९९७]] देखि आँखा धमिलिँदै गएर वि.सं. [[सन् २००८|२००८]]मा त पूरै बन्द भएका थिए ।थिए। सोही वर्ष [[श्री ५ त्रिभुवन]]द्वारा इतिहासशिरोमणि उपाधिले सम्मानित बाबुराम वि.सं. [[२०२०]]मा [[नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान]]का मानार्थ आजीवन सदस्य बनेका थिए ।थिए। उनका प्रकाशित कृतिहरूमा 'पुराना कवि र कविता' ([[सन् २००३|२००३]]), 'तुलनात्मक सुन्दर काण्ड' ([[सन् २००२|२००२]]), 'चीन र तिब्बतसँग नेपालको सम्बन्ध' ([[२०२३]]), 'नेपालको संक्षिप्त वृत्तान्त' ([[सन् २००२|२००२]]), '[[श्री ५ पृथ्वीनारायण शाह]]को संक्षिप्त जीवनी' (४ खण्डमा, [[२०३४]]), 'प्राचीन नेपालको इतिहास', 'नक्षत्र तारा निरूपण', 'बाबुराम आचार्यका कविता' र 'नेपालका सांस्कृतिक परम्परा' आदि मुख्य हुन् ।हुन्। अन्य फुटकर लेख पनि प्रशस्तै छन् ।छन्।
 
[[श्रेणी:जीवनी]]