"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (18), को → को (2), मा → मा (5), काठमाण्डौ → काठमाडौं, रुप → रूप (3)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ । यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ) ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ । इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल (ने. स. ७६१-९४, वि.स. १६९८-१७३१ ) ले गरेका हुन् ।
 
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११मा चतुर्देशी सेवा खलकले बनाएका थिए । ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ । सदस्य सचिव श्रेष्ठका अनुसार यसमा दच्ची आप्पा नामको (इट्टा) प्रयोग भएको छ भने सिमेन्टका रूपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ । यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ ।
 
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए । सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ । त्यस्तै [[चन्द्र समसेर जङ्गबहादुर राणा|चन्द्र समसेर]]ले मन्दिरको ढोका दैनिक रूपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए । उनैले १९६५मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए । मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि.स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरूमा सेतो टायल लगाएका थिए ।
 
यस्तै यहाँ अन्य धेरै कार्यहरू भएका छन् । तर, ती सबैका कुनै लिखत छैनन् । त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ । पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरूको लेखोट नरहेको हुन सक्ने बताइन्छ ।
त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ । यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समितिकासमिति सदस्यबाट सचिवथाहा श्रेष्ठले बताउनुभयोहुन्छ श्रेष्ठका अनुसार यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन् ।

सन् १९९८मा मैतिदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।
 
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरू पर्दछन् । मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
Line २५ ⟶ २७:
[[श्रेणी:शक्तिपीठ]]
[[श्रेणी:नेपालका मन्दिरहरू]]
[[श्रेणी:काठमाडौं उपत्यकाका मन्दिरहरू]]
[[श्रेणी:मन्दिर]]
[[श्रेणी:पर्यटन]]
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित