"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा
स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (4), नजिक → नजीक (4), रुप → रूप (6), हरु → हरू (15)
सा (r2.7.1) (रोबोट ले थप्दै: ja:グルン)
सा (स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा (4), नजिक → नजीक (4), रुप → रूप (6), हरु → हरू (15))
(बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अङ्ग्रेजी संस्करण द गुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण)
 
तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ । यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा) मा पढ्दछन् । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ । तमु खेगी (पुरोहित)हरूले त्‍हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन् । लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन । तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजि माअजिमा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ ।
 
तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ । पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए । अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो । यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो । तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन् । तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ । प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ । ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ ।
 
तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो । मानिस मरेपछि उसको मृतात्मा पहिले क्‍होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ । तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ । यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजिककानजीकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ । जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि । ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ । त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ । चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ । तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ । पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ । पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए । सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्‍ार भएको देखिन्छ । चाम्डो नजिकनजीक कारो नामक ठाउमा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ । हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो । सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए । त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ ।
 
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे । त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो । त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ । तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ । ल्होका क्षेत्रमा चेताङ ठाउ नजिकनजीक चन्ताङ गोसी भन्ने डाँडा छ । पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो । गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे । उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए । पछि उनलाई नोचन ह्रोँले चिनियो । उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए । उनका सन्तानहरूलाई कोन्म थर भनियो ।
 
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ । उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.)को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो । त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो । वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अङ्गालियो । पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे । उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए । तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले । राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो । जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन ।
क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो । शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए । मंगोलाइड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे । यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन् ।
 
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ । त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो । तब कोन्महरू आ आफ्नो धेरै नजिककानजीकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए । वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले । वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन् । यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए । पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ । पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन । वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो ।
 
==जीवन शैली==
तमु र गुरुङ एकै होः
 
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ । यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरुलाईनिर्देशनहरूलाई बाह्रमहाबौद्धहरुलेबाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन् । त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रुपमारूपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन् ।
 
सामाजिक व्यवस्थाः
चाड पर्ब
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरुकोतमुहरूको मुल चाड पर्बहरुमापर्बहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
 
'''बाजाहरू'''
 
==सस्कार==
पच्युले गोठ र खर्कको रक्षाको लागि पूजागर्ने हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पूजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजीक पुर्‍याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरुतमुहरू अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो) मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरुतमुहरू आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरुक्ल्हेप्रीहरू राजपुरोहित बने। पैतृक रुपलेरूपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे ।
 
तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री। धेरै विधिमा यिनीहरुयिनीहरू दुवै पुरोहितहरुपुरोहितहरू उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रुपमारूपमा बोन्पोलमले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरुलेतमुहरूले बुझ्दैनन्। मुख्य यज्ञहरुमायज्ञहरूमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (गुम्बा) हरुहरू थिए ।
 
तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट बोन्पोलमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरुकोशक्तिहरूको समग्र रुपरूप हो। जसलाई तमुकी (चोंक्युई) मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौं, जसलाई शक्तिको मूल रुपरूप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा क्ल्हेसोंदी प्ह्रेसोंदी)को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि क्याँ छोँवा (स्योवा) गर्दछ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरुकोआत्महरूको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ।
 
==तमु (गुरुङ)का थर-उपथरहरुउपथरहरू==
When the Tamu clan is used as a noun, postfix "mai"/"मै" must be added on the clan. i.e. Kaju = Kajumai/काजुमै. All except Tahmai/त्‍हमै (sakhati bhagi khalak) are regarded as Ngemai/ङेमै or Kutummai/कुटुम्‍मै. In the Tamu system, only Ngemai/ङेमै are allowed to marry. The Tahmai/त्‍हमै are not to marry each other as they are closely linked to the same ancesters route in one way or another.
 
१६५ आदी
१६६ अथवा
१६७ औंम रुप्‍चैरूप्‍चै
१६८ इचौ
१६९ उयु
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/235270" बाट अनुप्रेषित