"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

सा सम्पादन, replaced: संग → सँग, हरु → हरू
सा स्वचालित हिज्जे सम्पादन, replaced: ले → ले (2)
पङ्क्ति २९:
स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ । नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन । २०४६ साल र २०६२÷६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो ।
 
नेकपा एमाले लेएमालेले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ ।
 
एघार वर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ । आज पनि शान्ति प्रक्रियालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील छ ।
 
संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य भूमिका खेलेको छ । विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गंभीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले) ले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो । तत्कालीन प्रधानमन्त्री [[कृष्णप्रसाद भट्टराई]]लाई समेत पराजित गर्दै राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड [[मदन भण्डारी]]प्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् । २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो । [[मनमोहन अधिकारी]] प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ । त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका वरिष्ठ नेता कमरेड [[माधवकुमार नेपाल]] र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष कमरेड [[झलनाथ खनाल]]ले प्रधानमन्त्रीको रूपमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको छ ।
 
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । जननेता कमरेड [[मदन भण्डारी]]द्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ ।