"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा , जमिन → जमीन (2), रुप → रूप (3), संग → सँग (2), हरु → हरू (10)
पङ्क्ति २९:
</gallery>
 
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो । ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमिनजमीन माथि फैलिएर हुर्केको पाइन्छ । सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरुहाँगाबिगाहरू आएका हुन्छन् । करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ । पातको दुबै तर्फ बाक्लै मसिना झुसहरुझुसहरू (Strigose) आएका हुन्छन् यी पातहरुपातहरू डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन् । बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ । एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरुफूलहरू हुन्छन् । साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ । ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न् । भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ ।
 
== खेती गर्ने तरिका ==
भृङ्गीराज खासै खेती गर्ने चलन नरहेको हुँदा जङ्गली अबस्थामा उपलब्ध भृङ्गीराज नै आयुर्वेदिक औषधी निर्माता कम्पनीहरुकोकम्पनीहरूको प्रमुख श्रोतको रुपमारूपमा रही आएको छ । नेपालमा गोरखा जिल्लाका केही किसानहरुलेकिसानहरूले बिसं २०४७\४८ देखि यस प्रजातिको खेतीको शुरुवात गरेको भएतापनि खेतीमा भने ब्यापकता आउन सकेको छैन । २ देखि ३ सेन्टिमिटर बाक्लो जङ्गलको मलिलो माटोको तह राखी बनाईएको नर्सरीको बीउ ब्याडमा चैत्रबैशाखमा भृङ्गीराजको बीउ छरिसक्नु पर्दछ । बेर्ना ३ देखि ४ सेन्टिमिटर अग्ला भएपछि खनजोत गरी खेती गर्न तयार पारिएको जग्गामा सिंचाई गरिसकेपछि बेर्नाहरुबेर्नाहरू सार्नु पर्दछ । यसरी सार्दा एक बेर्ना देखि अर्को बेर्ना र एक हार देखि अर्को हार बीचको दूरी १० देखि २० सेन्टिमिटर राख्न उपयुक्त हुन्छ । राम्रो उत्पादन लिनको लागि निरन्तर चिस्यान एवं प्रकाश कायम राख्नु पर्दछ ।
 
== आयुर्वेदिक तथा परम्परागत प्रयोग ==
कपालको लागि हितकर हुन्छ । शोथ (Oedema/Anasarca), चर्मरोग दम खोकी काटेको घाउ ज्वरो कमलपित्त रक्तअल्पता पिसाब सम्वन्धी समस्या कलेजो र फियो (Spleen) बढेको घाउको दुखेको उच्च रक्तचाप कुखत परेको आदिको उपचार गर्न प्रयोग गरिन्छ । यसका कलिला मुन्टाहरुमुन्टाहरू तरकारीको रुपमारूपमा पनि खाईन्छ । काटिएको घाउमा पात र डाँठको स्वरस (Fresh juice) लगाएमा घाउ पाक्दैन छिटो निको हुन्छ तथा धनुष्टंकार रोगबाट पूर्णरुपमापूर्णरूपमा बचाउन सक्छ भन्ने विस्वास गरिन्छ ।
गाईबस्तुको घाउ निको पार्न जरा पिंधेर बनाईएको लेदो (Paste) लगाईन्छ । बिच्छि बारुला कमिला र माकुराले टोककेको ठाँउमा पातको रस लगाईन्छ । रुघा खोकीले बच्चाको खासगरी नाक र घाटीमा असर गरेको अवस्थामा पातको स्वरस मह संगसँग मिसाएर ख्वाइन्छ । यसको जराले बान्ता (Emetic) गराउँछ कब्जियत हटाउँछ र अल्सर (Ulcer) मा जराको लेदो लगाउँदा (Antiseptic) को काम गर्दछ ।
 
== बाली संकलन ==
भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाइन्छ । कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमिनजमीन र सिंचित खेतबारीमा पाइन्छ । बर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाइन्छ । यस प्रजातिको राम्रो बृद्धि विकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ । साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा बर्ष भरी नै पनि बाली गर्न सकिन्छ । बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलन योग्य हुन्छ । फलहरुफलहरू राम्रो संगसँग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलन योग्य भएको भनी थाहा पाउनु पर्दछ । सम्पूर्ण बोट नै उखेलेर बाली संकलन गरिन्छ । बोट उखेल्दा पाकेका बीउहरुबीउहरू त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ ।
 
[[श्रेणी:जडिबुटी]]
[[श्रेणी:वनस्पति]]
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
 
 
 
[[en:Eclipta alba]]
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित