"डालेचुक" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: cv:Сырлăн
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), जमिन → जमीन
पङ्क्ति ९:
==उपयोग==
हुन त प्रायः सबै वनस्पति मानिसको जन्मदेखि मृत्युपर्यन्त उपयोगी मानिन्छ तर डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महìवपूर्ण र जीवनोपयोगी हुन्छन् । यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ । त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ । अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ ।
[[Image:Hippophae rhamnoides.jpg|left|thumb| एक प्रकारप्रकारको को डालेचुक कोडालेचुकको फल]]
 
यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ । यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तìव पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ ।
==विकास==
विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ । नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ । यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तìवले भरिपूर्ण हुन्छ । त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ । यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ । यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ । पौष्टिक तìवले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन । यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ । हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमिनहरूजमीनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महìवपूर्ण छ । वायुमण्डलीय नाइट्रोजन भन्ने तìवलाई पनि माटोमा खिच्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन् ।
 
बैज्ञानिक नाम Hippophae salicifolia D.Don and Hippophae tibetana Schlecht
पङ्क्ति २५:
वानस्पतिक परिवार Elaeagnaceae
 
*[[डालेचुक कोडालेचुकको तेल]] ([[:en:Sea buckthorn oil]])
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित