"आइएसबिएन" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, replaced: प|mान्स → फ्रान्स
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा (4)
पङ्क्ति ६:
[[File:EAN-13-ISBN-13.svg|thumb]]
 
संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन! १९६६ मा१९६६मा बेलायतबाट सुरु भएको हो । त्यहाका ठूला पुस्तक प्रकाशकमध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकैपिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरुवात गर्नुभएको थियो । सन! १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो । संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो । युनेस्कोलगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन! ।
 
नेपालमा यसको सुरुवात सन! २००० को२०००को जनवरी २६ तारिखदेखि मात्र भएको हो । आईएसबीएन लिने नेपाल १५७औा राष्ट्र हो । अहिले यो सङ!ख्या १६३ पुगिसकेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रु. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ । आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन! ।
 
[[Image:ISBN Details.svg|thumb]]
 
सन! २००० मा२०००मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो । त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो । चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए । त्यसपछि सन! २००४ मा२००४मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो । त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो । सन! २००७ मा२००७मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो । त्यसपछि भने हाम्रो नं. ९९३७ भयो । सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो ।
 
पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ । एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ । नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन । यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले फ्रान्सस्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन! ।
"https://ne.wikipedia.org/wiki/आइएसबिएन" बाट अनुप्रेषित